धरान। धरान १३ मा आमा समुहद्वारा कुटपिट भए पछि मृत्यु भएकी उषा राईलाई न्याय दिनु पर्ने  र हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै डिसेम्बर २ तारीख शुक्रबार  दिन भरि धराने जनताले प्रहरी थाना घेराउ गरेका थिए ।

साँझ पख साेहि महिला टाेली धरान १३ मा गइ कुटपिटमा संलग्न  हिरादेवी गुरूड,साेमा शेर्पा , निर्मला  तिमिल्सिनालाई पक्राउ  गरि प्रहरीलाई बुझाइ दिएका थिए । हिजाे शुक्रबार  साँझ नै प्रहरीले उषालाई कुटने सुमित्रा राई र सुसेली राई लाई पनि पक्राउ गरेकाे थियो ।उनीहरू समेत गरि जम्मा ६ जना कसुरदारलाई प्रहरीले हिरासतमा लिन सफल भएकाे छ । जसमा जनजागृति आमा समुहकी अध्यक्षलाई भने साेधपुछकाे लागि मात्र लगिएकाे वुझिएकाे छ ।

जनताले कुटपिट गर्नेलाई पक्रेर प्रहरीलाई बुझाएको दृश्य हेर्नुस् माथिको भिडियो

कुटपिट गर्ने  मुख्य दाेषी उर्मिला राईलाई भने डिसेम्बर १ तारीख नै प्रहरीले पकाउ गरि सकेकाे छ भने झगडाकाे मुल कारणको हेरिएकाे नीजका श्रीमान गाेविन्द राई भने हाल सम्म फेला परेका छैनन । मृतकका आफन्तहरूले सबै अभियुक्त पकाउ नपरून्जेलसम्म लास नवुझ्ने भनिरहेका छन । यता कुटपिटमा संलग्न  बाकी सबैकाे तिब्र खाेजी भईरहेकाे कुरा  धरान थानाका डिएसपी बुद्ध श्रेष्ठले जानकारि दिए ।

तपाईको प्रतिक्रिया