इन्द्र लक्सम, हङकङ

साम्याङफुङ समुह हङकङले साउने संक्रान्ति अर्थात सिसेक्पा तङनामको अवसरमा साम्याङफुङ साँझ मनाउँदै गर्दा यसको महत्त्वबारे केही कुरा व्यक्त गर्न चाहन्छु ।

साम्याङफुङ समूह हङकङले निरन्तर रुपमा २०१४ बाट
साम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ महामारी कारणले २०२० बाट यो कार्यक्रम स्थगित भएको थियोे । कोभिड महामारीको अन्त्य पछि  १६ जुलाई २०२३ मा प्रथम चोटि यो कार्यक्रम भएको छ। र  हालसम्ममा साम्याङफुङ साँझको सातौ संस्करण सम्पन्न भैसकेको छ।

प्रवास हङकङमा लिम्बुनी चेलीबेटीहरुले हाम्रो पनि आफ्नो पन छ त्यसलाई जोगाउदै जानुपर्छ भन्ने सोचका साथ यसलाई मुर्त रुप दिइएको  थियो । सुरुवातको स्थितिमा के कार्यक्रम गर्ने ? कसरी गर्ने ? गर्दा मान्छेहरुले के भन्लान् ? के नाम दिएर गर्ने यावत प्रश्न आएका थिए ?
यसै बीच मुख्य गरेर लिम्बुनीहरुले टाउकोमा लाउने सुर्यको आकारको सुनसंग बिशेष गरेर मुन्धुम कथा जोडिएकाले हुनाले साम्याङफुङ अर्थात सुनको फुलको अवधारणा अगाडि आएपछि सोही अनुरुप कार्यक्रम गर्ने निर्णय भयो । फलस्वरूप साम्याङफुङ समूह हङकङको  जन्म भयो।
यो समुहको जन्म भएपछि  साम्याङफुङ साँझ कार्यक्रम गर्ने कार्यको शुरुआत भयो । र अहिले सम्म निरन्तर आयोजना गरिदै ल्याइएको छ।


हङकङको सन्दर्भमा त्यतिबेला यस्तो कन्सेप्ट ल्याउनु छलाङ मार्नु सरह थियो । यस्तो सोचाइ आफैमा महत्त्वपूर्ण थियो समाजिक जागरण र रुपान्तरण ल्याउने अर्थमा।
यस्तो महत्त्वपूर्ण कामका लागि बिर्सन नहुने चेलीबेटीहरुलाई सम्झनै पर्छ। संस्थापकका रुपमा रहेका दिदीबहिनीहरुको नाम एकदिन दस्तावेजमा लेखिनु पनि पर्छ ।

इन्द्र लक्सम

संस्थापन कालमा योगदान पुर्याउने महिलाहरु हुन- माया खापुङ , गिता पालुङवा, लिलिस कन्दङवा , सपना सावा , माया सेरेङ चोङबाङ , सारी सुब्बा ।
स्थापना भएपछि  यो साम्याङफुङ समुहले प्रत्येक बर्ष साम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ।

साउने सक्रान्ति चाडको अवसर पारेर आयोजना हुने यस कार्यक्रममा आफ्नै मौलिक पहिरन , मौलिक गरगहना लगाएर ,आफ्नै मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । कार्यक्रममा उपस्थित हुनुहुने पाहुनाहरुलाई लिम्बुवानी आतिथ्य साथै मौलिक खानपिनको ब्यबस्थापन पनि गर्ने गरिन्छ। कार्यक्रमलाई अझै भव्य बनाउन नेपाल बाट चर्चित कलाकारहरु पनि ल्याउने गरिएको छ।

वर्तमान अवस्थामा यस्तो कार्यक्रमको अपरिहार्यता झनै बढेर गएको छ। यो कार्यक्रम विशुद्ध सांस्कृतिक पहिचानको लागि गरिने छुट्टै क्रान्तिकारी कार्यक्रम हो ।
हामी नेपालीहरुको विविध सांस्कृतिक पक्ष छन।
सबैले विविध जातजातिको मौलिक संस्कृतिलाई सम्मान गर्नु पर्दछ। सह अस्तित्वको सिद्धान्तलाई अंगाल्दै जानू नै सबैको जातजातिको दायित्व हो । यो दायित्वबाट कसैलाई भाग्ने छुट छैन। यस्ता साझा दायित्वबाट भाग्न खोज्दा वा यस्ता विषयलाई महत्त्व नदिदा समस्याले विकराल रुप पनि लिएको देखिन्छ । त्यसैले वर्तमान समयमा  संकुचित मानसिकता सबैले हटाउन आवश्यक छ।

साम्याङफुङ साँझ जस्ता कार्यक्रमले विदेशी भुमिमा जन्मिएका भावी पुस्ताका नानीहरूलाई आफ्नो मौलिक सांस्कृतिप्रति जिम्मेवार बनाउन मद्दत गर्छ। अनेकन पश्चिमा सांस्कृतिक भुमरीको चपेटाबाट बच्न मद्दत गर्छ। कुनै जाति विशेषको हराउन लागेको मौलिकतालाई जोगाउन अहम भुमिका खेल्छ । अन्य अनेकौं दृष्टिकोणबाट यस्तो कार्यक्रमले निरन्तरता प्राप्त गर्न आवश्यक छ।
विश्व भरी छरिएर रहेका  लिम्बूनी महिला दिदीबहिनीहरुले यस्ता प्रकारका कार्यक्रम गर्दै लान अहिलेको परिप्रेक्ष्यमा झनै आवश्यक रहेको मेरो ठम्याइ छ। त्यसैले साम्याङफुङ समुह हङकङको तर्फबाट यस्ता कार्यक्रम गर्न हार्दिक अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया