क्रान्ति सुब्बा

डाइनोसरको टिरानोसोरोइड  परिवार भित्र पर्ने टिरानोसोरस रेक्स अर्थात छोटकरीमा टि-रेक्स डाइनोसर   डाइनोसर जगतका आइकन र सर्वशक्तिमान राजा मानिन्थे अहिलेसम्म । तर अनुसन्धानकर्ताको एउटा टोलिले आफ्नो समयको कुख्यात मांसाहारी प्रागऐतिहासिक जन्तुको अवशेष फेला पारेका छ्न। जुन जीव टिरानोसर्स रेक्स ( T-Rex) भन्दा पाँच गुना ठुलो रहेको छ।  यो डाइनोसरको नाम “उलुगबेगसरस उजबेकिस्तानिसिस” राखिएको छ। क्यानाडा , जापान र उजबेकिस्तानको अनुसन्धानकर्ताहरु मिलेर यो नाम जुराएको हो । उलुग बेग (टिमुर द ग्रेट- तामरल्यानका नाति ) पन्ध्रौं शताब्दीमा अस्तित्वमा रहेको टिमुरिद( तामरल्यान) साम्राज्यका सम्राट र नक्षत्रविद एवं गणितज्ञ थिए । तिनै उलुग बेग(२२ मार्च १३९४-२७ अक्टोबर १४४९) को नाममा यस डाइनोसरको नामाकरण गरिएको हो।

डाइनोसरको  कारकारोडन्टोसाउरिया प्रजाती दक्षिणी सुपर महाद्वीप गोन्ड्वानामा उत्तर जुरासिक काल देखि खरिढुंगा युगको अन्त सम्मको समय अवधीमा मौलाएको थियो । खरिढुंगा युगको टुरोनियन कालबाट भने उत्तरी सुपर महाद्वीप लाउरेसियाबाट यीनको अस्तित्व लोप भएको देखिन्छ ।

कारकारोडन्टोसाउरिया प्रजाती भित्र नै उलुग्बेगसरस पनि पर्दछ। अवशेषको रूपमा फेला परेको माथिल्लो च्यापुको हड्डी पुन अध्ययन हुँदा यो नयाँ  तथ्य बजारमा आएको छ।  कालगरी युनिभर्सिटी जिवाश्म विज्ञान शाखामा कार्यरत एसोसिएट प्रोफेसर द्वय डार्ला जेलेनित्स्की र डाक्टर कोहेइ तनाकाले पत्ता लगाए अनुसार यो जीव ८ देखि ९ करोड वर्ष अगाडि उत्तर खरिढुंगा युग ( late cretaceous epoch)मा टि- रेक्स संगसंगै बाँचेका थिए ।

अवशेषको रूपमा भेटिएको च्यापुको हड्डीको आधारमा मापन गर्दा यस जीवको लम्बाई साढे चौबीस देखि २६ फिट (८ मिटर ) थियो भने तौल २ हजार पाउन्ड (१०००किलो) थियो । पृथ्वीको इतिहासको त्यो कालखण्डको सबैभन्दा ठूलो ह्रींसक परभक्षी जीव यहि थियो ।

उलुगबेगसरस आफ्नो सहचारी टिमुरलेन्जिया नामक सानो टिरानोसरको साथमा

त्यसबेला पृथ्वीमा रुमल्ली हिडने डाइनोसरको राजा टिरानोसरस परिवार भित्र पर्ने  टि- रेक्स डाइनोसर पुर्णतः विकसित भैसकेको थिएन । त्यसबेलाको टि- रेक्सको  लम्बाई करिब १० फिट र तौल करिब ४४० पाउण्ड मात्र थियो । यस हिसाबले हेर्दा उलुगबेगसरसले त्यसबेला खाना खोज्ने प्रतिस्पर्धामा टि- रेक्सलाई धेरै पछाडि छोड्दथ्यो। यस जीवको एकछ्त्र हालीमुहालीले स- साना जीवको उत्पत्ति र विकासमा पनि अंकुश लागेको हुन सक्ने कुरा विदले गरेका छ्न।

“यसले  टिरानोसरसको अस्तित्वलाई  पनि ओझेल  पारेको थियो र त्यसबेलाका सर्बोच्च परभक्षि शिकारी यीनै थिए ” क्याल्गेरी हेराल्ड संग कुराकानीको क्रममा जेलेनित्स्कीले भनिन । ” भालुको अगाडि स्याल जस्तै थियोे टि-रेक्सको हैसियत ।”

उलुगबेगसरसको हाड

खुराक शिकार गर्ने कुरामा साइज ठुलो भएको कारणले मात्र उलुगबेगसरस टिरेक्सको तुलनामा अग्रपंक्तिमा थिएनन, यिनको शिकार गर्ने तरिका र शिकारलाई फसाउने शैली पनि पुरै फरक रहेको दावी गर्छिन जेलिन्त्स्की ।

डाइनोसरको महाराज   यो खुंख्वार जीवको दाँतको बनावट  आराको ब्लेड जस्तो धारिलो थियो । टि- रेक्सको दाँत हड्डी फुटाउने खाल्को हुन्थ्यो  भने उलुगबेगसरसको दाँत हड्डी चिर्ने किसिमको ।

”  उलुग्बेगसरस लोप भएपछि शिर्ष शिकारी जन्तुको रूपमा एशिया र उत्तर अमेरिकाको भुमिमा करिब  ८ देखि ९ करोड वर्ष अघिको समयमा  टि- रेक्सको उदय भयो।” जेलिन्त्स्कीले भनिन।

उलुगबेसरस लोप भएको सत्तरी लाख वर्षपछी टि-रेक्सको साइज पुर्ण विकसित भयो जो डाइनोसर लोप नभैन्जेल पृथ्वीको राजा रहे।

यसबेला उदय भएको टि- रेक्स नै पछि विकसित  भएर एक नम्बरको शिकारी जन्तु भए। जुरासिक पार्क फ्रेन्चाइज लगायतका अन्य सिनेमा र टिभी शोमा हामीले  देख्ने डाइनोसर यीनै पुर्ण विकसित टि रेक्स हुन। पछिल्लो टि रेक्सको तौल ११ हजार देखि १५ हजार पाउन्ड सम्मका रहे भने सरदर ४० फिट सम्म लामा भए।

८ देखि १० करोड वर्ष अघिको उत्तर खरिढुंगा युगमा कसरी टिरानोसरस परिवारको विकास भएर  खाद्य शृङ्खलाको उच्च स्थानमा बसेको कारकोडन्टसरस परिवारलाइ विस्थापन गरायो भन्ने कुरालाइ प्रमाणित गर्ने कुनै अवशेष नभेटिएका कारण स्थिति अनभिज्ञ छ। शिखर परभक्षी जन्तुको संख्या उनीहरूले शिकार गर्ने जन्तुको तुलनामा कम नै हुन्छ। त्यसैले कतिपय  प्राचिनतम इकोसिस्टमबाट यस्ता  ठुला जीवको अवशेष प्राप्त गर्न गाह्रो हुन्छ , जेलेनित्स्कीले खुलस्त पारिन।

त्यसबेलाको इकोसिस्टममा उलुगबेगसरससंग जिउने साना काठीका टिरानोसरस थिए जसको नाम हो टिमुरलेङ्जिया।

तनाका र जिलेन्स्की

वास्तवमा उलुग्बेगसरस  जीवको माथिल्लो च्यापुको हड्डी सन १९८० को दशकमा नै एक रशियन जिवास्म शास्त्रीले उजबेकिस्तानको किल्जिलकुम मरुभूमिमा भेटेका हुन। यस अवशेषलाई वर्नाड्की स्टेट जियोलोजिकल म्युजियम मस्कोमा केहि वर्ष राखियो।
त्यसपछि थप अनुसन्धानको लागि यसलाई क्यानाडाको क्यालगरी युनिभर्सिटीमा लगियो। त्यहाँ जेलेन्त्की र तनाकाले भर्चुअल थ्री डि मोडलिङ प्रयोग गरेर अनुसन्धान गर्दा यो च्यापुको हाड पहिले कहिल्यै पत्ता नलगाइएको डाइनोसर प्रजातिको भएको थाहा भयो । एउटा शिखर परभक्षी अर्थात सर्बोच्च परभक्षी वा हरामी शिकारी डाइनोसरको खोजीमा वर्षौं देखि अनुसन्धानकर्ताहरु लागी परेका थिए तर भेटेका थिएनन र बल्ल भेटे। सर्बोच्च वा शिखर परभक्षीले आहाराको लागि अरु जन्तुको शिकार गर्छ तर यसलाई कुनै जन्तुले शिकार बनाउन सक्दैन ।

पृथ्वीको सम्पूर्ण भुभाग एकै ठाउँमा भएको बेला डाइनोसरको उत्पत्ति भएकोले एकै किसिमको डाइनोसर अर्को स्थानमा पनि भेटिएको हो।

“डाइनोसर प्रजातिमा शिखर परभक्षी ( apex predator) हराइरहेको थियो र यी अहिले भेटियो। म त छ्क्क परिरहेछु यस्तो विशाल परभक्षी फेला पर्न यति लामो समय लागेकोमा। त्यसैले म यो खोजबाट धेरै उत्तेजित भएको छु।” जेलेन्स्कीले एकै सासमा भनिन।

बिसेक्टी रचना कालमा मौलएको यो डाइनोसरको माथिल्लो च्यापुको आंशिक   हड्डी माथी गरिएको अध्ययनको निष्कर्षबाट यो जीव डाइनोसरको कारकारोडन्टोसर अथवा  सार्कको जस्तो दाँत भएको डाइनोसर प्रजातीभित्र पर्दछ भन्ने कुरा थाहा भएको छ।

यस प्रजातिको डाइनोसर मध्य एशियामा पहिलो चोटि भेटिएको हो।
कारकारोडन्टोसरस र टिरानोसरस यी दुबै  समुहका डाइनोसर तीखो दन्तधारी, दुई खुट्टाले हिडने मांशाहारी थिए। समान्यतया टिरानोसरको शरीरको बनावट गह्रौं हुन्थ्यो ।

यो डाइनोसरबारे शोधपत्र यही सेप्टेम्बर ८ तारीख रोयल सोसाइटी ओपन साइन्स ( Royal society open science ) प्रकाशित भएको हो।

तपाईको प्रतिक्रिया