धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रबर्द्धनको लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ । आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमि प्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीका यस अघि थुप्रै गीत बिभिन्न चर्चित गायक – गायिकाहरुको स्वरमा सार्वजनिक भई सकेको छ । रेग्मीले दुई महिना पहिले नै रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए भने यस अघि आफ्नो संगीत यात्राको सुरुवातमा आफ्नै स्वरमा “सुनसरी इनरुवा ” बोलको गीत सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया