काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक औपचारिक रुपमा शुरुमात्रै भएर अनिश्चितकालका लागि स्थगित हुने भएको छ । विभाजित नेकपाका दुवै पक्षले एकले अर्कोलाई ‘हिलो छ्याप्न’ थालेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको हो ।

सभामुख प्रदिप भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुनाउने सहमति भएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज कुनै पनि नेताले बैठकमा सम्बोधन नगर्ने र औपचारिक रुपमा अधिवेशन शुरु गरी अर्को सूचना नभएसम्म बैठक स्थगित गर्ने सहमति भएको बताए । आजको बैठकका लागि एक मात्र कार्यसूचीमा समावेश छ ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका १६ जना नेकपाका सांसद पनि सहभागी हुने भएका छन् । राजनीतिक विषयमा पछिनै छलफल गर्दै टुंगो लगाइने उनले बताए ।

तपाईको प्रतिक्रिया