न्युयोर्क । अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बिबिक्यू बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमकासाथ भब्यरूपमा सम्पन्न भएको छ ।
बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रम हरेक बर्ष केही आकर्षक मनोरञ्जन प्याकेजका साथ  सम्पन्न हुने गर्दछ । यस बर्ष पनि कार्यक्रममा बिभिन्न रोचक खेलहरू समावेश गरिएको थियो । नेपालीपनले भरिपूर्ण खानपिनका परिकार अर्को आकर्षण थियो । न्यूयोर्कको क्विनस ब्रिज पार्कमा सम्पन्न भएको यस कार्यक्रममा महिला र पुरूषका लागि अलग अलग बिभिन्न रमाइला खेलहरू समावेश थिए । बालबालिकाहरुले पनि छुट्टै  रोचक खेलहरूले प्रदर्शन गरेका थिए ।

कार्यक्रममा न्यूयोर्क स्थित बिभिन्न नेपाली संघ संस्थाहरूका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । हरेक बर्ष नेपालीहरू बीच भेटघाट गरि मनोरञ्जन गर्ने मात्र होइन नेपाली संस्कार, संस्कृति र भाषालाई अमेरिकामै जन्मिएका नयाँ सन्नततिहरूलाई  हस्तान्तरण  गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको  संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले बताइन् ।

फिवना अमेरिकामा रहेका नेपाली आदिवासी महिलाहरूको संस्था भए पनि सम्पूर्ण आप्रबासी नेपाली महिलाहरू र नेपाली समुदायलाई नै अघि बढाउने उदेश्यले बिभिन्न गतिबिधीहरू  गर्दै आएको पनि अध्यक्ष चोङबाङको जानकारी दिइन् ।

स्मरण रहोस् फिवनाले आफ्नो समुदायका महिलाहरूलाई बिभिन्न सहयोगहरू जस्तै जनचेतना, शसक्तिकरण, एडभोकोसि लगायत बिभिन्न परिस्थितिमा हुने समस्याहरूको समाधानको लागि पनि बिभिन्न पहलकदमी कार्यहरू गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया