क्रान्ति सुब्बा । हङकङ ।

लिम्बु कथानक चलचित्र `थिम´ को हङकङ प्रीमियर शो आगामी अगस्ट २७ तारीख आइतबार जोर्डन स्थित याउ मा तेइ कम्युनिटी हलमा बेलुकी ६:३० बजे हुने भएको छ। जुलाई २४ तारीख सोमबार बेलुकी चुम्लुङ हिम जोर्डनमा सम्पन्न एक पत्रकार सम्मेलन मार्फत प्रदर्शनी बारे जानकारी दिइएको थियो ।

भोजराज साँबा लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिदै  फुलन्देको बाउ उपनामले चर्चित मौसम लिम्बुले चलचित्रको विषय वस्तुबारे संक्षिप्तमा प्रकाश पारेका थिए । उनले  यो चलचित्र कमर्सियल सोच भन्दा पनि लिम्बु जातिको रितीरिवाज तथा संस्कार संस्कृति दुनियाँसामु जाहेर गराउन निर्माण भएको कुरा आफुले बुझेको बताए । साथै कम्युनिटि हलमा गुणस्तरीय पृन्टको लागि आयोजकले आफ्नै प्रोजेक्टर प्रयोग गर्ने भएकोले दर्शकहरुलाई ढुक्क भएर चलचित्र हेर्न जान अनुरोध पनि गरे।


आयोजक मध्ये एक ओम गुरुङद्वारा संचालित सो कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शेर बहादुर लक्सम्बा तथा अतिथि क्रमशः चलचित्रका हङकङ प्रायोजक टप माउन्टेन तेक्वान्दो एसोसिएसनका अध्यक्ष तथा गुरुङ फिल्म निर्माता गणेश गुरुङ , पथरी समाज हङकङका अध्यक्ष जय  चाम्लिङ , आदिवासी जनजाति अभियन्ता बुद्धिजीवी भुपेन्द्र चेम्जोङ रहेका थिए ।

चलचित्र थिमको पोस्टर अतिथिहरुबाट सामुहिक रूपमा अनावरण गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा अतिथि भुपेन्द्र चेम्जोङले लिम्बु भाषामा थिम भनेको संस्कार हो र यो फिल्मले लिम्बु जातिको पहिचान झल्काउने संस्कारलाइ विशेष रूपमा प्रतिविम्बित गरेको हुनुपर्छ भने ।

लिम्बु जातिको संस्कार र संस्कृतिलाइ दर्शक सामु पुर्याउने उदेश्यका साथ निर्मित यस चलचित्रको सफल प्रदर्शनी नेपालको विभिन्न स्थानमा भैसकेको छ र हङकङमा पनि टप माउन्टेन तेक्वान्दो एसोसिएसनको प्रस्तुतिमा हुन गइरहेको हो।

सागर केरुङको पटकथा तथा यलम्बर खम्बुको निर्देशन रहेको यस चलचित्रका प्रीमियर शोको लागि  केहि पात्रहरु हङकङ आउदै गरेको कुरा समेत आयोजक भोजराज साम्बा लिम्बुले हङकङ खबरलाइ बताए । हङकङ आउने कलाकारहरु नायिकाहरु बबिता फोम्बो,निसाम तुम्बापो, सुक्मिता केरुङ र निर्देशक यलम्बर खम्बु रहेका छ्न।

थिम हङकङ प्रीमियरका प्रायोजकहरु स्याङजाली कान्छा,ॐ चित्र इन्टरटेनमेन्ट ,सुबास गुरुङ , नारद राई, बेस्ट रेमिट (कबिता), दिपेश सुबेदी, कला राई , धर्म श्रेष्ठ रहेका छ्न।

photo credit : mazzako hongkong, focus out

तपाईको प्रतिक्रिया