क्रान्ति सुब्बा

मेक्सिकोका जीवाश्मविदले पत्ता लगाएको डाइनोसरको नयाँ प्रजातीमा औधी कुराकानी  गर्ने चरीत्र र हात्तीले  जस्तो मृदुभाषामा संवाद गर्ने शैली रहेको कुरा यहि मे १४ तारिख प्रकाशित  शोध पत्रमा बताइएको छ।

करिब ७ करोड २० लाख वर्ष अघि लोप भएको यो प्रजातिको नाम ट्लाटोलोफस गालोरुम ( Tlatolophus galorum) राखिएकोछ। जुन जीव अहिलेको मेक्सिको  उत्तरी राज्य कोहुइला इलाकामा रुमल्लिने गर्दथ्यो।

सुरुमा जीवाश्मविदहरुले पुच्छर र पछि क्रमस टाउको, सिउर , जांघ र काधको हड्डी भेट्टाएका थिए । करिब साढे तीन फिट लामो हाडले बनेको खोक्रो कल्की ( शिर)मार्फत संवाद सम्प्रेषण यस जीवले गर्दथ्यो।

“यसको पुच्छर करिब ६ मिटर लामो भएकोले यसको कुल शारीरिक  लम्बाई ८ देखि १२ मिटर लामो हुन सक्दछ। ” भन्छिन पुराजीव बैज्ञानिक एन्जल आलेजेन्द्रो रामिरेज।

“हाम्रो विचारमा यी डाइनोसरहरु एक आपसमा कुराकानी गर्न खुब रुचाउथे । तिनीहरुले हात्तीले जस्तै न्यून फ्रीक्युएन्सीको साउन्ड उत्पादन गर्न र सुन्न सक्दछ्न। हात्तीले उत्पादन गरेको मधुरो आवाज केहि किलोमीटर सम्म यात्रा गर्न सक्छ र यो बोलिलाइ मानिसले ठम्याउन सक्दैन ।” रामिरेजले थपिन।

“शान्तिकामी तर बोलक्कड ” यो डाइनोसरसंग आफ्नो शत्रुलाई तर्साउन ठुलो स्वर निकाल्ने क्षमता पनि  थियो  । यो खोजको घोषणा गर्ने क्रममा नेशनल ईन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एन्ड हिस्ट्रीले गत बिहीबार मे १३ तारीख २०२१ मा भन्यो।

यो डाइनोसरको सिर रातो रंगको थियो भन्ने कुरामा मेक्सिकोका सोधकर्ताहरुको विस्वास रहेकोछ।

“अहिलेका आधुनिक चराहरु जस्तै ती डाइनोसरहरु रंगीन थिए र उनिहरुको कल्की पनि संभवत उज्यालो रंगको थियो । ती कित पुरै रातो कित रंगीचंगी धब्बा सहितको थिए ।” रामिरेजले भनिन।

   स्रोत : phy.org

तपाईको प्रतिक्रिया