अगस्ट २० तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,३८९
.स्थानीय केस संख्या : ६,२१०
.पिसिआरबाट पुष्टि केस संख्या : २,०९३
.एन्टिजेनबाट पुष्टि केस : ४,११७
.आयातित केस संख्या : १७९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६० जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५२ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
१० वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत युकेबाट २० केस , इन्डियाबाट आएका १२ केस, अमेरिकाबाट आएका १७ केस ,फिलिपिन्सबाट १७ केस आएका थिए ।

.कुल संक्रमित संख्या : १,४५१,७२५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६०२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२७७,४९१

. २ वटा नर्सिङ होमबाट ४ जना वासिन्दा १ जना कर्मचारी  र ३ वटा अपांग आश्रमका २ जना वासिन्दा र ३ जना कर्मचारी संक्रमित भएका थिए । कुल १७ जना क्लोज कन्ट्याक्ट् लिस्टमा परेका थिए ।

.केसको बढ्दो अवस्थालाई हेरेर स्वास्थ्य व्युरोले काइ ताक स्थित कम्युनिटी आइसोलेसन फेसिलिटी पुन संचालनमा ल्याएको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३८९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ८ जना । मृत्यु हुनेमा ५५ देखि ९९ वर्ष  बीचका १ जना पुरुष र ४ जना महिला परेका थिए । कुनै  मृतकले पनि खोपको तीन मात्रा लगाएका थिएनन। एक जना ८४ वर्षकि महिला  खोपहिन थिइन । र सबै जना दीर्घ रोगी थिए ।  ४ जनाले एउटा पनि खोप लाएका थिएनन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,९०४

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ७
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ६
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४० र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २७
.आइसियुमा रहेकोे बिरामीको संख्या : १२
.गत २४ घन्टामा निको भएका बिमारी : २५६
.डिस्चार्ज भएका बिमारी :२११
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ४
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :७७
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :२२


अगस्ट १९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,४४५
.स्थानीय केस संख्या : ६,२६०
.पिसिआरबाट पुष्टि केस संख्या : २,१६७
.एन्टिजेनबाट पुष्टि केस : ४,०९३
.आयातित केस संख्या : १८५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७३ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ३६ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५५ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
२१ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत इन्डियाबाट १९ जना , युकेबाट  २५ केस , अमेरिकाबाट आएका १६ केस ,फिलिपिन्सबाट १४ केस , थाइल्यान्डबाट १४ केस , साउथ कोरियाबाट ११ केस आएका थिए ।

. १० वटा नर्सिङ होमबाट २६ जना वासिन्दा ७ जना कर्मचारी  र ३ वटा अपांग आश्रमका ३ जना वासिन्दा संक्रमित भएका थिए । कुल २०० जना क्लोज कन्ट्याक्ट्को सुचीमा परेका थिए जसलाई क्वारेन्टाइन लगिने भएको थियो ।

.४७ वटा स्कुलबाट ६९ वटा केस आएका थिए जसमा ५४ जना विद्यार्थी र १५ जना टिचिङ स्टाफ परेका थिए ।  संक्रमणका कारण  ३ वटा स्कुल एक हप्ताको लागि निलम्बनमा परेको थियो ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३८४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ८ जना । मृत्यु हुनेमा ६१ देखि ९३ वर्ष  बीचका ७ जना पुरुष र १ जना महिला परेका थिए । १ जना मृतकले मात्र   खोपको तीन मात्रा लगाएका थिए र सबै जना दीर्घ रोगी थिए ।  ४ जनाले एउटा पनि खोप लाएका थिएनन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,८९८

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ६
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ६
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २५
.आइसियुमा रहेकोे बिरामीको संख्या : १०
.गत २४ घन्टामा निको भएका बिमारी : २३७
.डिस्चार्ज भएका बिमारी :२०६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ६ संक्रमितको संपर्क आएका मानिसको संख्या : ६
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :८६
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :३३

.अस्पतालमा भर्ना हुनेको संख्या २,००० भन्दा बढी भैसकेकाले आगामी हप्तादेखि एशिया वर्ल्ड एक्स्पो पुन खुला गरिने जनाइएको छ। नयाँ रोगीलाई भर्ना गरिने यो कम्युनिटी आइसोलेसन फेसिलिटीमा सरदर २०० वटा शैयालाई प्रयोगमा ल्याइनेछ। यहाँको भर्नाको कोटा मुलतः वयोवृद्ध रोगीको लागि छुट्याइनेछ।


बायोन्टेक खोपको बाल संस्करणको प्रतीक्षामा रहनेलाइ सुझाव

हङकङका एक संक्रामक रोग विशेषज्ञले अगस्ट १९ तारीख शुक्रबार आमाबाबुले आफ्ना साना बच्चाहरूलाई मास्क नलाएका मानिसहरू भेला हुने इनडोर इलाकामा लगेर नजान आग्रह गरेका छ्न । शहरमा महामारी पुनरागमन उन्मुख भएकाले उनले यो सजगता जाहेर गरेका हुन। रेडियो कार्यक्रममा बोल्दै, हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले हङकङका धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई बायोएनटेक खोपको चाइल्ड संस्करण दिन चाहेको खुलासा गरेका छ्न।

रेडियो कार्यक्रममा बोल्दै, हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले हङकङका धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई बायोएनटेक खोपको चाइल्ड संस्करण दिन चाहेको खुलासा गरेका छ्न।

बायोएनटेक खोपको बाल संस्करणको प्रतीक्षामा बस्ने  निर्णयमा पुगेका अभिभावकहरूले महामारी सम्बन्धि स्व  चेतना उच्च पार्नुपर्ने कुरालाई उनले जोड दिए। खोप पर्खाइको समय अवधिमा आफ्ना बालबालिकालाई  उच्च जोखिमयुक्त स्थानमा लान नहुने  बताए।

“जसले आफ्ना बच्चाहरूलाई साइनोभ्याक खोप ग्रहण गर्न लगाएका छ्न उनीहरूले खोपको तीन डोज पुरा गर्नु पर्छ जसले गर्दा बच्चाको रोग प्रतिरोध क्षमता मजबुत होस।” उनले भने।

तपाईको प्रतिक्रिया