२३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अगस्ट २२ तारीख आइतबार हङकङ सरकारका सल्लाहकारले हङकङका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लाउन आग्रह गरेकाछ्न । डाइबेटिज र उच्च रक्तचापबाट पीडितको लागि  समेत यो खोप सुरक्षित रहेको दाबी उनले गरे।
प्रोफेसर आइभन हुङ जो कोभिड खोपको प्रतिकुल असरलाई निरुपण गर्ने समितिका सह संयोजक पनि हुन । उनले भने अहिलेसम्म ७० देखि ७९ वर्ष बीचका ३० प्रतिशत नागरिकले मात्र खोप लगाएकाछ्न।

हृद (कोरोनरी) धमनी रोग भएका साथै उच्च रक्तचाप अथवा डाइबिटिज रोग पुर्ण नियन्त्रणमा नभएकाहरुमा कोभिड खोपको नकारात्मक असर बढी देखा पर्छ भनेर वयोवृद्धजनले सोच्ने  नै होइन उनले भने।

यदि कोभिडले छुयो भने  कम उमेरको रोगी भन्दा  ७५ वर्ष नाघेका मानिसको छिटो मृत्यु हुने संभावना उच्च हुन्छ उनले चेतावनी दिए।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले बुस्टर सट ( तेस्रो मात्रा खोप) लाउनु पर्दछ तर हङकङमा यो तेस्रो डोज खोप हालमा उपलब्ध भएको छैन उनले थपे।

” अंग प्रत्यारोपण गरेका वा केमोथेरापी लिदै गरेका रोगी साथै गम्भीर रोगबाट पीडित जसले जो जैविक औषधि (रगत, भ्याक्सिन आदि )को भरमा बाच्नु परेको छ – हरुको साइनोभ्याक र बायोन्टेकको दुबै डोज भ्याक्सिन लगाएता पनि सामान्यतया एन्टिबडी लेबल लो नै हुन्छ। हो उनिहरुलाइ बुस्टर सटको खाचो पर्छ।” उनले भने।

संक्रामक रोग विशेषज्ञले युनिभर्सिटी अफ हङकङको अध्ययनले पत्ता लगाएको तथ्यलाई अघि सार्दै कोभिड भ्याक्सिन मिसाएर लाउनु सुरक्षित नै हुने बताएकाछ्न। युनिभर्सिटी अफ हङकङले जम्मा १३५ जना मानीसको सहभागितामा मिक्स भ्याक्सिनको परिक्षण गरेका थिए ।

उनले अगाडि भने – प्रारम्भिक तथ्य अनुसार दुबै डोज बायोएन्टेक ग्रहण गर्ने व्यक्तिको तुलनामा बायोन्टेक भ्याक्सिन पहिलो डोज र दोस्रो डोजको रूपमा साइनोभ्याक हान्ने  व्यक्तिमा एन्टिबडिको स्तर न्यून देखियो तर मिक्स खोप लाउनेहरुले माइल्ड साइड इफेक्ट सामना गर्नु परेको थियो

यसको अर्थ बायोएन्टेक भ्याक्सिन लाउदा कसैलाई गम्भीर एलर्जी भयो भने विकल्पको रूपमा दोस्रो मात्रा साइनोभ्याक खोप लाउदा हुन्छ हुङले भने। तर यसरी लगाइएको मिश्रित खोपले डेल्टा भेरिएन्ट विरुद्धमा कतिको प्रभावकारी ढंगले काम गर्दछ रिसर्च टिमले अध्ययन गरिरहेको उनले बताए।

आजको कोरोना रिपोर्ट ,२३ अगस्ट २०२१
आज सोमबार हङकङमा पाँच वटा आयातित  कोभिड केस पुष्ठि भएकोछ। ९ देखि ३८ वर्ष बीचका ती लक्षणहिन रोगीहरु क्रमशः नाइजेरिया , पाकिस्तान ,इन्डोनेसिया ,टर्की र युएस बाट आएका थिए ।
पाँच जना मध्ये तीन जनाले बायोएन्टेक खोप पुर्ण मात्रा र बाकी दुई जनाले साइनोभ्याक खोपको दुई डोज लगाएका थिए ।

तपाईको प्रतिक्रिया