१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोभिड – १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १९ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४४ दिन भयो। अब ४४ दिन मात्र बाकी छ प्रथम डोज भ्याक्सिन ग्रहण गर्ने समय अबधि ।

.हङकङमा खोप लगाउनेको कुल संख्या : ४,८२६,७८७

.पहिलो मात्रा लाउनेको कुल संख्या :२,८१७,०९५ (४१.४%)

.दोस्रो मात्रा लाउनेको कुल संख्या :२,००९,६९२(२९.५%)

.हालमा दैनिक खोप लाउनेको औसत संख्या :५५,२९६

.गत सात दिन देखि चलेको दैनिक खोप लाउनेको दर : ६१,४२१

.दैनिक पहिलो मात्रा भ्याक्सिन लाउनेको संख्या :२६,६८१
.दैनिक दोस्रो मात्रा भ्याक्सिन लाउनेको संख्या :२८,६१५

साइनोभ्याक भ्याक्सिन
.पहिलो मात्रा लाउनेको संख्या : १,१४३,६००
.दोस्रो मात्रा लाउनेको संख्या :८,२८,३००

बायोन्टेक भ्याक्सिन
.पहिलो मात्रा लाउनेको संख्या : १,६७३,,५००
.दोस्रो मात्रा लाउनेको संख्या :१,१८१,४००

गत २४ घन्टाको भ्याक्सिन ग्रहण तथ्यांक

साइनोभ्याक भ्याक्सिन
.पहिलो मात्रा लिनेको संख्या : ५,७००
.दोस्रो मात्रा लिनेको संख्या :९,७००
.बुकिङको आधारमा खोप केन्द्रमा खोप लिनेको आकडा प्रतिशतमा: ९७%
.दुवै डोजको अन्लाईन बुकिङ संख्या :४,१००

बायोन्टेक भ्याक्सिन
.पहिलो मात्रा लिनेको संख्या : २१,०००
.दोस्रो मात्रा लिनेको संख्या :१८,९००
.बुकिङको आधारमा खोप केन्द्रमा खोप लिनेको आकडा प्रतिशतमा: ९८%
.दुवै डोजको अन्लाईन बुकिङ संख्या:३१,२००

२४ घन्टामा १८ तारीख आइतबार बेलुकी ८ बजे सम्मको रेकर्ड अनुसार करिब ५५,३०० जना मानिसले खोप ग्रहण गरेकाछन भने नयाँ  अन्लाईन भ्याक्सिन बुकिङको संख्या करिब ३५,३०० रहेकोछ।

हङकङ सरकार द्वारा परिचालित खोप केन्द्रहरु सेप्टेम्बरको अन्तसम्ममा बन्द हुन्छ भनिएको छ। सरकारले सेप्टेम्बर पछि कोमिनार्टी भ्याक्सिन उपलब्ध गराउन नसक्ने कुरा पनि घोषणा गरेको थियो । त्यसैले कतिपय नागरिकले हतारोमा कोमिनार्टी भ्याक्सिन लिएका थिए ।
१८ तारीख बिहान सम्मको रेकर्ड अनुसार २० दिन सम्मको लागि ६ वटा खोप केन्द्रहरु पुर्णतः बुक भएका थिए । यदि अन्लाईन बुकिङ यसरी नै निरन्तर फुल रहने स्थिति रहेमा सेप्टेम्बर पश्चात्  सरकारले प्राइभेट क्लिनिक मार्फत कोमिनार्टी भ्याक्सिन उपलब्ध गराउने लक्ष्य लिएको छ।

हङकङमा कोभिड भ्याक्सिन लिनेको दर उत्साहजनक पुर्वक बढेपछि सेप्टेम्बरको अन्त सम्ममा पहिलो मात्रा खोप लिनेको संख्या ७०% पुग्ने आकलन गर्न थालिएको छ। तर खोप दर ७०% प्रतिशत नै पुगे पनि सामुहिक प्रतिरोधात्मक शक्ति समुदायमा स्थापित हुन हम्मे पर्ने कुरा स्वासप्रस्वास औषधिविद ल्यङ चि- चिउले एक रेडियो कार्यक्रममा आज १९ तारीख जुलाईका दिन बताएका छ्न।
उत्परिवर्तीत वा भेरिएन्ट भाइरसहरुको विरुद्धमा यो खोपले केही महिना पछि पुर्ण  सुरक्षा दिन नसक्ने भएकोले सामुहिक प्रतिरोधात्मक शक्ति अर्थात हर्ड इम्युनिटी स्थापना हुने कुरामा उनले शंका व्यक्त गरेका हुन।
३० देखि ६० वर्ष बीचका काम गरिखाने जनसमुदायको आधा भन्दा भन्दा बढी जनसंख्याले खोप लगाइसकेका छ्न तर ७० वर्ष नाघेका ज्येष्ठ नागरिक समुदायको १०% प्रतिशतले मात्र खोप लगाएको कुरा उनले औंल्याए ।

ज्येष्ठ नागरिकको खोप दरमा वृद्धि ल्याइएन भने यसले अहिलेको भ्याक्सिनकरणले  समातेको मोमेन्टम अर्थात वेगलाइ धिमा पार्दछ र   खोप दरलाई घटाउने छ। फलतः  वृद्ध गृह  अथवा अस्पतालहरुमा स्थानीय क्लस्टरको रूपमा सामुदायिक  संक्रमण हुने संभावना बढ्नेछ। त्यसकारण संक्रमण हुने उच्च जोखिम बोकेका व्यक्तिहरु  ज्येष्ठ नागरिक र दीर्घ रोगी लगायतले यथाशीघ्र भ्याक्सिन लगाउनु पर्छ भन्ने कुरामा उनले जोड दिए। हङकङले प्रयोगमा ल्याएको दुई किसिमको खोप सारा संसारले चलाइ रहेकोले यसले दिने सुरक्षा र यसबाट हुने प्रतिकुल असरबारे चिन्ता लिनु आवश्यक छैन  ल्यङले थपे।
अर्का संक्रामक रोग विशेषज्ञ जिसेफ चाङले ज्येष्ठ नागरिक बस्ने स्थानमा नै खोप सेवा पुर्याएर तत समुहलाइ खोप दिने विकल्प सरकारले अपनाउदा हुन्छ भनेका छ्न।
अहिले धेरै मानिसले भ्याक्सिन बुकिङ गरिरहेकाले आजभोलि नै खोप केन्द्र परिचालन हुने म्याद सेप्टेम्बर भन्दा पछी सम्मको लागि थप्ने कुरामा पनि सरकारले विचार गर्दा हुन्छ भने।
हङकङमा अहिले दुबै मात्रा खोप लिनेको संख्या ३०% प्रतिशत पुग्न लागेको छ।

तपाईको प्रतिक्रिया