क्रान्ति सुब्बा

चीनले हालै कोभिड नियमलाई  खुकुलो पारेको छ। यसको सकारात्मक असर हङकङमा पनि पर्ने अपेक्षा हङकङका दिग्गजहरुले गरेका छ्न । विशेष गरि हङकङ र चीनको सिमाना खुला गर्ने र बाहिरी एरियामा अनिवार्य  फेसमास्क लाउनु पर्ने स्थानीय नियम खारेज गर्ने विषय  उपर विचार गर्न सकिने संभावना छ।

नेशनल पिपुल्स कंग्रेसको स्थायी समिति हङकङका निवर्तमान प्रतिनिधि ताम यिउ-चुङले डिसेम्बर ८ तारीख  बिहीबार कोभिड-रोकथामका लागि चीनले जारी गरेको नयाँ १० नियम हङकङका लागि सकारात्मक संकेत रहेको बताएका थिए बिशेष गरि हाल हङकङले अख्तियार गरेको महामारी मापदण्ड हटाउनको निमित्त ।   चिनियाँ नयाँ वर्ष भन्दा अगाडि नै हङकङ र चीन बीच बेरोकटोक आवतजावत गर्न सकिने वातावरण बन्ने  भविष्यवाणी समेत उनले   गरेका थिए।

उनले दिएको संकेत अनुरुप नै डिसेम्बर १३ तारिख एचके वन नामक मिडिया आउटलेटको रिपोर्ट अनुसार  हङकङ र चीन बीच क्वारिन्टाइन फ्री यात्रा जनवरी महिनाको पहिलो दस दिन भित्र अर्थात जनवरी ९ तारिख लागू हुने  संभावना उच्च छ। अर्को स्रोत अनुसार क्वरिण्टिन फ्री यात्रा चाइनिज नयाँ वर्ष शुरु हुनु अघि हुन सक्दछ।  चाइनिज नयाँ वर्ष जनवरी 22 तारिख शुरु हुन्छ।  अथवा शून्य प्लस तीनको क्वारिन्टाइन मापदण्ड पनि लागू हुन सक्ने आकलन गरिएको छ। जसको अर्थ हो चीन प्रबेश गरेपछी केवल यात्रुले तीन दिन घरमै स्वनिग्रानीमा बसे हुन्छ।

“यदि हङकङले महामारीलाई स्थिर तुल्याइ रह्यो भने र चीनले प्रवेश क्वारेन्टाइन अवधिलाई छोट्यायो भने दुवै  तर्फको यात्रुमाथि हाल लागु भैरहेको  ‘रिभर्स क्वारेन्टाइन’ लाइ हटाउन सकिने सम्भावना उच्च छ,” उनले भने।
स्मरण रहोस हंगकंग र चीन बीचको सिमाना प्रभावकारी ढंगले बन्द भएको फेब्रुअरि २०२० साल देखि हो। अहिले दैनिक  कोटाको आधारमा  चीन प्रवेश गर्नुपर्ने नियम छ र पांच दिन होटेल क्वारिण्टाइन बस्नुपर्छ।

चीनले डिसेम्बर सात तारिख बुधवार घोषणा गरे अनुसार  हल्का वा कुनै लक्षण नभएका कोविड बिरामीहरूले घरमै क्वारेन्टाइन बस्न सक्छन् साथै अब उप्रान्त  नेगेटिभ न्यूक्लिक एसिड परीक्षणका नतिजाहरू बुझाउन आवश्यक छैन तर सार्वजनिक स्थानमा प्रवेश गर्न वा अन्य प्रदेश तिर यात्रा गर्न परेमा  स्वास्थ्य कोड जाँचहरू गराउनुपर्नेछ।

“यो एउटा महत्वपूर्ण मोड हो,” हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट हो पाक-ल्यङले भने।

“चीनले यति चाडै आफ्नो सिमाना पूर्ण रूपमा खोल्छ जस्तो मलाइ लाग्दैन तर हङकङले महामारी रोकथाम सम्बन्धमा जारि गरेका स्थानीय प्रतिबन्धहरूलाइ अवश्य नरम तुल्याउन सक्छ । जस्तै हङकङ भित्रीएका यात्रुहरुले अहिले  न्यूक्लिक एसिड परीक्षण गर्नुपर्ने नियम छ जसलाइ खारेज गरेर रयापिड एन्टिजेन टेष्ट गर्ने सिस्टमलाई राख्न सकिन्छ।” उनले भने।

हङकङमा कोभिड महामारीको अवस्था स्थिर भैसकेकोले  जनजीवनलाई यथाशिघ्र सामान्य तुल्याउनु पर्ने जस्ता राय चौतर्फीबाट आइरहेकैछ। हुन त सरकारले हालैमात्र कोभीड नियन्त्रण सम्बन्धी नयाँ गाइडलाइन अपडेट गरेको छ । उक्त नयाँ गाइड लाइन अनुसार अस्पताल प्राधिकरणले संक्रमित जनलाइ डीस्चार्ज भैसकेपछि घरको वातावरण जस्तोसुकै भएपनि घरमै निरन्तर आइसोलेसनमा बस्न अनुमति दिएको छ। तर सेन्टर फर हेल्थ प्रोटेक्सनले भने संक्रमित जनको लागी प्रयोग गर्ने छुट्टै सौचालय घरमा नभए आईसोलेसन सेन्टरमा पठाउने गरेको छ।

सरकारी विशेषज्ञ समितिका सह संयोजक आइभन हुङले भनेका छन् कि हङकङमा कोभिडलाइ एउटा स्वासप्रस्वास सम्बन्धि रोग निम्त्याउने भाइरसको रुपमा मात्र हेरिएको अहिलेको स्थितिमा  डिस्चार्ज भएको रोगीको घरको अवस्था कस्तो छ भनेर निरीक्षण गर्न जरुरि छैन। बरु सरकारले अहिले अभ्यासमा रहेको तीन  दिने अनिवार्य आइसोलेसन समेत खारेज गर्ने विषयमा विचार गर्न सक्छ  तर मास्क अनिवार्य लाउने नियमलाइ भने कायम राख्न जरुरि छ। चीनले हालै अपडेट गरेको  एन्टी एपिडेमिक गाइडलाइन अन्तर्गतको “दश नयाँ नियम ” अनुसार  चीनको अस्पताल प्राधिकरणले डिस्चार्ज भएको बिरामीको घरमा निजको छुट्टै सौचालय वा कोठा हुनुपर्छ भनेको छैन उनले स्पष्ट पारे।


लिभहोमसेफ स्क्यान र अन्य मापदण्डको खारेजी

हङकङका  कार्यकारी प्रमुख जोन लीले डिसेम्बर १३ तारिख मंगलवार बिहान नागरिकहरूले डिसेम्बर १४ तारिखदेखि लिभहोमसेफ (“LeaveHomeSafe”) एप प्रयोग गर्न आवश्यक छैन भनेका थिए । तर रेस्टुरेन्ट लगायतका निर्धारित परिसरहरूमा भने “भ्याक्सिन पास” को उपयोगिता  यथावत कायम राखिनेछ। विदेशबाट हङकङ आएका यात्रुहरुमा लागू भएको एम्बर कोड प्रणाली पनि  रद्द हुनेछ। संक्रमित भएको अवस्थामा यात्रु तथा सबै नागरिकको हेल्थ कोड रातो रंगमा परिणत हुनेछ र सङ्क्रमित नभएको समयमा हेल्थ कोडको रंग नीलो रहनेछ । विद्यमान तथ्यांक र जोखिमलाई ध्यानमा राखेर यो नया परिवर्तन गरिएको उनले बताएका थिए।

स्वास्थ्य मन्त्री  प्रोफेसर लो चुङ-माउले सोही दिन अर्थात डिसेम्बर १३ तारिख दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी लिभहोमसेफ (“LeaveHomeSafe”) एपको खारेजी र अन्य परिवर्तनहरूबारे थप विस्तृत जानकारी दिएका थिए। जसमा अनुसूचित परिसरका सञ्चालकहरूले डिसेम्बर १४ तारिखदेखि ग्राहकहरूलाई  लिभहोम सेफ (“LeaveHomeSafe”) एप स्क्यान गराउन आवश्यक छैन । तर भ्याक्सिन पास भने देखाउन आवश्यक छ। यसको अर्थ लिभहोमसेफ एप नै निस्कृय हुने भने होइन।  पिसिआर टेष्टको नतिजा दर्ता गर्न र भ्याक्सिन पासलाई भन्डार गर्न भने यहि एपलाइ प्रयोग गरिनेछ।
  वयोवृद्ध व्यक्तिहरूले भ्याक्सिन पासको स्क्रिनसटहरू,आइएम स्मार्ट, इहेल्थ वा भ्याक्सिन पासको मुद्रित रेकर्डहरू निर्धारित परिसरहरूमा प्रवेश  गर्नको निम्ति प्रयोग गर्न सक्छन्। सार्वजनिक अस्पतालमा जाने भिजिटरहरूले डिसेम्बर १४ तारिख देखि लिभहोमसेफ (LeaveHomeSafe) एप प्रयोग गर्न आवश्यक छैन।

