न्युयोर्क । २४ नोभेम्बर २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” ले संसारका विभिन्न स्थानमा आफ्नो च्याप्टर विस्तार गरिरहेको छ। हालसम्म जम्मा ३४ वटा च्याप्टरहरु विश्वका बिभिन्न देशमा बिस्तार भैईसकेको केन्द्रिय अध्यक्ष अमृत लामा बताउँछन् ।


अध्यक्ष लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले सबै जात,धर्म वा वर्गलाई समेटेर विशुद्ध स्वतन्त्र संगठनको रुपमा स्थापना गरिएको संस्था हो ।


यो संस्थाले हालै “हामी नेपाली ग्लोबल युएसए च्याप्टर” र “हामी नेपाली ग्लोबल सेशेल्स च्याप्टर” पनि गठन गरेको छ ।
“हामी नेपाली ग्लोबल युएसए च्याप्टर” इन्दिरा त्रिपाठीको नेतृत्वमा र “हामी नेपाली ग्लोबल सेशेल्स च्याप्टर” दिपेन्द्र कुँवरको नेतृत्वमा गठन भएको जानकारी अध्यक्ष लामाले दिए । उनका अनुसार संस्थाका शाखाहरु अन्य देशहरुमा पनि बिस्तार गर्ने  पहल भैईरहेको छ।


यस संस्थाका संस्थापक उपाध्यक्ष तथा कलेजपोइन्ट सिभिक वा ट्याक्स्पेयर्स एसोशिएसनका अध्यक्ष एशियन अफियर्स एरिक एडमका सल्लाहकार नवराज केसीले अमेरिकाका अन्य राज्यहरुमा पनि ग्लोबलको च्यापटर बिस्तार गर्ने पहल भैइरहेको बताए ।


स्मरणीय कुरा के छ भने छोटो समयमा विश्वभरी धेरै च्याप्टर बिस्तार गर्न सफल यस संस्थाको काम भने हेर्न  बाँकी छ । हुन त नेपाललाई समृद्ध तुल्याउने एउटा विकल्प पर्यटन क्षेत्र पनि भएकोले मातृभूमिमा पर्यटक भित्राउन बिशेष भूमिका खेल्न विश्वाभरीका च्यापटरहरुलाई ग्लोबल मुख्यालयले आव्हान गर्दै आएको छ । कृषि प्रधान देश नेपालको विश्व कृषि बजार खोज्ने उदेश्य पनि संस्थाको रहेको छ । 
तीन बर्षमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र एउटा मात्र अध्यक्ष रहने प्राबधान बिधानमा व्यवस्था भएको कुरा पनि लामाले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया