मनोरोग भनेको एक किसिमको मनको रोग हो । सबै मनोरोगलाई रोगै भन्न चाही जरुरी छैन तर धेरै जसो चाहीं मनोरोग नै हुन्छ । यो मन स्थिर नभएको अवस्थाले ल्याउने सामाजिक , परिवारिक र आर्थिक उतरचढाव यसको कारण पनि हुन सक्छ ।
यसका लक्षणहरु अनेक हुन सक्छन जस्तै : शारिरीक लक्षणहरु देखिने तर जाँच गर्दा केही पनि नदेखिने, बिरामीलाई चाही सकस भईरहने ।
हामी कहाँ आउने बिरामीहरुमा डिप्रेसन, एनजाईटी, सोम्याटो फर्म, सिजोफ्रेनिया, बाइपोलर, आत्महत्या गर्न खोज्ने र यौन सम्बन्धि समस्या आदी।
आम समाजमा जनचेतना फैलाउन गैर सरकारी संस्थाहरुले प्रयास नगरेको भने हाईन तर त्यो प्रयास प्रर्याप्त भने छैन । सरकारको तर्फबाट मानसिक रोगीहरुको हकहितका लागी कानून बन्न जरुरी छ । यसलाई 🙁 मानसिक रोग ऐन (Mental Health Act) भनिन्छ । डिप्रेसन पनि मनोरोग भित्रै पर्छ र मनोरोग हुनुमा धेरै किसिमका न्युरो ट्रान्समिटरको ठुलो भुमिका हुन्छ ।

नेपालमा यस रोगको खासै तथ्याङक पनि छैन र राज्यले रोग निवारणका लागि ल्याएको रणनीति अस्पष्ट र अपुग छ । नेपालको ग्रामिण क्षेत्रमा ठिङ्गरा लाउने (खुट्टा बाँध्ने) ,खोरमा थुन्ने जस्ता उपचार विधि छ्न । राज्यले मानसिक रोगलाई अलिकती प्राथमिकतामा राख्नु पर्यो र आर्थिक सहायता गर्ने नीति ल्याएमा थप सहयोग पुग्थ्यो ।

स्थानिय सरकारले परिवार र समाजलाई यस रोग सम्बन्धि जनचेतना जगाउनु पर्यो । बर्तमान समयमा युवा पुस्तामा यो रोग बढि देखिनुमा धुम्रपान, मद्यपान, लागु पदार्थको सेवन नै हो र यसमा हाम्रो धार्मिक र सामाजिक तथा बाहिरबाट आएको आयातित बिकृतीहरु पनि एक मुल कारण हो । यो रोगको कुनै उमेर समुह हुदैन यो बच्चा देखि बृद्घासम्मलाई लाग्न सक्छ ।
यस रोग सम्बन्धि परामर्ष वा उपचारको लागि मसँग सम्पर्कमा आउन सक्नु हुनेछ ।

. डा. संजीव चन्द्र गौतम सहायक प्राध्यापक नेपाल मेडिकल कलेज (प्रा.) लि. शिक्षण अस्पताल जोरपाटी काठमाण्डौं कार्यरत हुनुहुन्छ

तपाईको प्रतिक्रिया