क्रान्ति सुब्बा

हङकङ सरकारले कोभिड खोपबारे अपनाएको नितिलाई गत डिसेम्बर ७ तारीख अध्योपान्त गरेको थियो विशेष गरि चौथो या पाचौं डोजको रूपमा प्रयोग गर्न सकिने बायोएन्टेक बाइभ्यालेन्ट भ्याक्सिनको सन्दर्भमा । यो बाइभ्यालेन्ट भ्याक्सिन ओमिक्रोन सब भेरिएन्ट बिए.४/५ लाई सम्बोधन गर्न बनाइएको हो। अप्डेट  विवरणनिम्न अनुसार रहेकोे छ।

(i) ९ डिसेम्बर देखि १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूले तेस्रो खुराकको रूपमा बायोएन्टेक बाइभ्यालेन्ट ( BioNTech bivalent) खोप प्राप्त गर्न अपोइन्टमेन्टहरू लिन सक्छन् । कोभिड निको भएका व्यक्तिहरूले भने दोस्रो डोजको रूपमा यसलाई रोज्न सक्छन् ।  र
(ii)  १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरू जसले खोपको चौथो डोज प्राप्त गरिसकेका छ्न र यदि उनीहरु थप सुरक्षित हुनको लागि अतिरिक्त डोज लिन चाहन्छ्न भने उनीहरुले यो बाइभ्यालेन्ट भ्याक्सिनलाई पाचौं डोजको रूपमा लिनको लागि डिसेम्बर १६ तारीखदेखि अपोइन्ट्मेन्ट बुक गर्न सक्छन् । कोभिडबाट निको भैसकेको व्यक्तिको हकमा चौथो डोजको रूपमा यो खोप गणना हुन्छ । कोभिडबाट निको भैसकेका वयस्क जसले तेस्रो डोज वा लिनुपर्ने अन्तिम डोज  प्राप्त गरिसकेका छ्न वा निको भैसकेको अबधि छ महिना भन्दा बढी भइसकेको छ भने उनीहरूले अतिरिक्त खुराकको रूपमा यो खोप ऐजन मिति उप्रान्त बुक गर्न सक्छ्न । सम्बन्धित व्यक्तिहरूले पाँचौं डोजको रूपमा  सिनोभ्याक, बायोएनटेक एन्सेस्ट्रल स्ट्रेन भ्याक्सिन (शुरुमा बनेको मुल भ्याक्सिन ) वा बायोएनटेक बाइभ्यालेन्ट भ्याक्सिन जुनैलाई पनि रोज्न सक्छन्।

  सरकारले वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने उनिहरु बस्ने रेसिडेन्सियल केयर होमसम्म नै  मेडिकल टोलीहरू गएर यो बाइभ्यालेन्ट खोप उपलब्ध गराउने भएको छ।

यो बायोएन्टेक बाइभ्यालेन्ट भ्याक्सिन १२ वर्ष वा सो भन्दा माथीका उमेरका योग्य व्यक्तिहरूका लागि चौथो डोजको विकल्पको रूपमा, कोभिडबाट निको भएको व्यक्तिको लागि तेस्रो डोजको रूपमा यस अघिबाट नै उपलब्ध छ। कार्यकारी प्रमुखको एक्स्पर्ट एडभाइजरी प्यानलले  डिसेम्बर १ मा खोपको छनौट बारे एक सिफारिस जारी गरेको थियो । उक्त सिफारिसमा बायोएन्टेक बाइभ्यालेन्ट खोप १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूले तेस्रो डोजको विकल्पको रूपमा वा सम्बन्धित उमेर समूहका निको भएका व्यक्तिहरूले लागि दोस्रो खुराकको रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेको थियो ।
सरकारले विशेषज्ञ समितिको उक्त सिफारिसलाई स्विकार्दै यहि डिसेम्बर ९ तारीख बिहान ९ बजेबाट १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिका लागि बाइभ्यालेन्ट भ्याक्सिनको बुकिङ खुला गरेको हो। योग्य व्यक्तिले तेस्रो वा चौथो डोजको रूपमा यो भ्याक्सिन ग्रहण गर्न सक्नेछन् ( कोभिडबाट तंग्रीएका व्यक्तिले दोस्रो वा तेस्रो डोजको विकल्पमा यसलाई रोज्न सक्नेछन् )।

पाँचौं डोज व्यवस्थापन गर्ने सन्दर्भमा सरकारको वैज्ञानिक समितिले दिएको जानकारी अनुसार १८ वर्ष वा सो उमेर भन्दा माथिका व्यक्ति जसले  आधा वर्ष अघि नै भ्याक्सिनका चार डोजहरू (पहिले नै संक्रमण भएको व्यक्ति हो भने तीन डोज) प्राप्त गरिसकेका छ्न  भने उनीहरूले आफ्नो अतिरिक्त सुरक्षाको लागि यो भ्याक्सिनलाई पाँचौ डोजको रूपमा अन्तिम डोज लगाएको ६ महिना पछि वा निको भएको ६ महिनापछि ग्रहण गर्न सक्छन् । १८ वर्ष वा सो उमेर भन्दा  माथिका इम्युनोकम्प्रोमाइज्ड अर्थात गम्भीर रोगका कारण रोग प्रतिरोधात्मक क्षमता क्षीण भएका व्यक्तिहरूमा पनि यही विधि लागू हुनेछ तर उनीहरु अन्तिम खोप लाएको वा निको भएको तीन महिना पछि यो खोप लाउन सक्छ्न।
पाँचौ डोज (निको भएको व्यक्तिको हकमा चौथो डोज) को लागि अनलाइन बुकिङ डिसेम्बर १६ तारीख बिहान ९  बजेदेखि खुला हुनेछ । र बुकिङ गरेकै दिन खोप ग्रहण गर्न सक्छ्न।


डिसेम्बर ११ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १४,९१८
.स्थानीय केस संख्या : १४,२३३
.पिसिआरबाट पुष्टि केस संख्या : २,९५० (१,५१३ वटा पुष्टि केस ,१,१५३ वटा लक्षणहिन केस र २८४ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ११,२८३

.आयातित केस संख्या : ६८५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ५९० जना ( ११९ वटा पुष्टि केस ,४४४ वटा लक्षणहिन केस र २७ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ९५
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ४१५
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: २०२
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ६८

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,०८६,८५२
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,१६०,१५७

.हङकङ स्वास्थ बिभागले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले डिसेम्बर ११ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२६ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३८ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : १२३
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १८ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : ६
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १४३ वटा 

. २ डिसेम्बर देखि ८ तारीख डिसेम्बर  बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ६०.८६ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २४
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि ११ डिसेम्बर २०२२ सम्ममा ) : १०,७४६ जना । जसमध्ये १०,६४८ जनाको मृत्यु अस्पतालमा भएको अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ९४ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,९५९

तपाईको प्रतिक्रिया