लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ हिजो वुटवलमा एक समारोहबीच बिमोचन सम्पन्न भएको छ ।

लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियन्ताको रुपमा परिचित छन् । प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्व युद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीवरुपमा प्रस्तुत गरिएको यो कृतिलाई साहित्यकार तथा भूपु सैनिक जंगबहादुर शाहको हातबाट बिमोचन गरिएको हो । काठमाण्डौ र भारतको दार्जिलिङपछि हितानको गृह नगर बुटवलमा शुक्रवार कृति विमोचन गरिएको थियो ।

विमोचन समारोहमा कवि एवंम साहित्यकार गिरी श्रीस, जंग बाहादुर शाहले बिमोचन र पत्रकार इन्दिरा अर्याल, लेखक रामचन्द्र श्रेष्ठ, पाठक डा मनोज ढुंगाना, र दिलिप ज्ञवालीले पुस्तकमाथि समालोचना गरेका थिए । कार्यक्रम पाठक मञ्च बुटवलको आयोजना, सरीता श्रीसद्वारा संचालन गरिएको थियो । कार्यक्रमलाई कलाकार विशाल आत्रेयले मास्टर मित्रसेनका गीतहरू( लाहुरेको रेलिमाई फेसनै राम्रो, र अब त जाऔं कान्छी घर, गाएर मनोरन्जन गराएका थिए ।

तपाईको प्रतिक्रिया