क्रान्ति सुब्बा

अगस्ट ४ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,०२०
.स्थानीय केस संख्या : ४,७७३
.पिसिआरबाट पुष्टि केस संख्या : १,७०८
.एन्टिजेनबाट पुष्टि केस : ३,०६५
.आयातित केस संख्या : २४७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२० जना
.आयातित केसमा  युकेबाट ४७ जना , अमेरिकाबाट २३ जना , क्यानाडाबाट १३ जना ,  फिलिपिन्सबाट २४ जना , थाइल्यान्डबाट १५ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १०२
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २५

.कुल संक्रमित संख्या : १,३७१,९३८(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५२७( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२३१,९१५

. ४ वटा नर्सिङ होमका केही कर्मचारी र वासिन्दा संक्रमित भएका थिए । २ वटा  अपांग आश्रमबाट पनि केही केस आएका थिए ।

.२८६ वटा स्कुलबाट ३६७ वटा केस आएका थिए  जसमा ३०० जना विद्यार्थी र ६७ जना टिचिङ स्टाफ परेका थिए । कोभिड संक्रमणका कारण ३ वटा स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

तुङ वाह ग्रुप , वङ ताइ सिन अस्पतालको थोरासिक विभागका एक बिरामीमा अगस्ट २ तारीख बिमारको गम्भीर लक्षण देखा परेपछि उनको आफन्तलाई भ्रमण गर्ने छुट दिइएको थियो ।

अस्पतालमा सिकिस्त अवस्थामा रहेकि ती बिरामीलाई भेट्न जाने आफन्तको एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएको थियो तर अर्को दिन न्यूक्लिक एसिड टेस्टको नतिजा भने पोजिटिभ आएको थियो ।

पछि अस्पतालले  उक्त ९४ वर्षीया वृद्ध र अन्य तीन महिला बिरामीहरू पनि संक्रमित भएको पत्ता लगायो ।

बिहीबार बिहान उक्त ९४ वर्षीया वृद्धको निधन भयो, र उनको  मुद्दालाई अनुगमनको लागि कोरोनर अदालतमा पठाइएको छ। उनको मृत्युलाई शुक्रबारको मृत्यु विवरणमा  समावेश गरिनेछ भनिएको थियो ।

अस्पतालमा भएको यो क्लस्टरको ट्रान्समिशन चेनको स्रोत पत्ता लागेको थिएन । अधिकारीहरूले संक्रमणको स्रोत र केसहरू बीचको संबन्धलाई  अनुसन्धान गरिरहेका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३१४
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना । मृत्यु हुनेमा ७५  देखि ९४ वर्ष बीचका २ जना पुरुष र १ जना महिला परेका थिए। एक जना मृतकले मात्र तीन वटा खोप लगाएका थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,५१५
.क्रीटिकल बिरामीको संख्या : २७
.सिरियस बिरामीको संख्या : १९
.आइसियुमा रहेका बिरामीको संख्या : ७
.गत २४ घन्टामा निको भएका बिमारी : १८९
.डिस्चार्ज भएका बिमारी :१७०
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ८ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,३३०
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,७८७

तपाईको प्रतिक्रिया