२८ अप्रिल २०२१ हङकङ । नरजित राई ।

हङकङ साहित्यिक साझा शृङखलाका संयोजक सुनिता गिरिको अध्यक्षतामा १०० औ साहित्यिक शृङ्खला  तथा नवौ वार्षिक उत्सव २५ अप्रिल  आइतबार २०२१ का दिन जोर्डनको  बगैंचा पार्टी प्यालेस एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त उत्सवमा हङकङ नेपाली महाबाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथी र नेपाली महा संघ हङकङका अध्यक्ष  टंक राना, एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङ र साहित्यिक साझा शृङखला हङकङका संस्थापक संयोजक चन्द्र मादेन आन्छ्न बिशेष अतिथी रहेका थिए । सो कार्यक्रमलाइ टोप बहादुर याख्खाले सन्चालन गरेका थिए ।

प्रमुख अतिथि तथा बिशेष अतिथिहरु र सभाका अध्यक्षबाट संयुक्त रुपमा पानसमा बत्ती बाली  साहित्यिक साझा शृङखला हङकङको नवौ वार्षिकोत्सबको उदघाटन गरिएको थियो। सोही कार्यक्रममा “हङकङका श्रस्टाहरु द्वारा सृजित रचनाहरुका संगालो कृति ” शृङखला  -५ ” को पनि लोकार्पण भएको थियो। उक्त बिमोचित कृतिको समिक्षा  साहित्यकार कमल पौडेलले गरेका थिए ।

हङकङ साहित्यिक साझा शृङखलाका संस्थापक संयोजक चन्द्र मादेनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संरक्षक गुरुङ दाजुले हङकङमा स्थापित साहित्यिक संस्थाहरु मध्ये  हङकङ साहित्यिक साझा शृङखला निकै चलयमान तथा क्रियाशिल रहेको  बताउनु भयो।

हङकङ साहित्यिक साझा शृङखलाले १०० औ शृङखला पूरा गरेको उपलक्ष्यमा हङकङका साहित्यक सर्जक तथा मिडिया कर्मिहरुलाई समेत सम्मान गरिएको थियो। उक्त कार्यक्रममा कमल पौडेल ( नेपाली भाषा तथा साहित्यमा योगदान गरे बापत, ११ सय एक सय एघार हङकङ डलर नगद सहित), क्रान्ति सुब्बा (हङकङ भित्र), नरजित राई ( नसकिने बाटो) , डोम राना (गोधुलिको किनार, ११ सय एक सय एघार  हङकङ डलर नगद सहित), शिव प्रधान (रुदिना),  डम्बर कृष्ण श्रेष्ठ  (नेपाली प्रवासन, नियती र रहर), जगत अम्बु गुरुङ ( फोटो पत्रकारिता बापत ) र देवमान लिम्बू (हङकङमा एनएचडिडि टिभी मिडिया सन्चालन गरे वापत) लाइ  ताम्रापत्र सहित खादा ओडाएर सम्मान गरिएको थियो।

यसै गरि हङकङ साहित्यिक साझा शृङखलाको १०० औ शृङखला सम्म योगदान गर्नु हुने पूर्व संयोजक,सह- संयोजकहरु दाजु गुरुङ,लाल बहादुर गुरुङ, सुनिता गिरि,पुर्णिमा शाह, बज्र कुमार राई, डि बि पालुङ्वा आदिलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो।

सो समारोहका प्रमुख अतिथि हङ्कङ नेपाली महाबाणिज्यदुत उदय बहादुर राना मगर विशेष अतिथि नेपाली महा संघका अध्यक्ष  टंक राना, एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङ , साझा शृङ्खला हङकङका संस्थापक संयोजक चन्द्र मादेन र सुनिता गिरिलाई पनि मायाको चिनो खादा तथा ताम्रपत्रबाट सम्मान गरिएको थियो।

हङकङ साहित्यिक साझा शृङखलाको वार्षिकोत्सब  सफलता लागि विभिन्न  संघ संस्थाका अध्यक्षहरु र शृङखलाका पुर्ब संयोजकहरु क्रमश रिता गुरुङ, टंक राना, टीका गुरुङ, मोती चाम्लिङ,किन्दर राई,लाल बहादुर गुरुङ,डि बि पालुङ्वा,बज्र कुमार राइ आदिले आगमी दिनको सफलताका लागि शुभकामना मन्त्यब्य ब्यक्त गरेका थिए। सो समारोहमा उपस्थित कवि सर्जकहरुले आ- आफ्नो रचनाहरुलाई समेत वाचन गरि उल्लासमय माहौल सृजना गरेका थिए। गायिका द्वय मन्जु थापा र बिनि लामाले गीत गाएका थिए।

उक्त कार्यक्रममा हङकङ साहित्यिक साझा शृङखलाले नयाँ नेतृत्व पनि प्राप्त गरेको थियो । नयाँ  नेतृत्वको संयोजकमा रमण गुरुङ र सह संयोजकमा गिता अधिकारी चयन भएका थिए ।

स्मरण रहोस , हङकङ साहित्यिक साझा शृङ्खलाले हङकङमा प्रत्येक महिनाको अन्तिम आइतबार झन्डै एक दशक अघिबाट साहित्यिक कार्यक्रम निरन्तर गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया