क्रान्ति सुब्बा

सेप्टेम्बर ८ तारीख बिहीबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ११,०९१
.स्थानीय केस संख्या : १०,९१०
.पिसिआरबाट पुष्टि केस संख्या : २,८२५
.एन्टिजेनबाट पुष्टि केस : ८,०८५
.आयातित केस संख्या : १८१ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६४ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ७५ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.३४ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.८ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,६२३,०७८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७६९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३५७,१६१

. ३ वटा नर्सिङ होमबाट ११ जना वासिन्दा र २ जना कर्मचारी संक्रमित भएका थिए  र २ वटा अपांग गृहबाट २ जना वासिन्दा संक्रमित भएका थिए । संक्रमितको संसर्ग सुचीमा परेका १४६ जना वासिन्दालाई क्वारेन्टाइन पठाइएको थियो ।

.७७७ वटा स्कुलबाट १,३५६ केस आएका थिए जसमा १,१६३ जना विद्यार्थी र १९३ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २४ वटा स्कुलका विभिन्न  कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएको थियो ।

.बिए.५ बाट संक्रमित हुने संख्या ६२.५५ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५५६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा ६८ देखि १०१ वर्ष  बीचका ६ जना पुरुष र ५ जना महिला परेका थिए । ८ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। सबै जना दीर्घ रोगी थिए । एकजना ७१ वर्षका एक्लै बस्ने पुरुषको आफ्नै निवासमा मृत्यु भएको थियो । तीन डोज खोप लगाएका ऊनी दीर्घ रोगबाट पीडित थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७९०
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ७
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ११
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४८ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३९
.आइसियुमा रहेकोे बिरामीको संख्या : १४

.गत २४ घन्टामा निको भएका बिमारी : ३९४
.डिस्चार्ज भएका बिमारी : ३३९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ संक्रमितको संपर्क आएका मानिसको संख्या : ४

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १७६
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ७५


५ वर्षका बालबालिकासंग पनि भ्याक्सिन पास

. स्वास्थ्य उपसचिव डा. लिब्बी लीले  दैनिक कोभिड पत्रकार सम्मेलनमा बताए अनुसार  कोभिड–१९ बाट  संक्रमित ३८ जना केटाकेटीहरु मध्ये ३१ जनाले खोप लगाएका थिएनन् । जसमा  ८ जनाको मृत्यु भएको थियो र मृत्यु हुनेमा कसैले पनि २ डोज खोप लगाएका थिएनन् ।
.सरकारले ३० सेप्टेम्बरदेखि ५ देखि ११ वर्ष उमेर समुहका बालबालिका माथि पनि भ्याक्सिन पास लागु गर्ने भएको छ। उनीहरूले ३० सेप्टेम्बर २०२२ भन्दा अगाडि खोपको पहिलो डोज लगाएको हुनुपर्छ  र खोपको दोस्रो डोज ३० नोभेम्बर २०२२ भन्दा अगाडि लगाउनु पर्दछ । यो नियम लागु भएपछि ५ देखि ११ वर्षका बालबालिकाहरु जसले कम्तीमा एक डोज खोप लगाएका छन भने मात्र उनीहरुलाई तोकिएको परिसर जस्तै रेस्टुरेन्ट तथा अन्य मनोरञ्जन स्थलहरुमा प्रवेश गर्ने अनुमति दिइनेछ।  हालसम्म हङकङका ६०,८०० जना साना बालबालिकाले कुनै खोप प्राप्त गरेका छैनन् ।

कोभिड-१९ संक्रमणबाट निको भएका ५-११ वर्षका साना बालबालिकाका हकमा भने भ्याक्सिन पासको व्यवस्था १२ वर्ष वा सोभन्दा माथिका बालबालिकाहरू सरह  हुनेछ। स्मार्ट फोन नभएका साना बच्चाहरूले निर्धारित परिसरमा प्रवेश गर्दा लिखित खोप रेकर्डहरू प्रयोग गर्न सक्छन्। अहिलेको लागि वयस्कहरूको लिभहोम सेफ एपमा उनीहरूका बालबालिकाको खोप रेकर्डलाई समावेश गरिनेछ। यस बारेमा विस्तृत विवरण पछि घोषणा गरिनेछ भनिएको छ।

. गत ५ महिनामा खोपको २ डोज लगाएका १२ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले यही सेप्टेम्बर ३० तारीख भन्दा अगाडि नै खोपको तेस्रो डोज लगाइसक्नु पर्दछ ।  खोपको दोस्रो र तेस्रो डोजहरू बीचको ग्रेस अवधि पहिला ६ महिना राखिएको थियो तर अब पाँच महिना हुनेछ।

.सेप्टेम्बर ९ तारीखबाट ५ वर्ष देखि ११ वर्षका बालबालिकाको लागि वायोएन्टेक भ्याक्सिनको अन्लाईन बुकिङ शुरु हुनेछ।

तपाईको प्रतिक्रिया