क्रान्ति सुब्बा

अगस्ट १० तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५९३
.स्थानीय केस संख्या : ४,३४४
.पिसिआरबाट पुष्टि केस संख्या : १,७१६
.एन्टिजेनबाट पुष्टि केस : २,६२८
.आयातित केस संख्या : २४९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११३ जना
.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २२जना , इन्डियाबाट १९ जना,सिंगापुरबाट र थाइल्यान्डबाट १६ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १०६
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३०

.सरकारले तय गरेको नयाँ महामारी नियन्त्रण मापदण्डअनुसार तोकिएको क्वारेन्टाइन होटेलमा ३ रात बिताइसकेका  करिब ९,००० जना व्यक्तिले अगस्ट १० तारीख  होटेल छोडेका छ्न । हङकङ सरकारले अगस्ट १२ तारीख शुक्रबारदेखी औपचारिक रूपमा ७ दिने अनिवार्य क्वारेन्टाइनलाई घटाएर तीन दिन बनाउने भएको छ। तर उक्त मिति अगावै तीन रात अनिवार्य होटेल क्वारेन्टाइन बस्नेलाई होटेल छोड्ने विशेष छुट सरकारले दिएको हो।

.कुल संक्रमित संख्या : १,३९७,९२०(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५५४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२४६,७२९

. ३ वटा  नर्सिङ होम र २ वटा अपांग आश्रमबाट ६ वटा केस आएका थिए जसमा ४ जना वासिन्दा र २ जना कर्मचारी परेका  थिए ।

.२१४ स्कुलबाट २७७ केस आएका थिए जसमा २११ जना विद्यार्थी र ६६ जना शिक्षक परेका थिए । ४ स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३४१
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ६१ देखि ८७ वर्ष बीचका ३ पुरुष र १ जना महिला परेका थिए। ती मध्ये एक जना नर्सिङ होमबाट परेका थिए । २ जना मृतकले सुइको तीन मात्रा प्राप्त गरेका थिएनन र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,५१६
. नयाँ भर्ना भएका बिरामीको संख्या :
.क्रीटिकल अवस्थामा रहेकोे नयाँ  बिरामीको संख्या : ३
.सिरियस अवस्थामा रहेका नयाँ  बिरामीको संख्या : ७
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या  २३ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २५
.आइसियुमा रहेकोे बिरामीको संख्या : ६
.गत २४ घन्टामा निको भएका बिमारी : २२७
.डिस्चार्ज भएका बिमारी :१९४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ९ जना।

हङकङ चिल्ड्रेनस अस्पतालबाट ४ जना संक्रमित भएका थिए जसमा २ जना नर्स , १ जना वार्ड सहायक परेका थिए ।
अस्पतालका अन्य स्टाफमा संक्रमण देखिएको थिएन ।क्लोज कन्ट्याक्टमा पनि कोही परेका थिएनन। अस्पताल प्राधिकरण संक्रमणको स्रोत अनुसन्धान गर्न लागेकोछ।
.मलेरिया संक्रमित बिरामीको संख्या :८५

डोमेस्टिक हेल्परले होटेल क्वारेन्टाइनपछि काम गर्न पाउने


.लेबर डिपार्टमेन्टले जानकारी दिए अनुसार अगस्ट १२ तारीख शुक्रबारबाट लागू हुने क्वारेन्टाइन संबंधी नयाँ नियम अनुसार डोमेस्टिक हेल्परले आफ्नो तीन दिने होटेल क्वारेन्टाइन सिद्विएपछी आफ्नो रोजगारदाताको घरमा काम शुरु गर्न सक्छन ।
विकल्पको रूपमा रोजगारदाताले आफ्नो हेल्परलाइ अनिवार्य क्वारेन्टाइन सकिएपछि बाकी रहेको ४ दिने मेडिकल निगरानीको समय र लगत्तैको ३ दिने स्व अनुगमनको समय बिताउन कुनै लाइसेन्स प्राप्त होटल वा गेस्टहाउसमा राख्न सक्नेछन सरकारले बताएको छ।

१२ अगस्ट शुक्रबार भन्दा अगाडि नै तीन राते अनिवार्य होटल क्वारेन्टाइनको समय व्यतीत गरिसकेका हेल्परलाइ क्वारेन्टाइन होटेल छोड्ने प्रबन्ध गरिनेछ ।

तपाईको प्रतिक्रिया