क्रान्ति सुब्बा

काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए ।

आखिर यो कुन समुह हो र यसको उदेश्य के हो?

अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो।

खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्रतिनिधित्व गर्ने नाम हो। यो भुमि भित्र वर्तमान अफगानिस्तान ,पाकिस्तान ,ईरान , तुर्कमेनिस्तान पर्दथ्यो।

यो समुहलाई आइसिस-के (ISIS-K), आइएसके (ISK) वा आइएसकेपि (ISKP) पनि भनिन्छ।

सिरिया र इराकमा आइएस शक्तिशाली भएको बेला सन २०१५ जनवरीमा यसको स्थापना भएको थियो । पछि युएस सैनिकको नेतृत्व रहेको संयुक्त शक्तिले उनिहरुले स्थापित गरेको क्यालिफातलाइ ध्वस्त पारेको थियो ।

मुलरूपमा अफगान तालिबानको नरमपन मन नपराउने र त्यो भन्दा उग्र संस्थाको खोजीमा लागेका अफगान तालिबान र पाकिस्तानी तालिबान जिहादिस्टहरुले यो समुह जन्माएका हुन। उज्बेकिस्तान ईस्लामिक मुभमेन्टका पुर्व सदस्यहरु पनि यसमा संलग्न छ्न।

२०१४ साल अक्टोबरमा त्यसबेलाका ग्रुप लिडर हाफिज साइद खान र अरु टप लिडरले त्यसबेलाका ईस्लामिक स्टेट लिडर अबु बकर अल – बगदादी समक्ष शपथ खाएर आइसिसको नयाँ भुभाग अफगानिस्तान हेर्ने जिम्मेवारी लिएका थिए । पाकिस्तानी मुलका र तेरिक ए तालिबान पाकिस्तान (टिटिपी) का कमान्डर खान आएस- के प्रोभिन्सका पहिलो एमिरमा यसरी नियुक्त भएका थिए ।

सन २०१५ जनवरी १० तारीख यस संस्थाको स्थापना भए यता इराक र सिरिया स्थित ईस्लामिक स्टेटको मुल नेतृत्वबाट निरन्तर सहयोग यिनले पाइरहेछ्न। ईस्लामिक स्टेटले भौगोलिक आधिपत्य गुमाउँदै गएपछि ग्लोबल क्यालिफेटको लागि आफ्नो बेस अफगानिस्तानलाई बनाउदै आएको छ।

आइएस- केका संस्थापक एमिर हाफिज साइद खान जुलाई २६ तारीख २०१६ सालमा अमेरिकी ड्रोन आक्रमण अफगानिस्तानको नंगरहार प्रोभिन्समा हुँदा मारिए। बगदादी अमेरिकी सेनाको कब्जामा पर्नु अघि आत्मघाती बिस्फोटक भेस्ट लाएर आफै पड्किएर मरेका थिए २०१९ सालमा ।

उग्रताको स्वरुप

आइएस- के बीभत्स नरसंहार घटाउनमा कुख्यात रहेको बुझिन्छ। हालैका वर्षमा यिनले अफगानिस्तान र पाकिस्तानका मुख्य सहरका स्कुलका छात्रा,अस्पताल माथि आक्रमण गरे । अस्पतालको नारी प्रसुती गृहमा रहेका गर्भवती महिला तथा नर्सहरुलाइ गोलि ठोकेर मारे।

अफगानिस्तान र पाकिस्तानमा आइएस केले करिब सय वटा आक्रमण आम नागरिकमाथि गरेकोछ। सन २०१७ उप्रान्त २५० चोटि भन्दा बढी झडप युएस, अफगान र पाकिस्तानी सुरक्षा बलसंग भएकोछ।

तालिबानको रुचि अफगानिस्तानभित्र मात्र सिमित छ तर आइ एस – के आइएस ग्लोबल नेटवर्कको एउटा अंग हो । जसले पश्चिमा शक्ति , अन्तर्राष्ट्रिय मानव उद्वार तथा अधिकारकारी कर्म गर्दै हिड्नेलाइ खोजी खोजी आक्रमण गर्दछ्न।

२०१८ सालमा यो समूह संसारको खतरा चार आतंकबादी समूह मध्ये एकमा परेको थियो ।

यिनिहरुको अखडा कता छ?

