क्रान्ति सुब्बा

अगस्ट ३ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५४७
.स्थानीय केस संख्या : ४,३२१
.पिसिआरबाट पुष्टि केस संख्या : १,७११
.एन्टिजेनबाट पुष्टि केस : २,६१०
.आयातित केस संख्या : २२६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११८ जना
.आयातित केसमा भारतबाट ३१ जना , युकेबाट ४३ जना , अमेरिकाबाट १७ जना , सिङ्गापुरबाट १६ जना , फिलिपिन्सबाट २३ जना , थाइल्यान्डबाट १२ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ६८
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ४०

.कुल संक्रमित संख्या : १,३६६,९१८(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५२४( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२३१,९१५

. ३ वटा नर्सिङ होमका ४ जना वासिन्दा एकजना कर्मचारी संक्रमित भएका थिए । ३ वटा  अपांग आश्रमबाट पनि केही केस आएका थिए ।

.३३० वटा स्कुलबाट ४३७ वटा केस आएका थिए  जसमा ३५६ जना विद्यार्थी र ८१ जना टिचिङ स्टाफ परेका थिए । कोभिड संक्रमणका कारण ५ वटा स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ८४  देखि ८९ वर्ष बीचका ३ जना पुरुष र १ जना महिला परेका थिए जसमा २ जना नर्सिङ होमका परेका थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,५३३
.क्रीटिकल बिरामीको संख्या :२०
.सिरियस बिरामीको संख्या : २४
.आइसियुमा रहेका बिरामीको संख्या : ६
.गत २४ घन्टामा निको भएका बिमारी : १६३
.डिस्चार्ज भएका बिमारी :१४६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ८ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,२५२
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,७१०

तपाईको प्रतिक्रिया