क्रान्ति सुब्बा

हङकङको एक अदालतले राष्ट्रिय सुरक्षा ऐनसंग संबंधित मुद्दामा एक वर्षभन्दा बढी समय हिरासतमा रहेका दिग्गज प्रजातन्त्र समर्थक राजनीतिज्ञ अल्बर्ट हो चुन-यानलाई सोमबार हङकङ डलर ७ लाख जमानतमा रिहा गर्ने फैसला गरेको छ।

वर्ष ७० का होले शहरको सबैभन्दा ठूलो विपक्षी समूह, डेमोक्र्याटिक पार्टीको नेतृत्व गरेका थिए । पेशाले ऊनी एक कानुन व्यवसायी हुन जसले आफ्नै कानुनी परामर्श कार्यलय चलाएर बसेका थिए ।

यसअघि तल्लो अदालतको म्याजिस्ट्रेटले उनको जमानत अस्वीकार गरेको थियो । उनको स्वास्थ्य कमजोर रहेको र फोक्सोको क्यान्सरबाट ऊनी पीडित भएको मिडियाले जनाएको छ ।

उच्च अदालतका न्यायाधीश जोनी चानले आफ्नो निर्णयमा होको स्वास्थ्यलाई उल्लेख गर्दै चेतावनी दिदै भनेका छ्न – यदि उनले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै कार्य गरे भने “उनको जमानत खारेज हुनेछ र उसले कुनै पनि प्रकारको निजी चिकित्सा सेवा प्राप्त गर्न सक्नेछैनन।”

उनलाई प्रदान गरिएको जमानतका सर्त अनुसार  राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने विषयमा सार्वजनिक रूपमा वा मिडियामा बोल्न प्रतिबन्ध छ उनलाई , विदेशी अधिकारीहरूलाई भेट्न प्रतिबन्ध छ र सबै ट्राभल डकुमेन्टहरु आत्मसमर्पण गर्नुपर्नेछ।

उनले हप्ताको तीन चोटि प्रहरी थानामा रिपोर्ट दिनुपर्ने छ। उनले हङकङ छोड्न पाउदैनन् ।

गत वर्षको सेप्टेम्बरमा यीनलाइ राष्ट्रिय सुरक्षा ऐन संबंधी मुद्दा लागेको हो र गत वर्षको मे महिनादेखि नारा जूलूस संबंधी अभियोगमा यीनलाइ जेलमा राखिएको थियो । प्रतिबन्धित तियानमेन भिजिल २०२० मा सहभागिता जनाएका कारण उनलाई तोकिएको जेल सजाय गत महिना मात्र उनले पूरा गरेका थिए तर अन्य राष्ट्रिय सुरक्षा सम्बन्धि अभियोगमा उनी हिरासत मै रहेको अवस्था थियो ।

हो संगै अन्य दुई जना पनि पक्राउ परेका थिए। ती व्यक्ति हुन- एक जना ६५ वर्षीय ली च्यक-यान र अर्का एकजना ३७ वर्षीय चाउ हाङ-तुङ । चीनले लागु गरेको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत उनीहरु माथि राजद्रोहको अभियोग लागेको छ । “हङकङ एलायन्स इन सपोर्ट अफ प्याट्रीयोटिक डेमोक्रेटिक मुभमेन्ट अफ चाइना ” नामक राजनीतिक संस्थाको शिर्ष नेतृत्वमा रहेर उनीहरुले विप्लव गरेका थिए । अहिले उनीहरुको उक्त संस्था विघटन भैसकेको छ। जुन संस्थाका उपाध्यक्ष थिए अल्बर्ट हो।

चीनको निर्दलिय तानाशाही व्यवस्थाको अन्त अर्थात  चिनियाँ कम्युनिष्ट पार्टीलाई सत्ताच्युत गर्ने उद्योगमा लाग्नु उनीहरुको मुल आशय रहेको तथ्य अदालतको जानकारीमा आएको छ।

सन १९८९ मा घटित तियानमेन स्क्वायरको कत्लेआम पछि यो एलायन्स स्थापित भएको थियो। र यस संस्थाले हङकङमा वर्षौंदेखि उक्त नरसंहारमा दिवंगत हुने आत्माको सम्झनामा मैनबत्ती प्रज्वलन सहितको मौन सभा आयोजना गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया