रिपोर्टर्स क्लब अमेरिका/वाईवा टेक लामा

हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिवल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले यस फेस्टिबलको आयोजना हुन गईरहेको छ ।
यस नेपाल मार्च फेष्टिवल सफल बनाउन एक आयोजक समितिको गठन भएको छ जसमा हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा , हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष  ईन्दिरा त्रिपाठी, हामी नेपाली ग्लोबल क्यालिफोर्निया चाप्टरका अध्यक्ष मदन पाण्डे ,समाजका क्रियाशील कार्यकर्ता  सुबास शम्सेर भण्डारी, अशोक राज भण्डारी,अर्जुन पौडेल, मुना प्याकुरेल, भुवन पौडेल, जोसेप घले, सुनिता खत्री, धुब्र कुंवर, पारू के.सी, बिन्दु सापकोटा, बिष्णु के.सी, नवाँ तिवारी, गणेश भट्टराई , हेम बहादुर थकुल्ला, वबिन थापा  कृष्ण देवकोटा  रहेका रहेका छ्न । आयोजक समिति अहिले महोत्सवलाई भव्य रुपमा सफल पार्न पुर्व तयारीमा पुर्ण रूपमा जुटेको अन्तर्राष्ट्रिय उपाध्यक्ष टेक वाइवाले बतसुनु भएको छ।

हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय उपाध्यक्ष टेक वाईवा लामाले दिनुभएको जानकारी अनुसार लसएन्जलस स्थित हलिउडमा हुने यस बृहत महोत्सवमा सहभागिताको लागि नेपाल सरकार / अन्तर्राष्ट्रिय नेपाली डायस्पोराका नेपालीहरुको साझा संस्था एनआरएन लगायत क्यालिफोर्नियाको विभिन्न संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुको समेत सहभागीता हुने भएको छ ।


नेपाल सरकार पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल  मार्च फेष्टिवल सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने र उक्त कार्यक्रम कुनै राजनीतिक तथा धार्मिक रुपमा नभई विशुद्ध पर्यटन विकास तथा सामाजिक हितको लागि आयोजना गरिएको उपाध्यक्ष वाईबाले बताउनुभयो।

बिश्वभर छरिएर रहेका राष्ट्रप्रेमीलाई नेपाली राष्ट्रियताको एउटै मालामा उन्दै, बुद्ध जन्मेको देश ,विश्वको शिर सगरमाथाको देश नेपाललाई बिश्वमाझ चिनाउने पवित्र उदेश्य संस्थाले बोकेको छ।

लस एन्जलसमा क्यालिफोर्नियाको विभिन्न नेपाली संघसस्थाको आयोजनामा यो कार्यक्रम हुन गैइरहेको हो जहाँ  नेपाली कला र संस्कृति झल्किने झाँकीहरुको प्रदर्शनी रहनेछ ।
उपाध्यक्ष वाईबाले क्यालिफोर्नियाको आसपासमा बस्ने  नेपाली समुदायलाई डे-परेड शान्ती पदयात्रामा सहभागिताजनाइदिन अनुरोध  गर्नुभएको छ ।

कार्यक्रम तालिका:
मिति: २५ जुन २०२३
समय : दिनको १२ बजेदेखि ४ बजेसम्म
स्थान: होलिउड वाक अफ फेम क्यालिफोर्निया/ लस एन्जलस
थप जानकारीको लागि :
(हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय परिवार )

तपाईको प्रतिक्रिया