क्रान्ति सुब्बा

संक्रमणलाई रोक्न सबै बिद्यालय बन्द

२० जनवरी बिहीबार १४:००बजे

हङकङमा धेरै विद्यार्थीहरु  भटाभट कोभिड संक्रमणको शिकार हुन थालेपछि जनवरी २४ तारीख सोमबारबाट  माध्यमिक विद्यालयहरूको प्रत्यक्ष  कक्षाहरू निलम्बन गर्ने घोषणा जनवरी २० तारीख बिहीबार शिक्षा व्युरोले गरेको थियो ।

तर विद्यालयहरूलाई  माध्यमिक ६ कक्षाका विद्यार्थीहरूको लागि आधा-दिन सम्म फेस टु फेस क्लास संचालन गर्ने छुट दिइएको छ। यही  अप्रिल २२ देखि सुरु हुने हङकङ डिप्लोमा अफ सेकेन्डरी एजुकेसन एक्जामिनेसन (Hong Kong Diploma of Secondary Education Examination) (HKDSE) परीक्षा शुरु हुने भएकोले विद्यालयहरुलाई यो छुट प्रदान गरिएको हो।

जनवरी १९ तारीख बुधबारको रेकर्ड अनुसार कम्तीमा पनि हङकङका आठ माध्यमिक विद्यालयहरूका  विद्यार्थीहरूलाई कोभिड-१९  संक्रमित भएको देखिन्छ । माध्यमिक विद्यालयका विद्यार्थीहरू संलग्न रहेको पछिल्लो कोविड केस क्वुन तङमा रहेको सेन्ट जोसेफ एङ्ग्लो-चाइनिज स्कूलका माध्यमिक ६ का विद्यार्थी हुन।

अन्य प्रभावित विद्यालयहरूमा सलेम-इम्यानुएल लुथरन कलेज, सेन्ट फ्रान्सिस क्यानोसियन कलेज, हङकङ ताङ किंग पो कलेज, किआङसु-चेकियाङ कलेज, डेलिया मेमोरियल स्कूल (ब्रोडवे), एचकेएमए डेभिड ली क्वोक पो कलेज, सेन्ट जोसेफ एङग्लो-चाइनिज स्कूल  र बुद्विष्ट फात  हो मेमोरियल कलेज रहेका थिए ।

हङकङ फेडेरेसन अफ एजुकेशन वर्कर्सका उपाध्यक्ष तथा सांसद  लरेन्स ताङ फेईले सहरको हालको कोविड वेभको स्केल पछिल्लो समय जस्तै हुन सक्ने भएकाले कक्षा निलम्बन आवश्यक भएको बताए।

आधा दिन स्कुल संचालन हुने  व्यवस्थाले भाइरस सर्ने जोखिम आधा नहुने भएकाले आधा दिन विद्यालय खोल्ने कुरालाई  विकल्प मान्न नहुने उनले बताए ।

यसैबीच श्वासप्रश्वास विशेषज्ञ ल्यङ चि-चिउले विद्यालयमा भेन्टिलेसन अपर्याप्त रहेको बताए। उनले थपे – कोरोनाभाइरस वाहकहरूबाट विद्यार्थीलाई कुनै पनि बेला कोविड  सर्न सक्छ  र उक्त विद्यार्थीबाट अन्ततः भाइरस विभिन्न समुदायहरूमा घुसेर  ठूलो प्रकोप निम्त्याउन सक्छ।

स्वास्थ्य विज्ञ ल्यङले शहरव्यापी प्रकोपको जोखिम कम गर्न अधिकारीहरूले तुरुन्तै सबै शसरिर कक्षाहरू निलम्बन गर्नुपर्ने बताए।

हम्स्टर दोकान चहार्ने दुई जना संक्रमित

जनवरी २० तारीख १८:०० बजे

घरपालुवा जनावर पसलहरू भ्रमण गर्ने थप दुई व्यक्तिहरू कोविड-१९ पोजेटिभ आजको दिन भएका थिए । भाइरस जनावरबाट मानवमा सर्ने  जोखिम बढदै गएकोमा हङकङका स्वास्थ्य अधिकारीले सबैलाई सतर्क रहन अनुरोध गरेका थिए ।

कोभिड प्रारम्भिक पोजेटिभ पुष्ठि ती दुई व्यक्तिले मंङ कोकको आइ लव रयाबिट नामक पेट सप र कजवे बेको लिटल बोस नामक पेट सपको भ्रमण गरेका  थिए । यी  दुई पसलहरू एउटै पेट स्टोरका शाखा हुन।

तिनीहरू मध्ये एकले जनवरी ४ मा मोङ कोक पसलमा ह्याम्स्टर खरिद गरेका थिए र अर्कोले जनवरी ११ मा कजवे बे पसलमा गएका थिए । एउटै  पेट सपको युन लङ शाखामा  रहेको ह्याम्स्टरको पिंजरा पनि कोरोनाभाइरस पोजेटिभ भएको  थियो ।

ह्याम्स्टरबाट मानिसमा भाइरस  सर्ने जोखिम बढदै गइरहेकोले जनवरी २२ वा सो भन्दा पछि ह्यामस्टर किनेका मानिसहरूलाई सकेसम्म चाँडो परीक्षण गर्न चुआङले आह्वान गरिन । उनले जन स्वास्थ्य सम्बन्धि समस्या सिर्जना हुन नदिन  मानिसहरूलाई  सडकमा आफ्नो ह्याम्स्टरहरू नछोडन आग्रह गरिन।

कोरोनाभाइरसको डेल्टा संस्करणबाट संक्रमित क्वुन तङ स्थित सेन्ट जोसेफ एङलो-चीनिया स्कुलका सेकेन्डरी सिक्समा पढने विद्यार्थीको  जीनोम अनुक्रम लिटिल बोस पेट सपमा फेला परेको डेल्टा संस्करण भन्दा फरक पाइएको थियो। यसर्थमा उनको संक्रमण  स्रोत अन्यत्र भएको बुझिएको थियो ।

नौं सेकेन्डमा कोरोना सरयो

२० तारीख जनवरी २०:०० बजे

एक किन्डरगार्टन शिक्षिकालाई  मेई फू एमटीआर एक्जिटको बाटो हिडेको बेला  दुई जना संक्रमित बच्चाहरूबाट कोभिड सरेको  हो कि होइन भनेर अधिकारीहरूले अनुसन्धान गरिरहेका थिए ।

जेनेटिक सिक्वेन्सिङले देखाए अनुसार मेई फू सन चुनमा बस्ने २६ वर्षीया शिक्षिका र क्वारेन्टाइन होटलमा बस्दा संक्रमित भएको भनिएकी  ४३ वर्षीया महिलाको भाईरस स्ट्रेन (नश्ल) उस्तै थियो ।

थप अनुसन्धानले के देखाएको थियो भने ती शिक्षिका र ४३ वर्षीया महिलाका दुई छोराहरू बीच  मेइ फु एमटिआर स्टेशनको एक्जिट ए अगाडि  नौ सेकेन्डको लागि जंकाभेट भएको थियो । ति बालकहरु पाठशाला  जाँदै थिए भने शिक्षिका काममा जाँदै थिइन ।

तिनीहरू सबैले मास्क लगाएका थिए र एक अर्कासँग सीधा सम्पर्क पनि  भएको थिएन। यसको मतलब यदि ती शिक्षिका ती बालबच्चाबाट  त्यहाँ संक्रमित भएकी थिइन भने संक्रमण माध्यम  हावा नै रहेकोे थियो ।

अधिकारीहरूले आज बिहीबार मेई फूको डेलिया मेमोरियल स्कूल (ब्रडवे) मा थप दुई जना संक्रमित फेला पारेका थिए जसमा एक ५८  वर्षीय शिक्षक र  एक जना सेकन्डरी फर्म एकमा पढने  विद्यार्थी थिए।

यसअघि कोभिड–१९ पुष्टि भइसकेका १६ वर्षीय विद्यार्थीको परिवारका सदस्यमा पनि संक्रमण देखिएको थियो । ती संक्रमित सदस्य १४ वर्षका थिए जो मंङ कोक स्थित  हङकङ म्यानेजमेन्ट एसोसिएसन डेभिड ली क्वोक पो कलेजमा सेकन्डरी फर्म ३ मा पढछ्न।

ढलको नमूना पोजेटिभ  आएपछि एबरडीनका २० वटा  भवनहरू अनिवार्य परीक्षणको अधीनमा जाने जानकारी अधिकारीले दिएका थिए । त्यसै जिल्लामा बस्दै आएका एक  ८२ वर्षीय पुरुषमा आज संक्रमण देखिएको थियो  ।

तीन शुइ वाइ , चुन वान र च्यङ शा वानमा लकडाउन

२० जनवरी बिहिवार २१:०० बजे

बिहीबार राति तिन शुई वाइ, चुन वान र चेङ शा वानका तीनवटा भवनमा प्रारम्भिक पोजेटिभ केसहरू भेटिएपछि लकडाउनको घोषणा गरिएको थियो।

तीनवटा भवनहरु यस प्रकार छन:

– शिंग हिम हाउस (ब्लक एच), तिन शुई वाई, तिन चिंग स्ट्रीट, तिन शिंग कोर्ट;

– टावर १, चुन वान, शा सुई रोड , न्यु हेभन;  र

– च्यङ यान हाउस, च्यङ शा वान ,टोनकिन स्ट्रीट , च्यङ शा वान एस्टेट।

शुक्रबार बिहान ७ बजे तीनवटै लकडाउन हटाउने लक्ष्य राखिएको थियो ।

खोप लगाइएका नागरिकहरू र हालसालै नेगेटिभ परीक्षण गरेकाहरूले पनि परीक्षण गराउनु परेको थियो ।

आज एक २४ वर्षीय सोसल वर्करमा  प्रारम्भिक पोजिटिभ देखिएपछि   चेङ शा वानमा लकडाउन गरिएको थियो । स्वास्थ्य अधिकारीहरूले उनको संक्रमणको स्रोत पत्ता लगाउन सकेका थिएनन।  उनी शनिबार र आइतवार जोर्डनको प्रुडेन्सियल होटलमा गएकी थिइन र तुङ चुङको सिटीगेटमा रहेको स्टारबक्समा पनि गएकी थिइन।

तपाईको प्रतिक्रिया