क्रान्ति सुब्बा

विद्यार्थी र शिक्षक संक्रमित

जनवरी १८ तारीख मंगलबार २३:०० बजे

नर्थ प्वाइन्ट किन्डरगार्टनकि एक शिक्षिकालाई  जनवरी १८ तारीख मंगलबार कोभिडको  प्रारम्भिक पोजेटिभ भएको थियो । कुन स्रोतबाट उनी संक्रमित भइन पहिल्याउन सकिएको थिएन यस मानेमा हङकङको पछिल्लो अज्ञात स्रोतवाला  संक्रमणमा यो केस परेको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले आज १८ वटा नयाँ कोविड केसहरू घोषणा गर्‍यो, जसमा ११ स्थानीय क्लस्टरहरूसँग संबंधित  थिए। र  थप एक दर्जन प्रारम्भिक सकारात्मक केसहरू पुष्टि हुन बाँकी थिए ।

प्रारम्भिक पोजिटिभ केसहरू मध्येका एक  वर्ष २६ कि किन्डरगार्टेन शिक्षिका जो लर्निङ ह्याबिटाट किन्डरगार्टन (नोभम ईस्ट) मा काम गर्छिन र मेई फू सुन चुन फेज ३ मा बस्छिन। उनी अन्तिम पटक जनवरी ५ मा काममा गएकि  थिइन र उनलाई आइतबार ज्वरो आएको थियो।

सोही दिन उनी चिम शा चुइ  जापानी डिपार्टमेन्ट स्टोर डन डन डोनकी र हार्बर सिटी र के११( K11) लगायतका मलहरूमा गएकी थिइन।

सोमबार उनि एक निजी डाक्टरकहाँ गएर  परीक्षण गराएपछि  मंगलबार प्रारम्भिक पोजेटिभ नतिजा आयो।

शाम शुई पोको ताई हाङ तुङ एस्टेटका दर्जनौं बासिन्दाहरूलाई ठाडो प्रसारण माध्यमबाट भाइरस संक्रमित भएका कारण उनिहरुको घर खाली गरियो। त्यो भवनमा देखिएका दुई प्रारम्भिक सकारात्मक केसहरू मध्ये एक किन्डरगार्टनका विद्यार्थी र उनकी आमा थिए।

काउलुन तङ एस्टेटको तुङ मुन हाउसमा बस्ने एक ४३ वर्षीया पाकिस्तानी महिलाका कारण उक्त स्थानान्तरण सुरु भएको थियो ।  क्वारेन्टाइन होटलबाट रिहा भएपछि उनले आफ्नै परिवारका नौ सदस्य र अरु  साथीहरूलाई पनि  संक्रमित गरेकी थिइन। ती सबै मंगलबार पुष्टि भएका नयाँ केसहरु थिए।

ती मध्ये पाँच जना तुङ मुन हाउसमा तिनै महिलासँग बस्छन। जसमा मेई फूको डेलिया मेमोरियल स्कूल (ब्रडवे) मा अध्ययनरत दुई जना १४ र १६ वर्षका किशोरहरू  छन। जेठो किशोरको एक सहपाठीमा पनि प्रारम्भिक पोजिटिभ देखिएको थियो । उनी  टावर वन, मोन्टेरी कोभ, क्यारिबियन कोस्ट फेज १, तुङ चुङमा बस्छ्न।

ती किशोरहरूले एउटै कक्षाकोठामा परीक्षा दिएका थिए र त्यस दिन कोठामा उनीहरुसंग बसेका सबै विद्यार्थीहरूले क्वारेन्टाइनमा बस्नुपर्नेछ भनिएको थियो ।

तुङ मुन हाउस कै एक ४२ वर्षीया गृहिणी र उनको तीन वर्षीया छोरी सोमबार प्रारम्भिक पोजिटिभ भएका थिए । यी आमाछोरी ती पाकिस्तानी महिला बसेको घरको माथिल्लो तलामा बस्छन । तीन वर्षीया छोरी  शेक किप मेईको सेन्ट थोमस चर्च किन्डरगार्टनमा किन्डरगार्टेन एकमा पढछिन ।

भवनको निरीक्षण गरेपछि, अधिकारीहरूले तुङ मुन हाउसको युनिट १४ का पहिलो देखि १४औं तल्लामा बस्ने सबै बासिन्दाहरूलाई खाली गर्ने निर्णय गरेका थिए ।
अधिकारीहरूले राती मेई फू सुन चुन र क्यारिबियन कोस्टमा लकडाउनको घोषणा गरेका थिए ।  का लुङ्ग कोर्ट, एबरडीनमा रहेको का सिंग हाउसलाई पनि लकडाउनमा लगिएको थियो  जहाँ पेट पसल लिटिल बोसका दुई ग्राहकहरू बस्छन।

एबरडीन, लाइ ची कोक र तुङ चुङको लकडाउनमा शुन्य पोजिटिभ

१९ जनवरी बुधबार १०:०० बजे

एबरडीन, लाइ ची कोक र तुङ चुङमा जारी अहोरात्री लकडाउन  बुधबार बिहान हटाइदा कसैलाई पनि कोरोनाभाइरस पोजेटिभ भएको पाइएन।

लकडाउनका क्रममा करिब २ हजार ११५ जनाको परीक्षण गरिएको थियो ।

का लुङ कोर्टको का सिंग हाउस एबरडीनमा लकडाउन गरिएको भवनहरू मध्ये एक थियो।  एउटी ६७ वर्षीया महिला जो कजवे बेमा रहेको  लिटिल बोस पेट सपमा गएकी थिइन र त्यसपछि उनलाई कोविड  पुष्टि भएको थियो ।
उनका श्रीमानमा पनि हिजो कोरोना भाइरसको प्रारम्भिक परीक्षण पोजेटिभ देखिएको थियो ।
लाइ ची कोकको मेई फू सुन चुन फेज ३ लाई पनि लकडाउन  गरिएको थियो। यो भवन निवासी  एक २६ वर्षीया किन्डरगार्टन शिक्षिकालाई  प्रारम्भिक पोजिटिभ भएपछि लकडाउन भएको हो। स्वास्थ्य अधिकारीहरू अझै पनि उनको संक्रमणको स्रोत पत्ता लाउन लागी परेका  थिए।

उनी लर्निङ ह्याबिटेट किन्डरगार्टेन (नोभम इस्ट) मा काम गर्छिन र पछिल्लो पटक जनवरी ५ मा काममा गएकी थिइन । उनलाई आइतबार ज्वरो आएको थियो।

तुङ चुङको क्यारिबियन कोस्ट फेज १ को मोन्टेरे कोभ टावर १ का बासिन्दाहरूलाई पनि त्यहाँ बस्ने १६ वर्षीय विद्यार्थीले प्रारम्भिक सकारात्मक परीक्षण गरेपछि कोविड परीक्षणको लागि तालाबन्दीमा राखिएको थियो।

उक्त विद्यार्थी मेई फूको डेलिया मेमोरियल स्कूलमा अध्ययनरत पहिले पुष्टि भएको केसको सहपाठी हुन।

अनिवार्य परिक्षण सूचना जारी ६२ स्थानमा

१९ जनवरी १३:००बजे

चिम  शा चुईको डन डन डोन्की र पेट सपहरू सहित जम्मा ६२ स्थानलाई  बुधबार अनिवार्य परीक्षण सूचना  जारी गरिएको थियो ।

एक स्थानीय केस, तीन आयातीत केससंग सम्बन्धित केस, एक गैर-स्थानीय पुष्टि केस र पाँच प्रारम्भिक पोजिटिभ केसहरूलाई मध्यनजर गरि उनीहरूले भ्रमण गरेका २६ स्थानहरूलाई अनिवार्य परीक्षण सूचनामा समावेश गरिएको थियो।

कजवे बे पेट सपका केही ह्याम्स्टर नमूनाहरू केही समय अघि पोजेटिभ आएका थिए । त्यसैले हङकङका ३६ पेट सपहरुलाई पनि अनिवार्य परिक्षण सूचनामा   समावेश गरिएको थियो।

निम्न २६ स्थानको भ्रमण गरेका व्यक्तिहरूले बुधबारसम्म आफ्नो परीक्षण गर्नुपर्छ भनिएको थियो ।

१. ली चेङ ओक सरकारी प्राथमिक विद्यालय, ४३ टोन्किन स्ट्रीट, शाम शुई पो;

२. सेन्ट्रल इन्क्यारी काउन्टर, इन्ल्याण्ड रिभेन्यु डिपार्टमेन्ट  १/एफ, रिभेन्यु टावर, ५ ग्लुसेस्टर रोड, वान चाइ;

3. इन्फर्मेसन एन्ड लियाजन  सेक्सन , इमिग्रेसन डिपार्टमेन्ट , 2/F, इमिग्रेशन  टावर, 7 ग्लुसेस्टर रोड, वान चाइ;

4. ट्राभल डकुमेन्ट एन्ड नेस्नलिटी   (आवेदन) सेक्सन / ट्राभल डकुमेन्ट  (इश्यु) सेक्सन, इमिग्रेसन डिपार्टमेन्ट , 4/F, इमिग्रेसन टावर, 7 ग्लुसेस्टर रोड, वान चाइ;

5. रजिस्ट्रेसन अफ पर्सन्स अफिस इमिग्रेसन डिपार्टमेन्ट  8/F, इमिग्रेसन  टावर, 7 ग्लुसेस्टर रोड, वान चाइ;

६. म्याकडोनाल्ड, २/एफ, १५१ लकहार्ट रोड, वान चाइ;

7. G/F, 17 Tung Sing Road, Aberdeen;

8. क्याफे डे कोरल, शप 26, G/F, Wah Kwai Shopping Centre, Wah Kwai Estate, 3 Wah Kwai Road, Aberdeen;

9. डा. यङ चु चुन क्लिनिक, कोठा G2, G/F, Wah Oi House, Wah Kwai Estate, Aberdeen;

१०. मी…लेमोनग्रास, पसल १५, १/एफ, साइट ४, एबरडीन सेन्टर, २-१६ नाम निङ स्ट्रिट, एबरडीन;

11. लर्निङ ह्याबिटेट किन्डरगार्टन (नोभेम ईस्ट), १/एफ, नोभम ईस्ट, ८५६ किंग्स रोड, क्वारी बे;

12. पाक तिन कम्युनिटी  हल, G/F, पाक तिन कम्युनिटी  कम्प्लेक्स, पाक तिन एस्टेट, शाम शुई पो;

13. UNI हेल्थ मेडिकल सेन्टर, पसल N75D2, G/F, फेज 7, माउन्ट स्टर्लिंग मल, मेई फू सुन चुन, लाइ चि कोक;

14. Don Don Donki, Shop B161, B163 & B165- B173, B/F, Mira Place 2, Tsim Sha Tsui;

15. Odelice, शप L407, 4/F, The ONE, 100 Nathan Road, Tsim Sha Tsui;

16. डा. मार्टेन्स, शप LCX21D, L3, ओशन टर्मिनल, हार्बर सिटी, Tsim Sha Tsui;

17. 24- hour outpatient department (general ), G/F, Block B, सेन्ट पल अस्पताल, 2 Eastern Hospital Road, Causeway Bay;

18. फार्मेसी र लेखा विभागको काउन्टरहरू, 1/F, ब्लक B, सेन्ट पल अस्पताल, 2 पूर्वी अस्पताल रोड, कजवे बे;

19. स्टार सीफुड र रोस्टेड गुज रेस्टुरेन्ट, शप B, 2/F, 271-285 Des Voeux Road West, Sai Ying Pun;

२०. ड्र्यागन प्लेस, १/एफ, साइट ३, एबरडीन सेन्टर, १-५ नाम निंग स्ट्रीट, एबरडीन;
२१. तुङ मुन हाउस, ताई हाङ तुङ इस्टेट, ८३ ताई हाङ तुङ रोड, शेक किप मेई;

22. सेन्ट थोमस चर्च किन्डरगार्टन, कोठा 101-116, ब्लक 24, लोअर शेक किप मेइ एस्टेट, शाम शुई पो;

23. मोबाइल नमूना सङ्कलन स्टेशन, तुङ मुन हाउस बाहिर खुला क्षेत्र, ताई हाङ तुङ इस्टेट, शेक किप मेई;

24. Travelodge Central Hollywood Road, 263 Hollywood Road, Central;

25. पीच ड्र्यागन रेस्टुरेन्ट , पसल 2-3, G/F, 367-375 क्वीन्स रोड सेन्ट्रल, शेङ वान;

२६. तुङ चुङ मदरसा तुङ चुङ मदरसा, जी/एफ, ६ मा वान गाउँ, तुङ चुङ, लान्ताउ आइल्याण्ड

22 डिसेम्बर, 2021 देखि जनवरी 18 सम्म निम्न 36 स्थानहरूमा ह्याम्स्टरहरू खरिद गरेका जो कोहीले बुधबारसम्ममा  कोभिड परीक्षण गराउनु भनिएको थियो ।

1. Totoro सप्लाइज, पसल 61, G/F, Douvres बिल्डिंग, 61-65 Nam on Street, Shau Kei Wan;

हम्स्टर

2. I Love Rabbit, Shop 29, 4/F, New Jade Garden, 233 Chai Wan Road, Chai Wan;

3. Hen Kee Aquarium, शप B, G/F, Kwong Shun Building, 76 Shau Kei Wan Main Street East, Shau Kei Wan;

4. I Love Rabbit, Shop 6, G/F, Wing Hing Building, 374-380 Shau Kei Wan Road, Shau Kei Wan;

5. चिन्चिला एन्ड पेटस सप , पसल 4, G/F, सर्कल कोर्ट, 3-5 जाभा रोड, नर्थ पोइन्ट

6. I Love Rabbit, 1/F, 545 Lockhart Road, Causeway Bay;

7. I Love Rabbit, 1/F, 25- 27 Lee Garden Road, Causeway Bay;

8. Kwan Kee Birds, Shop D, G/F, 11 Tai Wong Street East, Wan Chai;

9. Little Boss, G/F & 1/F, 34 Jardine’s Bazaar, Causeway Bay;

10. रेड क्यारोट , पसल 1, G/F, साइट 1 (अमेजिङ वर्ल्ड), वाम्पोआ गार्डन, हुङ होम;

11. I Love Rabbit, Shop 24, G/F, Wang Kwong बिल्डिंग, 33 Ngau Tau Kok Road, Ngau Tau Kok;

१२. बीटी रेप्टाइल, रुम ६, ७/एफ, ब्लक ए, होइ लुएन इन्डस्ट्रियल सेन्टर, ५५ होई युएन रोड, क्वुन टोङ;

13. Q पेटस – (मेट्रो सिटी III), पसल 241-242, लेभल  2, MCP डिस्कवरी, Tseung Kwan O;

14. I Love Rabbit, Shop 139A, Level 1, MCP DISCOVERY, Tseung Kwan O;

15. रेड क्यारोट, G/F & 1/F, 189-191 Tung Choi Street, Mong Kok;

16. Adp Pentagon Pets Limited (Q-Pets), 1/F, Flatiron Court, 170 Tung Choi Street, Mong Kok;

17. लिटल बोस, G/F, 187 तुङ चोई स्ट्रीट, मोंग कोक;

18. लिटिल बोस, शप सी, जी/एफ।, काई वान बिल्डिंग, 142-146 तुङ चोई स्ट्रीट, मोंग कोक;

19. युनिक रेप्टाइल , शप A, G/F, 10K बाउन्ड्री स्ट्रिट, मोंग कोक;

२०. मिस र्‍याबिट, शप बी, जी/एफ, वाह हङ हाउस, १५५ तुङ चोई स्ट्रीट, मोङ कोक;

21. I Love Rabbit, G/F, 160 Tung Choi Street, Mong Kok;

22. चिन्चिला ल्याण्ड, G/F, 169 तुङ चोई स्ट्रीट, मोङ कोक;

23. मिनी जु , 1/F, 148 तुङ चोई स्ट्रीट, मोंग कोक;

24. सन हिङ बर्ड्स कम्पनी , रियर पोर्सन, G/F, 5 Wo Lung Street, Luen Wo Hui, Fanling;

25. नम्बर 8 पेट्स सप , पसल 32, 1/एफ, ली बो बिल्डिंग, 3 चिङ हो स्क्वायर, चुन मुन;

