क्रान्ति सुब्बा

हङकङका कार्यकारी प्रमुख जोन लीले आज अर्थात सेप्टेम्बर २३ तारीख दिउँसो ३:४० बजे एन्टी-एपिडेमिक कमाण्ड एन्ड कोअर्डिनेसन ग्रुपको तर्फबाट एक पत्रकार सम्मेलन आयोजना गरेका थिए । यो पत्रकार भेला मुलतः हङकङमा जारी होटल क्वारेन्टाइनलाई हटाउने विषयमा केन्द्रित थियो ।

हङकङले विभिन्न क्षेत्रमा समयान्तरमा आर्जेको अन्तर्राष्ट्रिय छवि संसार कै कडा मानिने क्वारेन्टाइन नियमका कारण धुमिल हुदै गइरहेको थियो तर अन्ततोगत्वा हङकङ सरकारले हङकङलाई क्वारेन्टाइन फ्री सहर बनाउने घोषणा गरेको छ।

नयाँ नियम अनुसार विदेशी भुमि र ताइवानबाट हङकङ आउने सबै यात्रुले अब आफ्नो क्वारेन्टाइन अबधि होटेलमा गुजार्नु पर्ने छैन । अहिले हङकङ भित्रीने जोकोही यात्रुले ३ दिन अनिवार्य होटेल क्वारेन्टाइन र ४ दिन घरमै क्वारेन्टाइन बस्नुपर्ने नियम छ। तर अब यो नयाँ नियम लागु भएपछि होटेलमा क्वारेन्टाइन बस्नुपर्ने छैन । केवल घरमै तीन दिन स्व निगरानीमा  बस्नुपर्ने छ जसलाई शुन्य जोड तीन  (०+३) जसको मतलब हो शुन्य होटल र ३ दिन होम क्वारेन्टाइन । हङकङ अवतरण भएको दिनलाई दिन शुन्य मानिनेछ।


हालमा हङकङ आवतजावत गर्ने क्रममा बोर्डिङ हुनु अघि पीसीआर परीक्षण गरिने नियम छ, त्यो पनि हटाइनेछ र सट्टामा र्यापिड एन्टिजेन टेस्ट (रयाट-RAT) मात्र गर्नुपर्ने छ र २४ घन्टा भित्रको र्यापिड एन्टिजेन परीक्षण नतिजा नेगेटिभ आएमा यात्रा गर्न सकिनेछ । 

अर्को कुरा खोप नलाएका सबै हङकङका बासिन्दाहरूलाई पनि हङकङ प्रवेश गर्न दिइनेछ तर उनीहरुले होटेल क्वारेन्टाइन बस्नु नपरे पनि अस्थायी भ्याक्सिन पास भने प्राप्त गर्ने छैनन् । र उनीहरूले हङकङ प्रवेश पश्चात् जतिसक्दो चाँडो खोप पास लिनुपर्दछ ।

१२ वर्ष वा सो भन्दा माथिका गैर हङकङ वासिन्दाले भने हङकङ आउनको लागी पुर्ण मात्रा खोप लगाएको हुनुपर्छ वा खोप लगाउन नमिल्ने प्रमाणपत्र पेश गर्नुपर्दछ।

हङकङ अवतरण भएको यात्रु पिसिआर या रयाटबाट पोजिटिभ पुष्टि भएमा उनीहरुको भ्याक्सिन पासको रंग स्वतः रक्तिम हुनेछ। उनीहरुलाई स्थानीय केस सो सरह व्यवहार गरिनेछ।

रिटर्नटुएचके (Return2HK) र कमटुएचके ( Come2HK) स्किम अन्तर्गत लागू कोटा सिस्टम पनि  हटाइनेछ । अब पहिलाको जस्तै हङकङ, मकाउ र चीन जोकोहीले आवतजावत गर्न सक्नेछन् ।

पहेँलो कोड

यी सबै घोषित मापदण्डहरू यही सेप्टेम्बर २६ तारीख सोमबारका दिन हङकङ समय बिहान ६ बजेबाट   लागू हुनेछ।  यो नियम लागु भएपछि आगन्तुकजनले एयरपोर्टमा हुने “टेस्ट एन्ड होल्ड” प्रणाली अर्थात पिसिआर टेस्टको नतिजा आइन्जेल एयरपोर्टमा पर्खिनु पर्ने नियम पालना गर्नु  पर्दैन। यसको सट्टा पिसिआर टेस्टको नमूना बुझाएर  उनीहरूलाई घर जान अनुमति दिइनेछ जसलाई टेस्ट एन्ड गो (Test and go) भनिन्छ ।

एयरपोर्टबाट यात्रुहरुले सार्वजनिक या त निजि सवारी साधन प्रयोग गरेर घर या त आफुलाइ मनपरेको होटल तिर जान सक्नेछ्न। तीन दिने होम आइसोलेसनमा बसेको बेला संबंधित व्यक्तिलाई पहेँलो कोड प्रदान गरिनेछ र यो तीन दिनको अबधिमा उनीहरु घर बाहिर जान सक्छन् तर सरकारले मनाही गरेको जग्गा जस्तै बार तथा रेस्टुरेन्ट उनीहरु जान पाउदैनन् ।

प्रारम्भिक पीसीआर नतिजा नेगेटिभ आएपछि पहेँलो कोड ३ दिनसम्म मान्य हुनेछ भने अन्तिम परीक्षणको नतिजा नेगेटिभ आएमा ३ दिनपछि निलो कोड स्वतः सक्रिय हुनेछ। ३ दिन पश्चात् संबंधित व्यक्तिलाई  निर्धारित परिसरहरू जस्तै रेस्टुरेन्ट आदिमा प्रवेश गर्ने अनुमति दिइनेछ। तर पहेंलो कोड चालु भएको अवस्थामा संबंधित यात्रुहरूलाई निर्धारित परिसरमा प्रवेश गर्न अनुमति दिइने छैन। यसका साथै हङकङ आएको दोस्रो , चौथो र सातौं दिनमा स्थानीय कम्युनिटी टेस्टिङ सेन्टरमा गएर पिसिआर टेस्ट गर्नुपर्नेछ।

कार्यकारी प्रमुखको कार्यालयमा सेप्टेम्बर २३ तारीख बिहान बसेको बैठकमा निकैबेर सघन छलफल पछि यो योजनालाई सार्वजनिक गरिएको हो।

स्मरण रहोस् हङकङमा २०२२ को जुन महिनाबाट यो महामारी ओमिक्रोन भेरिएन्टका कारण उल्टिएर आएको हो। दैनिक केस संख्या तीन अंकबाट चार अंकमा छ्लाङ मार्दावर्दा पहिलाको प्रतिनिधि उपभेरिएन्ट बिए.२ लाई अगस्ट महिनाबाट बिए.५ ले पछारयो र अहिलेको संक्रमण नेतृत्व बिए.५ ले गरेको छ।

तर यो बिए.५ को संक्रमण धुरीमा पुगेर ओरालो लाग्दै गरेकोले स्थानीय केस संख्या पनि दिनहुँ घट्दो छ। उच्च भ्याक्सिन दर र प्राकृतिक संक्रमणका कारण यथेष्ट सामुहिक रोग प्रतिरोधात्मक क्षमता पनि समुदायमा स्थापना भैसकेको देखिन्छ।


सेप्टेम्बर २३ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,३८७
.स्थानीय केस संख्या : ५,२३१
.आयातित केस संख्या : १५६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ४९ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ६४  जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.३८ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.५ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,७३१,०२६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,९३४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४२२,९२०

. वटा नर्सिङ होमबाट ६ जना संक्रमित भएका थिए ।  वटा अपांग गृहबाट  जना वासिन्दा संक्रमित भएका थिए  । २५ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.३९१ वटा स्कुलबाट ५५२ केस आएका थिए । सम्मेलित केसमा ४७१  जना विद्यार्थी र ८१ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण १२ वटा स्कुलका १३ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७९.९ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १२ जना । मृत्यु हुनेमा ४५ देखि ९३ वर्ष  बीचका ९ जना पुरुष र ३ जना महिला परेका थिए । ४ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या : ९,७२१

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,२२८
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या: ४५
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४५  र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३४
.आइसियुमा रहेकोे बिरामीको संख्या : १५

तपाईको प्रतिक्रिया