क्रान्ति सुब्बा

अक्टोबर १३ तारीख बिहीवार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,६२२
.स्थानीय केस संख्या : ५,२३५
.पिसिआरबाट पुष्टि केस संख्या :१,२७६ (६११ वटा पुष्टि केस ,५६५ वटा लक्षणहिन केस र १०० वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,९५९
.आयातित केस संख्या : ३८७ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ३५२ जना (४४ वटा पुष्टि केस ,२८० वटा लक्षणहिन केस र २८ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३५

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९६८,२८१
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८५३,४७३

.अक्टोबर १३ तारीख हङकङमा आयातित केस अन्तर्गत सब भेरिएन्ट बिए.२.७५.२ बाट संक्रमित केसको संख्या एक रहेको छ भने  सब भेरिएन्ट एक्सबीबी.१ बाट संक्रमित  केसको कुल संख्या २९ पुगेको छ जसमध्ये २३ केसको पहिचान अक्टोबर १३ तारीख भएको हो।

.अक्टोबर ४ देखि अक्टोबर १० तारीख बीचमा आएका लोकल केसमा १.१ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९४ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८२१,७५४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,२५४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,६०१,७४१

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या :
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि १३ अक्टोबर सम्म   ) : १०,०४१ जना । जसमध्ये ९,९५६ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,२५४


यो जाडो याममा नयाँ उपभेरिएन्टले संक्रमण बढाउन सक्ने

हङकङ पोलिटेक्निक युनिभर्सिटीको हेल्थ टेक्नोलोजी र सूचना विज्ञान विभागका सह-प्राध्यापक डा. गिलम्यान सिउले अक्टोबर १२ तारीख  बिहान एउटा रेडियो कार्यक्रममा  उप-भेरिएन्ट एक्सबिबि.१ (XBB.1) दुई वटा  उप-भेरिएन्ट बिए.२.१० र बिए.२.७५ मिलेर बनेको नयाँ संस्करण भएकोले यो चिन्ताको विषय हो भनेका थिए ।  एक्सबिबि.१ ( XBB.1) भेरिएन्ट भाइरस पहिलो पटक सिंगापुरमा फेला परेको थियो । त्यसपछि   नेपाल र बंगलादेशमा यसबाट संक्रमित केसहरू रेकर्ड गरिएको थियो । विश्वव्यापी केसहरूको लगभग १% यसले ओगटेको छ । उनका अनुसार निकट भविष्यमा यो भाइरस हङकङमा मुलधारको भाइरस स्ट्रेन बन्ने संभावना बलियो  छ।

सिउले एउटा अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै एक्सबिबि.१ ( XBB.1) को इम्युन एस्केप क्षमता म्युटेट भएर जन्मिएका भाइरसहरूमध्ये अहिलेको अवस्थामा सबैभन्दा बलियो भएको कुरा औंल्याए । तर प्रतिरक्षा प्रणाली तोडेर उम्कने यो भाइरसको क्षमताको परीक्षण निर्जीव वस्तु माथि मात्र भएका कारण  खोप लगाइसकेको मानिसमा यसको प्रभाव कस्तो पर्छ त्यसको वास्तविक तथ्य आइसकेको छैन ।

उनले  हाल हङकङ आउने यात्रु प्रति जारी  ०+३ को मापदण्डले नागरिकहरू विदेश यात्रा गर्छन् र हङकङ आउँदा भाइरसको भेरिएन्ट ल्याएर आउन सक्छन् भनेका थिए । सिंगो विश्व नै सामान्य अवस्थामा फर्किएपछिको पहिलो जाडो याम आउदैछ। त्यसकारण  भाइरसको नयाँ संस्करण हङकङमा देखा पर्नेछ र केस पनि बढ्नेछ  उनले भने।


तपाईको प्रतिक्रिया