क्रान्ति सुब्बा

एउटा मनमोहक डन्डिय सर्पिल ग्यालेक्सीको चित्र उतार्न  सफल भएकोछ नासा हब्बल स्पेस टेलिस्कोप। यो सुन्दर निलो रंगको बिशाल ग्यालेक्सी नाम हो NGC 2336 ।

धेरै आकारका ग्यालेक्सी अन्तरीक्षका विभिन्न नक्षत्र मंडलमा अवस्थित छ्न। यो ग्यालेक्सीको केन्द्रमा एउटा डन्डा जस्तो आकार बनाएर ताराहरु बसेकाले यसलाई डन्डिय भनिएको हो। यो ग्यालेक्सी क्यामियोलोपर्डिस( जिराफ) नामक नक्षत्र मंडलको उत्तर खण्डमा बसेकोछ।

यो ग्यालेक्सी पृथ्वीबाट १० करोड ९० लाख प्रकाश वर्ष टाढा रहेको छ।

यसको आयतन २ लाख प्रकाश वर्ष हो।

यो ग्यालेक्सीलाई सर्वप्रथम जर्मन खगोलशास्त्री  विल्हेम टेम्पेलले सन १८७६ मा पत्ता लगाएका थिए । उनले त्यसबेला २८ सेन्टिमिटरको टेलिस्कोपबाट यसलाई पत्ता लगाएका थिए ।

अहिलेको हब्बल टेलिस्कोपको दर्पणको आकार २.४ मिटर  रहेकोछ। टेम्पेलले प्रयोग गरेको टेलिस्कोप भन्दा दस गुना ठुलो भएकोले यो हब्बल इमेज अति राम्रो देखिएकोछ।

यसका सर्पिल आकारका पाखुराहरुमा जाज्वल्यमान उज्यालो निलो प्रकाशयुक्त ताराहरु जवान पुस्ताका तारा हुन।

बिच भाग तिर देखिएका राताम्य अंश  चाहिँ बुढा ताराहरुले ओगटेका छ्न।

यो ग्यालेक्सीको केन्द्रमा एउटा सानो डन्डा छ भने यसका ८ वटा सर्पिल ( कुंडलित ) पाखुराहरु छ्न।

यो तस्वीर मार्च १ तारीख २०२१ बिहान ६ बजे   प्रकाशित भएको हो।

तपाईको प्रतिक्रिया