क्रान्ति सुब्बा

सेप्टेम्बर ९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,०७६
.स्थानीय केस संख्या : ९,९२२
.पिसिआरबाट पुष्टि केस संख्या : २,६२९
.एन्टिजेनबाट पुष्टि केस : ७,२९३
.आयातित केस संख्या : १५४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६३ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५३ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.३४ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.४ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,६३३,१५४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७८० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३६२,१६९

. ७ वटा नर्सिङ होमबाट ३ वटा अपांग गृहबाट  ११ जना वासिन्दा  संक्रमित भएका थिए। संक्रमितको संसर्ग सुचीमा परेका ४३ जना वासिन्दालाई क्वारेन्टाइन पठाइएको थियो ।

.७०७ वटा स्कुलबाट १,१७१ केस आएका थिए जसमा ९८४ जना विद्यार्थी र १८७ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २२ वटा स्कुलका २२ वटा   कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएको थियो ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ६५.६ प्रतिशत पुगेको छ।
.रातो र पहेँलो कोड भएका ४० जना व्यक्तिको केसलाई सरकारले अनुसन्धानको दायरामा ल्याएको छ। महामारी नियन्त्रणको मापदण्डअनुसार  सरकारले वर्जित गरेको स्थानमा यी संक्रमित व्यक्तिहरु प्रवेश गरेकाले उनीहरु माथी अनुसन्धान गरिएको हो । जसमध्ये ३ जनालाई कार्वाही भैसकेको छ। दोषी ठहर हुनेलाइ १० हजार सम्म जरिवाना र ६ महिना सम्म जेल सजाय हुने कानुनी व्यवस्था छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५६७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा ५० देखि १०० वर्ष  बीचका ७ जना पुरुष र ४ जना महिला परेका थिए । ७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। ५ जनाको भ्याक्सिन लगाको रेकर्ड थिएन । सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७५९
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : १० (२ जनाले खोपहिन थिए )
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १८
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५४ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५९
.आइसियुमा रहेकोे बिरामीको संख्या : १५

.गत २४ घन्टामा निको भएका बिमारी : ३३६
.डिस्चार्ज भएका बिमारी : २८४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ संक्रमितको संपर्क आएका मानिसको संख्या : ६

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १३८
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ७९



स्थानीय एयरलाइन्सका कर्मचारीमाथिको क्वारेन्टाइन खारेज

हङकङले सेप्टेम्बर १० तारीख शनिबारदेखि स्थानीय रूपमा संचालित  एयरलाइन्सका चालक दल सदस्य माथि लागु गरिएको  क्वारेन्टाइन नियमहरू खारेज गर्ने भएको छ। एसियाली वित्तीय केन्द्र हङकङ  कठोर कोभिड  नियमका कारण एक्लिएर बसेको थियो । यो क्वारेन्टाइन नियम हटनु भनेको हङकङ बिस्तारै पहिला कै अवस्था फर्कदै गरेको संकेत हो।

नयाँ व्यवस्था अनुसार विमानस्थलमा गरिएको न्यूक्लिक एसिड परीक्षणको नतिजा नेगेटिभ आएपछि स्थानीय एयर्लाइनमा काम गर्ने कर्मचारी बिना होटेल क्वारेन्टाइन सिधै घर जान सक्छन्  सरकारी  विज्ञप्तिमा भनिएको  छ ।

हङकङबाहिर जाने यात्रुहरूले अब उसो विमानस्थलमा  तापक्रम जाँच गर्न आवश्यक छैन, सरकारले शुक्रबार जारी गरेको  एक छुट्टै विज्ञप्तिमा भनेको छ।

स्मरण रहोस् यसअघि एयर क्रुले घर फर्किनुअघि तीन रात होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने थियो।

तपाईको प्रतिक्रिया