काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन लाख ५५ हजार ८३२ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या दुई करोड दुई लाख ७५ हजार ५४३ पुगेको छ।

कोरोनाको केन्द्र रहेका महाराष्ट्र, दिल्ली र केरलामा संक्रमितको संख्यामा कमी आएको हो। अघिल्लो दिन चार लाख संक्रमित थपिएका थिए।

कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने घट्न सकेको छैन। पछिल्लो २४ घण्टामा तीन हजार ४३८ जनाको मृत्यु भएको छ।

अघिल्लो दिन तीन हजार ४४२ जनाको मृत्यु भएको थियो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख २२ हजार ३८३ पुगेको छ।

पछिल्लो केही सातामा संक्रमितको संख्या अत्यधिक बढ्दै आएको छ। भारतमा कोरोना संक्रमण गत वर्षको ३ मार्चमा देखिएको थियो। त्यसको १९७ दिनपछि १७ सेप्टेम्बरमा ५० लाख पुगेको थियो।

यो संख्या दोब्बर हुन ९७ दिन लागेको थियो। गत वर्षकै १८ डिसेम्बरमा एक करोड पुगेको थियो।

त्यसपछि ५० लाख संक्रमित थपिन १२१ दिन लागेको थियो। तर, पछिल्लो १५ दिनमै ५० लाख संक्रमित थपिएका छन्। योसँगै आज संक्रमितको संख्या दुई करोड नाघेको हो।

अहिले पनि भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ रहेको छ। जसमध्ये १२ राज्यमा एक लाखभन्दा बढी रहेका छन्। ती राज्यमा नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल पनि रहेका छन्।

तपाईको प्रतिक्रिया