काठमाडौं । नेपालको चर्चित फ्रेन्चाईज रियालिटी सो “भोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन।

गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतका रचनाकार  लेखु सहयात्री हुन ।  विशम आचार्यको एरेन्ज र मौसम हिमालीले निर्देशन गरेको सो गीतको म्युजिक  भिडियोमा गायक राई र टिकटकबाट चर्चामा आएकी मोडल बिना राउतको अभिनय हेर्न सकिन्छ ।

हाम्रो स्टुडियोको प्रस्तुती रहेको म्युजिक भिडियोका निर्माता आस्लाम लिम्बू हुन भने छायांकारमा विशाल थापा, सम्पादनमा सनम मगर र प्रोडक्सन म्यानेजरमा विक्रम तामाङ रहेका छन।

आस्लाम लिम्बु , निर्माता

भ्वोईस अफ नेपालअघि नै गायक राईले म्यासअप कभर गीतहरुबाट निकै लोकप्रियता कमाईसकेका थिए । त्यसपछि पनि उनी  निरन्तर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छ्न ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया