क्रान्ति सुब्बा

अक्टोबर २० तारीख बिहीबार कोभिड-१९ केसको विवरण


.स्थानीय केस संख्या : ५,०९८
.पिसिआरबाट पुष्टि केस संख्या : ९३१ (४३९ वटा पुष्टि केस ,४२० वटा लक्षणहिन केस र ७२ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ४,१६७
.आयातित केस संख्या : ३३५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : २९५ जना (५३ वटा पुष्टि केस ,२२४ वटा लक्षणहिन केस र १८ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४०
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना:१५८
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १२८
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ४९

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९७९,२९२
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८७९,४२८

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : ९९ वटा
.एक्सबिडी (XBD): २ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ४ वटा
.बिए.४.६ (BA.4.6) : १ वटा
.बिएफ.७ (BF.7): ५ वटा
.बिक्यु.१.१(BQ.1.1) : ९ वटा

.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित २ वटा स्थानीय केस पनि पत्ता लागेकोछ।

.अक्टोबर ११ देखि अक्टोबर १७ तारीख बीचमा आएका लोकल केसमा ०.६% प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९२.१ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८५८,७२० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,३०६ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,६६४,४१२

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या :
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २० अक्टोबर सम्म   ) : १०,०९३ जना । जसमध्ये १०,००८ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,३०६


अक्टोबर २० अर्थात आजबाट १२ जनासम्म भेला हुन पाइने, लाइभ शो पनि गर्न पाइने

हङकङमा कोभिड महामारीलाई नियन्त्रण गर्ने सिलसिलामा विगत २ वर्षदेखि सामाजिक दुरि कायम राख्न विभिन्न नियमहरु जारी गरिएको थियो । समयक्रमसंगै नियमहरु नरम तुल्याउदै ल्याउने क्रम जारी छ। कतिपय नियमलाई धेरै हदसम्म खुकुलो पारिएता पनि सार्वजनिक स्थलमा ४ जना मात्रै भेला हुन पाइने नियम यथावत थियो । तर आज अक्टोबर २० तारीख बिहीबारबाट भने  चार जनाको सट्टा १२ जनासम्म सार्वजनिक स्थानमा जमघट गर्न पाइने भएको छ। साथै रेस्टुरेन्ट, बार र नाइटक्लबहरूमा लाइभ परफमेन्स गर्न प्रत्यक्ष  अनुमति दिइएकोछ।

स्वास्थ्य उपसचिव लिबी ली हा-युनले १३ अक्टोबरको दिन जारी कोभिड प्रेस ब्रीफिङमा हङकङले बिस्तारै कोभिड महामारी रोकथामको लागु गरेका नियमहरु खुकुलो पार्दै लैजाने कुरा गरेकी हुन।

थिम पार्कतिर भ्रमण गर्नेलाई पनि बाहिरी क्षेत्रमा बसेर खान पाइने अनुमति दिइएकोछ।

संक्रमणको रिस्क कम गर्न कोभिड सम्बन्धि विभिन्न प्रतिबन्धहरूलाई बिस्तारै चरणबद्व ढंगले नरम तुल्याउदै लैजानु पर्दछ जसले गर्दा कोभिड नीतिहरू भविष्यमा कहिले  कडा र कहिले खुकुलो पार्न नपरोस लीले भनेकी थिइन।

उक्त प्रेस ब्रीफिंगमा लीले अधिकारीहरूले स्वास्थ्य संबंधी  नियमहरू समायोजन गर्दा तीनवटा सिद्धान्तमा आधारित रहेर गर्ने बताएकि थिइन । पहिलो  प्रकोपलाई  नियन्त्रणमा राख्नु र सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई धरासायी हुनबाट जोगाउनु हो ।

दोस्रो सिद्धान्त भनेको हङकङको अर्थतन्त्र र जीविकोपार्जनका लागि फाइदाजनक नीतिहरू ल्याउनु हो भने तेस्रो कोभिड नियन्त्रण मापदण्डहरूलाई अविछिन्न राख्नु हो।

“हामीलाई थाहा छ विगत दुई वर्षमा नागरिकहरूले कठिन समयबाट गुज्रनु परेको छ। यदि परिस्थितिले अनुमति दियो भने बिस्तारै जनजीवनलाई सामान्य अवस्थाम पुन: पुर्याउने हाम्रो उदेश्य रहेकोे छ।” लीले भनिन।

“हामी नियन्त्रित जोखिम अन्तर्गत हाम्रो हालको पहिलो कदम चालिरहेका छौं,” उनले भनिन्। “मापदण्डका केही पक्ष वा अंशलाई प्रथमतः हामी खुकुलो पार्न चाहन्छौं । त्यसपछि त्यसले दिने नतिजालाई अवलोकन गर्नेछौं र स्थितिलाई थप खुकुलो पार्ने हैसियतमा हामी पुगेको या नपुगेको तसल्ली गर्दछौं । त्यसपछि हामी यसलाई सबै पक्षमा  लागू गर्नेछौं।”

बिहीबारदेखि सरकारले नियमन गरेका स्थान जस्तै  रेस्टुरेन्ट तथा  बार आदिमा लाइभ पर्फर्मेन्स गर्ने अनुमति दिइएकोछ।

तर लाइभ कार्यक्रममा सहभागी हुने कलाकारले हप्ताको एकचोटि पिसिआर गर्नु पर्दछ र  रिहर्सल हुने दिन र शो हुने दिनमा अनिवार्य एन्टोजेन  परीक्षण गर्नु पर्दछ ।

कलाकारहरूले सकेसम्म हरबखत मास्क लगाउनु पर्छ र दर्शकहरूबाट टाढा रहनु पर्छ र प्रस्तुतिको बेला अनिवार्य  मास्क लगाउनु पर्नेछ।

ओशन पार्क र डिज्नील्याण्डमा भ्रमणमा गएका  आगन्तुकहरूले पनि  बाहिरी एरियामा बसेर खान र पिउन सक्नेछन्, उनले भनिन्।

तपाईको प्रतिक्रिया