गत महिना रेकर्ड भएका कुल केस संख्यामा आयातित केसले करिब ३.८%  मात्र ओगटेको थियो र एयरपोर्टमा गरिएको पीसीआर परीक्षणको क्रममा १,००० मध्ये १६ वटा मात्र पोजिटिभ केस आएका थिए। आयातित केसको अनुपात कम भएकै कारण सरकारले “एम्बर कोड” लाई उन्मुलन गर्ने भएको हो जसले गर्दा हङकङको सम्बन्ध विश्वसंग पुन: गाँसियोस।

एम्बर कोड हटाइए पछि विदेशबाट आएका यात्रुले विमानस्थलमा पिसिआर परीक्षण गरेपछि उनीहरुले समुदायमा हुने कुनै पनि  गतिविधिमा खुला रुपमा सहभागी  हुन पाउनेछ्न । हङकङ अवतरण भएका यात्रुहरूले हङकङ आएको दिन एयरपोर्टमा र आएको दुइ दिनपछि एकपटक गरि जम्मा दुइचोटि पिसिआर टेस्ट र हङकङ आएको पाचौ दिनसम्म दैनिक एन्टिजेन परीक्षण गर्नु पर्दछ साथै उनिहरुलाइ निलो रंगको स्वास्थ्य कोड प्रदान गरिन्छ जस मार्फत रेस्टुरेन्ट र अन्य निर्धारित परिसरहरूमा प्रवेश गर्न सकिन्छ।

हङकङबाट मेनल्याण्ड चीन वा मकाउ जाने यात्रुहरूले गन्तव्यमा प्रवेश गर्नु अघि ४८ घण्टा भित्रको नेगेटिभ न्यूक्लिक एसिड परीक्षणको नतिजा पेश गरे पुग्दछ।   अब उसो बन्दरगाहहरू तिर न्यूक्लिक एसिड परीक्षण(पिसिआर) टेष्ट गर्न आवश्यक छैन।

यसका अलावा संक्रमित भवनमा गरिने अनिवार्य परीक्षण बिस्तारै कम गर्दै लगिनेछ र केवल उच्च जोखिम भवनहरूलाई मात्र प्राथमिकतामा राखिनेछ। तीन महिना अगाडि संक्रमित भएको व्यक्ती र तीन वर्ष मुनिका नानीले अनिवार्य परिक्षणमा जानू पर्दैन।

जनसमुदायलाई एन्टिजेन कीट (RAT) प्याकहरू थपेर दिइनेछ। उच्च जोखिममा रहेका व्यक्तीहरु जस्तै फ्रन्टलाइन मेडिकल स्टाफ, आवासीय घरहरूमा काम गर्ने कर्मचारीहरू आदिले अब उप्रान्त नियमित न्यूक्लिक एसिड परीक्षणहरू गराउनुपर्ने छैन र  एन्टिजेन परीक्षण मात्र गर्न आवश्यक छ।

र गृह क्वारेन्टाइनमा रहेका नयाँ संक्रमित बिरामीलाई इलेक्ट्रोनिक रिस्टब्यान्ड ल्याउन आवश्यक छैन।


डिसेम्बर  १८ तारीख   शनिवार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १५,७७४
.स्थानीय केस संख्या : १४,९६१
.पिसिआरबाट पुष्टि केस संख्या : २,७९७ (१,१५५ वटा पुष्टि केस ,१,१४९ वटा लक्षणहिन केस र ४९३ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: १२,१६४

.आयातित केस संख्या : ८१३ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ७१० जना ( १३५ वटा पुष्टि केस,५२८ वटा लक्षणहिन केस र ४७ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १०३
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ४६२
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: २९०
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ६१

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,१०८,२४६
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,२३०,६५१

.हङकङ स्वास्थ बिभागले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले डिसेम्बर ११ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२६ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३८ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : १४२
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १८ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : ९
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १६६ वटा 

. ८ डिसेम्बर देखि १४ तारीख डिसेम्बर  बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ५५.६९ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २४
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि ११ डिसेम्बर २०२२ सम्ममा ) : १०,९१८ जना । जसमध्ये १०,८१७ जनाको मृत्यु अस्पतालमा भएको अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ९७ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :११,१३१

तपाईको प्रतिक्रिया