क्रान्ति सुब्बा

हङकङ सरकारले यही नोभेम्बर ३ तारीख बिहीबारदेखि हङकङका सार्वजनिक बारबेक्यू साइटहरू बिस्तारै पुनः खोल्दै जाने भएकोछ । रेस्टुरेन्ट तथा अन्य नियमन सुचीमा परेका परिसरहरु निश्चित समय सिमासम्म मात्र खोल्ने नियम छ र यो नियम विगत २ वर्षदेखि कार्यान्वयनमा रहेको छ। तर उक्त मितिबाट समय सिमामा लागेको सबै प्रतिबन्ध हटाइने भएको छ। स्वास्थ्य अधिकारीहरूले अक्टोबर २७ तारीख बिहीबार आयोजित एक पत्रकार भेलामा यस्तो  घोषणा गरेका हुन।

खाना खाएको बेला बाहेकको समयमा अनिवार्य मास्क लाउनु पर्ने नियम अहिले जारी छ तर जब यो नयाँ मापदण्ड लागु हुन्छ त्यस दिन  देखि क्याटरिङ व्यवसायसंग संबंधित स्थान रेस्टुरेन्ट होटल,बार, पब, धार्मिक स्थल , खेलकुद केन्द्र तथा नियमन सुचीमा परेका निर्दिष्ट स्थान वा कार्यक्रम आयोजना भएको स्थानमा फोटो खिचेको समयमा अनिवार्य  मास्क नलाए पनि हुने भएको छ। तर फोटो खिचेको बाहेकको समयमा मास्क अनिवार्य लाउनु पर्नेछ ।

यसको अर्थ अनिवार्य मास्क लाउनु पर्ने नियम पुर्ण रूपमा हटेको होइन स्वास्थ्य उपसचिव लिबी ली हा-युनले स्पष्ट पारिन। मास्क अनिवार्य लाउनु पर्ने नियम केहि समय सम्म यथावत रहन आवश्यक रहेको अन्यथा  मास्क आदेश झटपट हटाउदा फ्लु सम्बन्धि केसहरु ह्वात्तै आउने डर रहन्छ उनले भनिन।

नोभेम्बर ३ देखि १६ तारीख भित्र यी नयाँ खुकुलो पारिएका नियमहरु क्रमशः लागू गरिनेछ तर कार्यान्वयनको खाकाबारे पुर्ण विवरण आउन बाकी नै छ। सरकारको अधीनमा रहेको कम्तीमा १५० वटा बिबिक्यु साइट एकेक गर्दै पुनः खोलिने घोषणा भने भएको छ।

स्वास्थ्य मन्त्री  लो चुंग-माउले करिब २०,००० संदिग्ध फर्जी खोप छुटका प्रमाणपत्रहरूलाई आधिकारिक रूपमा अमान्य गर्नुको पछाडि अवश्य पनि केहि तार्किक कारणहरु छ्न जसको लागी निर्णायक कदम उठाउन आवश्यक भएको पनि  उनले भनिन।

“सरकारले दुई दिनअघि उच्च अदालतले जारी गरेको  आदेशविरुद्ध पुनरावेदन नगर्ने निर्णय गरेको छ र सट्टामा  कानून संशोधन गर्ने तिर जाने भएको छ । किनभने महामारी विरोधी नियम कानुन भैपरी आउने प्रकृतिका हुन्छ्न ”लीले पत्रकारहरूलाई भनिन् ।

“अपील दाखिल गर्ने कुरामा  समय र सार्बजनिक ढुकुटीबाट खर्च लगानी गर्नु भन्दा कानून संशोधनको पाटोमा जादा हङकङको जनताको चाहना अनुरुप हुन्छ भन्ने हामीलाई लागेको छ।”

गत शुक्रबार,अक्टोबर २१ तारीख उच्च अदालतले मन्त्री  लोसँग खोप छुटका ती कागजातलाई खारेज गर्ने कुनै कानुनी अधिकार छैन भन्ने फैसला सुनाएको थियो । र लगत्तै सरकारले स्वास्थ्य मन्त्रीको मातहतमा नक्कली कागजपत्रलाई अमान्य तुल्याउन सक्ने अधिकार दिने गरि  कानून संशोधन गर्‍यो। तदनुरुप मन्त्री लोले ती नक्कली भ्याक्सिन छुटका प्रमाणपत्रहरू आगामी नोभेम्बर  ९ तारीखदेखि अमान्य हुने घोषणा अक्टोबर २६ तारीख गरेका थिए ।

नक्कली भ्याक्सिन पास होल्डरहरुले आफू खोपको लागि फिट भएको नभएको कुरालाई पुन: क्लिनिकल मूल्याङ्कन गर्न लिले आह्वान गरिन।

नक्कली भ्याक्सिन पास प्राप्त गर्ने  नागरिकहरू मध्ये ११ प्रतिशतले आफ्नो पहिलो कोभिड शट प्राप्त गरेका छन्। र ८०० जनाले नयाँ बैधानिक पास संकलन गरिसकेका छ्न।

लिले हाल अभ्यासमा रहेको तीन दिने होम आइसोलेसन  (“०+३”) क्वारेन्टाइन मापदण्डलाई शुन्य (“०+०” ) मा झार्न जोखिमपूर्ण   हुने उल्लेख गरिन्। आयातित केसको संख्या बढ्दो क्रम (१०%) मा रहेकोले उनले यसो भनेकी हुन।


अक्टोबर २७ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,०६२
.स्थानीय केस संख्या : ५,६८७
.पिसिआरबाट पुष्टि केस संख्या : १,४७२ (६८८ वटा पुष्टि केस ,६३४ वटा लक्षणहिन केस र १५० वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ४,२१५

.आयातित केस संख्या : ३७५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ३५९ जना (६८ वटा पुष्टि केस ,२६१ वटा लक्षणहिन केस र ३० वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १६
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: २१९
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १११
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ४५

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९९१,५०१
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ९०६,१९२

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले २७ अक्टोबर सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : १८२ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ६ वटा
.बिए.४.६ (BA.4.6) : ५ वटा
.बिएफ.७ (BF.7): ११ वटा
.बिक्यु.१.१(BQ.1.1) : १६ वटा

.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित ६ वटा ,बिए.७५.२ बाट संक्रमित एउटा र बिक्यु.१.१ बाट संक्रमित ४ वटा  स्थानीय केस  अहिलेसम्ममा पत्ता लागेकोछ।

.अक्टोबर १८ देखि अक्टोबर २४ तारीख बीचमा आएका लोकल केसमा ०.१% प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९१.६ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,८९७,६९३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,३५८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,७१४,६८६

मृत्यु तथ्यांक

.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २७ अक्टोबर सम्म   ) : १०,१४५ जना । जसमध्ये १०,०६० जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,३५८

तपाईको प्रतिक्रिया