१६ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

१८ वर्ष पुगेका पुर्ण खोप लगाइसकेका परमानेन्ट र नन परमानेन्ट दुबै किसिमको   हङकङ नागरिकको लागि जेन्टिङ क्रुज लाइन्स हङकङ  नामक कम्पनीले भाग्य चिट्ठाको रजिस्ट्रेसन प्रक्रिया शुरु गरिसकेको छ गत जुन १० तारीखबाट । 
यो चिट्ठाको अन्लाईन फारम खुलेको ६ दिन अर्थात् जुन १५ तारीख  सम्ममा जम्मा ७,००,००० जनाले आफ्नो नाम दर्ता गरिसकेकाछ्न।
यस खेलमा भाग लिन चाहनेले जुलाई ३० तारीखका दिन वा सो भन्दा अगाडि सुइको दुबै मात्रा लगाइसकेको हुनु पर्दछ र नाम दर्ता गर्ने अन्तिम म्याद पनि जुलाई ३० तारीख नै रहेकोछ।

विलासको लागि प्रयोग गरिने भिमकाय पानीजहाजबाट समुद्री पर्यटन गराउने यो क्रुज कम्पनीले कुल ४० लाख हङकङ डलर बराबरको पाँच वटा पुरस्कारहरु राखेको छ। जसमा प्रथम पुरस्कार रहेको छ – एक वर्षे क्रुज पास जुन पास प्रयोग गरि चार जना पाहुनाका साथ वर्ष भरी असीमित समुद्री यात्रा गर्न सक्नु हुन्छ। तपाई र तपाईंको चार जना पाहुनाको लागि कम्पनीले डेलक्स बाल्कोनी स्टेट रुम बस्नको लागि प्रदान गर्नेछ। यो पुरस्कारको सरदर मुल्य ३८ लाख हङकङ डलर रहेकोछ।

दोस्रो पुरस्कार अन्तर्गत दुई रात छ जना गेस्टका साथ क्रुजको विशेष विलास कक्ष “प्यालेस भिल्ला” मा बिताउन सकिनेछ। हङकङ डलर १ लाख भन्दा बढी मुल्यको यो पुरस्कारलाइ बास्तबमा लग्जरी जहाजभित्रको पनि जहाज भन्ने गरिन्छ।

तेस्रो पुरस्कार अन्तर्गत जहाजको बाल्कोनी स्टेट रूपमा चार जना गेस्टका साथ दुई रात क्रुज भ्याकेसन रूपमा बिताउन सकिनेछ। हङकङ डलर ५४ हजार पर्ने यो पुरस्कार तीन जनालाई  दिइनेछ। भाग्य चिट्ठाको नतिजा अगस्ट ६ तारीख सार्वजनिक गरिनेछ।

ड्रीम क्रुज अन्तर्गत पर्ने जेन्टिङ ड्रीमको १,५०,००० टन वजनवाला मेगासिप गत जुन ९ तारीख बिहान ८ बजे  नै हङकङको पानीमा आइसकेको छ।

जुलाईको अन्त तिर नौका बिहार पुन परिचालन गराउने योजना अन्तर्गत यो बडेमानको जहाज अहिले लाम्मा आइल्याण्डको दक्षिणपट्टीको समुद्रमा तैरिएर बसेकोछ र सबै स्टाफहरु अनिवार्य क्वारेन्टाइनमा बसेकाछ्न।

यो जेन्टिङ क्रुज हङकङले क्रीस्टल क्रुज र स्टार क्रुज पनि संचालन गरेकोछ।

आफ्नो नाम दर्ता यो लिङ्क मार्फत गर्नुहोस्
“Super Seacation Sweepstakes | Dream Cruises” https://campaign.dreamcruiseline.com/2021/sweepstake/en/index.html

तपाईको प्रतिक्रिया