क्रान्ति सुब्बा

  महामारीको पाँचौं लहर स्थिर भए पनि  हङकङमा कोरोना भाइरसका नयाँ भेरिएन्ट स्ट्रेनबाट संक्रमित केसहरू आयात हुने क्रम रोकिएको छैन । हङकङमा अक्टोबर २१ तारीख सम्मको रेकर्डमा उप संस्करण एक्सबिबि.१ बाट संक्रमित केसको संख्या  ९९ पुगेको थियो  । प्रोफेसर लाउ यु-लङ्ग जो सरकारी विशेषज्ञ सल्लाहकारहरू मध्ये एक हुन् र हङकङ विश्वविद्यालयको बाल रोग विज्ञानका अध्यक्ष पनि हुन जसले अक्टोबर २१ तारिख भाइरसका बिद्यमान स्ट्रेनहरु मध्ये ओमिक्रोन उप-भेरिएन्ट एक्सबिबि.१ (XBB .1) मा रोग प्रतिरोधात्मक शक्तिलाई छलेर संक्रमित गराउने क्षमता सबैमा भन्दा बलियो रहेकोे बताएका छ्न। र हङकङमा अबको मुलधारको भाइरस बन्ने सम्भावना यसमा प्रचुर रहेको बताएका छ्न। उनका अनुसार  आगामी २ देखि ३ महिनामा यो उपभेरिएन्टबाट संक्रमित हुनेको कुल केसको संख्या २०,००० पुग्नेछ।

लाउले यो पनि औंल्याए कि अस्पतालमा भर्ना भएका बिरामीहरूमा एक्सबिबि.१ ( XBB.1 ) ले ल्याउने  क्लिनिकल गम्भीरता अघिल्लो प्रकारको स्ट्रेनको तुलनामा ३०% कम छ । आखिर खोपले नै गम्भीर रोग र मृत्युदर कम गर्न मद्दत गर्ने भएकोले खोपमा जोड दिनुपर्छ उनले भने। ३ वर्ष मुनिका बच्चाहरूको पहिलो खुराकको खोप दर केवल १८% मात्र रहेको पनि उनले स्मरण गराए ।

महामारीलाई गम्भीरताका साथ लिनु पर्छ र यसलाई सामान्य रुघाखोकीको रूपमा लिनु हुँदैन भन्ने उनको कथन छ। उनले  महामारीलाई रोक्न र नियन्त्रण गर्न बुस्टर खोपको रूपमा  इन्ट्रामस्कुलर मार्ग अर्थात पाखुरामा खोप दिनु भन्दा नाकमा लाउने स्प्रे भ्याक्सिनलाई  प्रयोग गर्न सुझाव दिए। नसल भ्याक्सिन ग्रहण गर्ने व्यक्तिको नसल म्यूकोसा (नाकको भित्ता ) ले एन्टिबडीहरू उत्पादन गर्नेछ जसले शरीरलाई भाइरससँग छिटो भन्दा छिटो लड्ने वातावरण बनाइदिन्छ ।

एक्सबिबि (XBB) उपभेरिएन्ट अहिलेसम्म अमेरिकामा पहिचान गरिएको छैन। यद्यपि, यसका सन्तानहरु जस्तै -XBB.1, XBB.2, र XBB.3- भने जिसेड (GISAID-Global Initiative on Sharing Avian Influenza Data) को डाटामा अनुसूचीत भैसकेका छन। GISAID डेटाले पछिल्ला ३० दिनमा XBB वा त्यसका सन्तानहरु पहिला सिंगापुरमा त्यसपछि भारत, बंगलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र डेनमार्क सम्ममा देखापरेको थियो । फर्च्युन डट कम (Fortune.com ) ले उल्लेख गरे अनुसार यो XBB भाइरस ओमिक्रोन (Omicron) को दुई फरक स्ट्रेन मिलेर बनेको हो। र इम्युनिटीलाई छलेर कसले डरलाग्दो गरि संक्रमित पार्न सक्छ भन्ने विषयमा यो एक्सबिबि र ओमिक्रोनबाट नै उत्पत्ति भएको अर्को सब भेरिएन्ट बिक्यु.१.१ (BQ.1.1)  संग खरो प्रतिस्पर्धा भैरहेको अवस्था छ। यस वर्षको गर्मी याममा विश्वभरको संक्रमण नेतृत्व ओमिक्रोनको एउटा साझा पूर्वज बिए.५ (BA.5) ले गरेको थियो तर अहिले संक्रमणको बागडोर माथी उल्लिखित दुइटा स्ट्रेनले सम्हालेको छ। तर डब्ल्यूएचओको रिपोर्ट अनुसार भने एक्सबिबि भेरिएन्टको इम्युनिटीलाइ परास्त गर्ने क्षमतालाई केवल प्रयोगशालामा मात्र परख गरिएको  छ।

एक्सबिबि.१ (XBB.1) पहिलो पटक १५ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा पत्ता लगाइएको थियो। र न्यूयोर्क राज्यमा सबैभन्दा धेरै XBB स्ट्रेनहरू फेला परेका थिए।

बिश्व स्वास्थ्य संगठनले गरेको यो हप्ताको रिपोर्ट अनुसार विश्वभरिमा XBB का केसहरूका रूपमा एक्सबिबि.१ बाट संक्रमित केसहरु झन्डै तीन गुणा बढी वृद्धि भएको छ।

मास्क अर्डरको सन्दर्भमा उनले मास्कमा खासै धेरै पैसा लाग्दैन भन्दै मास्क लाउने नियम अझै आगामी ३ देखि ६ महिनासम्म कायम  राख्नुपर्नेमा जोड दिए ।

त्यसो त हङकङका कार्यकारी प्रमुख जोन लिले पनि संक्रमणको जोखिम जति नै कम भए पनि तत्कालीन अवस्थामा मास्क लाउने नियमलाई हटाउन नहुने कुरामा सरकारी सल्लाहकारहरुको मत एउटै रहेको बताएका थिए । अदृश्य ढंगले हुने संक्रमणलाई रोक्न यस्तो गर्नुपरेको उनले खुलस्त पारे।


अक्टोबर २४ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,४०६
.स्थानीय केस संख्या : ४,९३०
.पिसिआरबाट पुष्टि केस संख्या : १,२९७ (६०२ वटा पुष्टि केस ,५८५ वटा लक्षणहिन केस र ११० वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ३,६३३

.आयातित केस संख्या : ४७६ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ४३२ जना (७१ वटा पुष्टि केस ,३३३ वटा लक्षणहिन केस र २८ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४४
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना:३१५
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १०१
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ६०

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९८६,२०५
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ८९४,८०२

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले २४ अक्टोबर सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : १३२ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ६ वटा
.बिए.४.६ (BA.4.6) : ४ वटा
.बिएफ.७ (BF.7): ८ वटा
.बिक्यु.१.१(BQ.1.1) : १२ वटा

.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित ५ वटा र बिक्यु.१.१ बाट संक्रमित २ वटा  स्थानीय केस  पत्ता लागेकोछ।

.अक्टोबर १५ देखि अक्टोबर २१ तारीख बीचमा आएका लोकल केसमा ०.१% प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९१.५ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८८१,००७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,३३३ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,६९७,१६९

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या :
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २४ अक्टोबर सम्म   ) : १०,१२० जना । जसमध्ये १०,०३५ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,३३३

तपाईको प्रतिक्रिया