१ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले ज्येष्ठ नागरिकको खोप दर वृद्धि गर्ने प्रयास अनुरुप बिना बुकिङ उनिहरुलाइ खोप प्रदान गरिरहेको छ। खोपको साइड इफेक्ट कस्तो छ भन्ने कुरामा चासो रहनु स्वाभाविक छ।

अहिलेसम्मको अध्ययनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष नाघेका २० प्रतिशत नागरिकमा प्रतिकुल प्रभाव वा साइड इफेक्ट देखा परेकोछ भने साइनोभ्याक भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष वा सो भन्दा मुनिका ५० प्रतिशतमा प्रतिकुल प्रभाव देखिएकोछ। यो अध्ययनलाई दृष्टिगत गर्दा बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ज्येष्ठ नागरिकको लागि अधिक स्विटेवल प्रतीत हुन्छ। १०२ वर्ष पुगेकाले समेत बायोएन्टेक भ्याक्सिन लगाएको मैले देखेको छु ,त्यसकारण यो भ्याक्सिन जुनै उमेरकालाई पनि उचित हुन्छ हुङले भने।

स्वासप्रस्वास रोग विशेषज्ञ ल्यङ चि चिउले भने अधिकतम ज्येष्ठ नागरिकले साइनोभ्याक भ्याक्सिन नै लगाइरहेका छ्न। मलाई लाग्छ दुबै भ्याक्सिन नै ज्येष्ठ नागरिकको लागि उचित छ र चाडो भन्दा चाडो खोप लाउन ज्येष्ठ नागरिकलाई आग्रह गरेका छ्न।

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले पनि  यो सेप्टेम्बरको अन्त सम्ममा खोप दर ७० प्रतिशत पुर्याउने लक्ष्य पूरा गर्न विद्यार्थी र ज्येष्ठ नागरिकलाई खोप लगाउन अनुरोध गरेकि छिन सेप्टेम्बर  १ तारीख ।
सेप्टेम्बर भन्दा अगाडि ७० प्रतिशत खोप दर पुरयाउने हङकङको लक्ष्य केवल ६० प्रतिशतमा सिमित भएकोछ।
दैनिक २२,००० जनाले पहिलो मात्रा खोप लगाएको खण्डमा मात्र खोप दर सेप्टेम्बरको अन्तमा ७० प्रतिशत पुर्याउन सकिने कुरा उनले गरिन।

सरकारले  तीन समुहलाई लक्ष्यित गरि खोप अभियानलाई अगाडि बढाउने भएकोछ – काम गर्न योग्य उमेर समूह,१२- १९ वर्षका विद्यार्थी समूह र वयोवृद्ध समूह।

उनले अहिले खोप नलगाएका कुनै पनि नागरिकलाई कुनै निश्चित स्थानमा प्रवेश निशेध गर्ने कुनै योजना सरकारको नरहेको कुरा अगस्ट ३१ सेप्टेम्बर १ को प्रेस मिटबाट स्पष्ट पारिन।  तर कोभिडको नयाँ लहर आएमा हेल्थ पास सिस्टम लागु हुने संभावना बढ्ने कुरा भनिन।
कतिपय स्कुलका विद्यार्थी र शिक्षकको खोप दर आज फेस टु फेस क्लास सहितको स्कुल लाग्ने दिन सम्म ७० प्रतिशत नपुगेकोमा उनले असंतुष्टी व्यक्त गरिन।

खोप प्रतिकुल असर निरुपण समितिका सह संयोजक डाक्टर आइभन हुङले एक जना कोभिड भेरिएन्ट रोगीबाट अन्य सात जनालाई यो भाइरस सर्दछ भनेका छ्न।
हङकङमा सामुहिक रोग प्रतिरोधात्मक शक्ति स्थापना गर्न ८५ प्रतिशत नागरिकले खोप लगाउनु पर्ने उनको ठहर छ। अबको दुई महिनाभित्र हङकङमा खोप लाउनेको संख्या , ज्येष्ठ नागरिकको समेत ७० प्रतिशत वा सो भन्दा उँभो पुग्ने आशा उनले लिएका छ्न।
खोप असर निरुपण समितिको तथ्यांक अनुसार गम्भीर र सामान्य गरि   खोपसंग संबंधित ५६९ वटा घटनाहरु दर्ज भएका छ्न। जसमा कोमिनर्टीको आधा  र साइनोभ्याकको आधा रहेका छ्न। जम्मा १० प्रतिशतमा गम्भीर नकारात्मक असर देखिएको छ। त्यो १० प्रतिशत मध्येमा पनि  ७०.२ प्रतिशत  गम्भीर नकारात्मक असर देखिनेमा ८० वर्ष कटेका मानिसहरू परेका छ्न।

यदि गर्भवती महिला कोभिडद्वारा  संक्रमित भइन भने  शिशु महिना नपुगी जन्मने वा गर्भपतन हुने संभावना ७०% हुने गर्दछ र गम्भीर निमोनिया हुने संभावना उच्च हुने गर्दछ। हङकङको गाइनोलोजिकल सोसाइटीले गर्भवती महिलालाई  खोप लगाउन सुझाव दिएकोछ। तीन देखि ६ महिनाको गर्भवती महिलाले कोमिनार्टी भ्याक्सिन लाउदा उचित हुन्छ किनकि साइनोभ्याक भ्याक्सिन गर्भवती महिलाको लागि कति ठिक भन्ने बारे कुनै आँकडा उपलब्ध छैन।

तपाईको प्रतिक्रिया