आइएस- के चलखेल गर्ने मुल अखडा भनेको नंगरहारको पुर्वी इलाका हो। जुन एरिया अफगानिस्तानको उत्तर र उत्तर पुर्व जो पाकिस्तानको सिमासंग जोडिएको छ – मा पर्दछ। तोरा बोरा क्षेत्रमा पर्ने यो एरिया अलकाइडाको पुर्व अखाडा पनि हो।

यस समुहका लडाका दस्ताको संख्या ३,००० सम्म पुगेको थियो । तर बेला बेलामा अमेरिकी, अफगान र तालिबानको आक्रमण परेकोले थुप्रै लडाका गुमाइसकेको अवस्था छ।

तालिबानसंगको सम्बन्ध

यिनिहरुको प्रत्यक्ष सम्बन्ध तालिबान संग नभए पनि हक्कानी नेटवर्क मार्फत जोडिएका छ्न।

हक्कानी नेटवर्कसंग आइएस- केको नङ मासुको जस्तै सम्बन्ध छ । हक्कानी र तालिबानको सम्बन्ध उत्तिकै बलियो भएका कारण आइएस- केको सम्बन्ध पनि स्वतः मजबुत हुने भैहाल्यो।

खालिल हक्कानी जो अहिले काबुलका सेक्युरिटी इन्चार्ज हुन उनको टाउकोको मोल युएस डलर ५० लाख राखिएको थियो ।

“२०१९ देखि २०२१ मा भएका प्रमुख आक्रमणहरु वास्तवमा आइएस- के, तालिबानको हक्कानी नेटवर्क र पाकिस्तानमा रहेका आतंकवादी समुहहरु मिलेर गरेका हुन।” अध्येता साजन गोहेल भन्छ्न।

आइसिल(ISIL) लडाकु अफगानिस्तानमा, कमान्डर अबु रशिद( बीचमा )

जब तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेका थिए त्यसबेला यो समूहले पुल ए चार्की जेलका धेरै बन्दीहरुलाइ छोडिदिएका थिए । छुटकारा पाउनेहरुमा आइएस र अलकाइडाका उग्रवादीहरु पनि थिए । अहिले तिनै छुटेका बन्दीहरु जताततै फैलिएका छ्न।

आइएस केले तालिबानलाइ जिहाद छोडेको आरोप लगाउने गरेकोछ। यिनिहरुले अफगानिस्तानभित्र मात्रै सिमित रहने सरकार बनाउन लिप्त ” घिनलाग्दो राष्ट्रियवादी ” भनेर अफगान तालिबानलाइ होच्याउने गर्दछ्न। ग्लोबल क्यालिफात बनाउने उदेश्यसंग ठाडो बाझ्ने तालिबानको कदमसंग आइएस केको तालमेल नमिल्नु स्वाभाविक छ।

” आइएस-केको लक्ष्य ईस्लामिक एमिरेट हो। र यिनिहरु अलकाइडा र तालिबान दुबैको प्रतिस्पर्धी हुन।” अफगानिस्तान विज्ञ सेथ जोन्स भन्छ्न।

“यी दुई समूह बीच एकातिर वैचारिक द्वन्द छ भने अर्कोतिर स्रोत साधन दोहन गर्ने विषयमा पनि प्रतिस्पर्धा छ। आइएस केले आफुलाइ विश्वव्यापी ईस्लामिक साम्राज्य स्थापना गर्ने शक्ति ठान्छ भने जातीयता र राष्ट्रियताको सिमित घेराबाट आफ्नो वैधानिकता स्थापना गर्न खोज्ने तत्व भनेर तालिबानलाई आरोप लाउछ ।” स्टानफोर्ड अध्ययन केन्द्र

तालिबानले बिहीबार विमानस्थल बाहिर भएको बिस्फोटको भत्सर्ना गरेकोछ। र अमेरिकाको नियन्त्रणमा रहेको इलाकामा यो घटना भएको हो भनेकोछ।

त्यसै त जन धनको सुरक्षा दिन अफगान तालिबान कति कमजोर रहेछ भनेर बिश्वलाई देखाउन आइएस के समूह अहिलेको अबस्थामा सफल भएकोछ यो काबुल ब्लास्टबाट।

वास्तवमा अब बनिने तालिबानी सरकारको लागि मुख्य सुरक्षा चुनौती बनेर यो आइएस उग्रपन्थी बसेकोछ।

तपाईको प्रतिक्रिया