क्रान्ति सुब्बा

आगलागीको दृश्य हेर्न माथिको भिडियो क्लिक गर्नुहोस्
आगो लागेको केहिपछिको अवस्था हेर्न माथीको भिडियो क्लिक गर्नुहोस्

हङकङको चिम सा चुइमा निर्माणाधीन अवस्थामा रहेको ४८ तले लक्जरी किम्पटन हङकङ होटलमा मार्च २ तारीख रातको ११ बजे तिर आगो लाग्न शुरु भएको थियो । राति ११ बजेर ११ मिनेट हुँदा फायर डिपार्टमेन्टले आगो लागेको रिपोर्ट पाएको थियो र रिपोर्ट प्राप्त भएको पाँच मिनेटमा अग्नि नियन्त्रक आगलागी स्थलमा पुगेका थिए । भवनको टुप्पोबाट आगो लाग्न शुरु भएको थियो । आगो लागेको आधा घन्टापछि ३ नम्बरको फायर अलार्मको लेभल सक्रिय बनाइएको थियो । शुक्रबार बिहान ८ः३० बजे अग्निनियन्त्रकहरूले आगो निभाउन सफल भएका थिए ।

इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप पीएलसीले सञ्चालन गर्ने वाला ४९२ कोठाको होटलमा बिहीबार राति ११ बजेपछि आगलागी भएको हो । टिभी फुटेजमा काउलुनको चिम शा चुइ स्थित उक्त भवनबाट रक्तिम आगोको मुस्लो खसेको देखिएको थियो  । 

बिहान १ बजेर ४६ मिनेट जादा ४ नम्बर को फायर अलार्मलाई सक्रिय पारिएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । घाइते भएका दुई जनालाई उपचारका लागि क्विन एलिजाबेथ अस्पताल लगिएको थियो । २५० अग्निनियन्त्रक र ६६ वटा दमकल घटनास्थलमा पठाइएको थियो ।
सरकारी विज्ञप्तिअनुसार नाथन रोडलगायत आसपासका धेरै सडक यातायातका लागि बन्द गरिएको थियो ।

आगो नजिकैका ६ वटा विभिन्न होटेल ,कमर्सियल र रेसिडेन्सियल भवनहरूमा फैलिएको थियो, जसमा चुङकिङ मेन्सन पनि परेको थियो । तर नजिकैका भवनमा फैलिएका आगो तुरुन्तै नियन्त्रणमा लिइएको थियो। आगोको लप्का द्वारा प्रभावित ती भवनहरुबाट फायरफाइटरको सहयोगमा १५० भन्दा बढी नागरिकलाई पुर्व सतर्कताको लागि अन्यत्र लगिएको  थियो ।
नजिकैको शेराटन होटल, हर्मिस हाउस र एच जेन्त्रे लगायतका भवनहरु आगलागीबाट प्रभावित भएका थिए। आगो निर्माण स्थलमा रहेको  क्रेनमा पनि फैलियो र क्याब आगोको ज्वालाले घेरिएको थियो। जलिरहेको भग्नावशेष तल सडकमा खसेको थियो, जसले गर्दा त्यस क्षेत्रमा अराजकता मच्चिएको थियो।
घटनाको क्रममा नजिकै काम गरिरहेकी एक महिला कामदारलाई धुवाँका कारण सास फेर्दा छातीदुख्ने समस्या भएको थियो । उनलाई राति १ बजे एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।

हङकङका गगनचुम्बी भवनहरू र अपार्टमेन्ट भवनहरू निर्माण गर्दा बाँसको स्काफोल्डिङले ढाकिएका हुन्छन्, जसले गर्दा आगो लाग्ने संभावना रहने टिप्पणी गरिएको थियो ।

११ मिडिल रोडमा रहेको ६० बाइ ८० मिटरको क्षेत्रफलमा फैलिएको यो कन्स्ट्रक्सन क्षेत्रमा पहिले म्यारिनर्स क्लब थियो । यो होटेलको निर्माण कार्य  एम्पायर ग्रुप होल्डिंग्सद्वारा भैरहेको छ जुन कम्पनीका संस्थापक स्वर्गीय रियल इस्टेट टाइकून  वाल्टर क्वोक हुन।
समूहको वेबसाइटका अनुसार चर्च र कन्फरेन्स सुविधासहितको उक्त प्रोपर्टी यसै वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

सुख्खा हावा र हावाहुरीका कारण आगो निभाउन अग्निनियन्त्रकलाई थप कठिन भएको डेपुटी चिफ फायर अफिसर क्यङ साइ मिङले शुक्रबार एक पत्रकार सम्मेलनमा  बताए ।
भवनभित्र भएका निर्माण सामग्रीहरु जल्दा निस्किएको आगोको मुस्लो निभाएर अगाडि बढ्नअग्निनियन्त्रकहरूलाई कठिन भएको पनि बताए ।
अग्निनियन्त्रकहरूले आज बिहान ८:३० बजे आगो निभाउन सफल भएका थिए भने आगलागीका कारण १७० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

आगलागी पछीको सर्ट भिडियो

आज बिहान मिडियालाई सम्बोधन गर्दै  क्यङले भने, “अग्निनियन्त्रकहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्ने क्रममा आगोको दृश्य हेर्दा आगो निर्माण स्थलको धेरै तल्लाहरूमा सल्किरहेको थियो र यो माथि र तल दुवै तिरका तलाहरुमा फैलिरहेको थियो।
उनले निर्माणाधीन भवनमा पानी पुरयाउनका लागि केही अस्थायी डक्टिङ बाहेक आधिकारिक रुपमा फायर सर्भिस सिस्टम जडान नभएको उल्लेख गरे ।

आगो निभाइसकेपछि

क्यङका अनुसार हावाहुरीका कारण आगो तीव्र गतिमा फैलिएको थियो र नजिकैका पाँचवटा भवनमा आगोको मुस्लो उडेको थियो ।
‘रुफटपका दुईवटा बालकनीमा रहेको फर्निचरमा पनि आगो लागेको थियो, तर अग्निनियन्त्रकहरूले यस्तो हुन सक्ने कुराको पहिल्यै अनुमान गरेकाले आगोको ज्वाला ठूलो हुन नपाई आगो  निभाइयो,’ उनले भने। लोकल मिडियाले पत्ता लगाए अनुसार आगो लागेको त्यो रुफटप सेराटोन हङकङ होटेल र टावर हुन।

क्यङका अनुसार अग्निनियन्त्रकहरूले पछिल्लो घडीसम्म  गगनचुम्बी भवनलाई चिसो बनाउने प्रयासका लागि जेट विमानहरू प्रयोग गरिएका थिए ।

९ घन्टा भन्दा बढी समय लाएर निभाइएको यो आगलागीको कारण बारे अनुसन्धान भइरहेको र भवनको संरचनागत सुरक्षाबारे अझै यकिन हुन नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया