१६ डिसेम्बर हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा आज देखा परेका ८२ केस मध्ये तीन वटा आयातित र ७९ वटा स्थानीय केस परेकाछ्न। ४४ वटा केस पुरानै रोगीबाट सरेर आएको हो भने ३५ जनालाई कताबाट संक्रमण भयो पत्ता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ७,८०४ पुगेकोछ। आज संक्रमित ८२ जना ४ देखि ९२ वर्षका ४२ जना पुरुष र ४० जना महिला रहेकाछ्न। प्रारम्भिक पोजिटिभमा पर्ने ८० जनाभन्दा बढी रहेछ्न।

चुङ क्वान ओ लाम तिन टनलबाट ७ वटा केस आएकाछ्न भने लोहास पार्कबाट २ वटा । १० वटा केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न।

वङ ताइ सिनको लुङ पुन कोर्टमा पर्ने लुङ सान हाउसको एक जनालाई पोजेटिभ भएकोछ।

हङकङमा कार्यरत करिब ३ लाख सत्तरी हजार डोमेस्टिक हेल्परलाई हङकङ सरकारले निशुल्क कोरोना टेस्ट डिसेम्बर १७ बाट उपलब्ध गराउने भएकोछ। ताइ पो को फुङ निन बिल्ड्डिङमा रहेको बोर्डिङ हाउसका वस्ने केहि घरेलु कामदारमा कोरोना पोजेटिभ देखिएपछि यो निर्णयमा सरकार पुगेको हो।

तपाईको प्रतिक्रिया