26. I Love Rabit, Shop F, G/F, Hung Fat House, 87-99 Kau Yuk Road, Yuen Long;

27. Kingswood pets shop पसल A112, Kingswood Richly Plaza, Kingswood Villas, Tin Shui Wai, Yuen Long;

28. Q pets – Yuen Long, शप C, G/F, शुंग ताक भवन, 14-18 Kik Yeung Road, Yuen Long;

29. Yt 85, हङकङ मार्केट (यात तुङ), तुङ चुङ, लान्ताउ आइल्याण्ड;

30. Q-Pets – Kwai Chung Plaza, Flat B63, 1/F, Kwai Chung Plaza, 7-11 Kwai Foo Street, Kwai Fong;

31. ल्याबोरेटरी एनिमल सर्भिस सेन्टर , सांघाई फ्रेटरनिटी एसोसिएसन रिसर्च सर्भिस सेन्टर  ,चाइनिज युनिभर्सिटी अफ हङकङ, शातिन

32. I love rabbit  पसल 2B, 2/F, Tai Po Plaza, Tai Po;

33. नम्बर 8 पेट सप , पसल 48A, G/F, Tsuen Fung Centre, 144-172 Castle Peak Road, Tsuen Wan;

34. Q-Pets – Heung Wo Street, G/F, On Fung Building, 88 Heung Wo Street, Tsuen Wan;

35. ब्लू ओशन ट्रेडिंग कम्पनी , डीडी 359, हा फा शान, चुन वान;

36. I Love Rabbit, 12D & 15E, Block 2, Tai Ping Industrial Centre, Tai Po।

डेलिया मेमोरियल स्कुलका विद्यार्थी संक्रमित

१९ जनवरी बुधबार १९:०० बजे

स्वास्थ्य अधिकारीहरूले मेई फू र शाम शुई पोका बासिन्दाहरूलाई त्यहाँ काम गर्ने वा बस्ने शिक्षक र विद्यार्थीहरू संक्रमित भएपछि स्वेच्छिक रूपमा कोविड  परीक्षण गर्न आह्वान गरेका थिए ।

स्वास्थ्य संरक्षण केन्द्रका चुआङ शुक-क्वानले बुधबार हङकङमा  सात स्थानीय र नौ आयातित केसहरू पत्ता लागेको जानकारी दिइन।

स्वास्थ्य अधिकारीले अझै सम्म दुई वटा स्थानीय केसको संक्रमण स्रोत पत्ता लाउन सकेका थिएनन जस मध्ये एक  हुन नर्थ प्वाइन्टको लर्निङ ह्याबिटेट किन्डरगार्टन (नोभम ईस्ट) का २६ वर्षीय शिक्षिका ।  उनी आफ्नो परिवारसँग मेई फू सुन चुनको फेज ३ मा बस्छिन।

ती शिक्षिकासँग खाना खाने एक २८ वर्षीय पुरुषलाई पनि प्रारम्भिक पोजिटिभ  देखिएको थियो। ति पुरुष  के११ मुसि ( K11 Musea) को पाँचौं तलामा काम गर्छन र चुन वानमा बस्छन।  सोमबार उनको घाँटी  र टाउको दुखेको थियो र त्यसपछि उनिमा कोभिड पोजेटिभ देखिएको थियो । उनलाई सोही दिन क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो ।

अधिकारीहरूले यी दुईजनाको संक्रमण मेई फूको डेलिया मेमोरियल स्कूल (ब्रडवे) सँग सम्बन्धित छ  कि छैन भनेर अनुसन्धान गरिरहेका थिए ।

यस विद्यालयका दुई विद्यार्थीहरू यसअघि संक्रमित भएका थिए र उनीहरू पाकिस्तानी महिलासँग सम्बन्धित थिए जसलाई  क्वारेन्टाइन होटलमा कोभिड-१९ सङ्क्रमित भएको विश्वास गरिएको थियो ।

बुधबार पाकिस्तानी नागरिकका छोराका १६ वर्षीय सहपाठीमा कोभिड–१९ पुष्टि भएको थियो । ती सहपाठी कक्षा 3M मा पढछ्न र मोन्टेरे कोभ, तुङ चुङको क्यारिबियन कोस्ट फेज १ मा बस्छ्न।

कक्षा २ईका ५८ वर्षीय शिक्षिकाको पनि प्रारम्भिक परीक्षण पोजेटिभ देखिएको थियो  । उनी मा अन शानमा बस्छिन र गत सोमबार, मंगलबार र शुक्रबार विद्यालयमा सप्पन्न  परीक्षाको निरीक्षण गएकी थिइन।

चुआङले  विद्यालयमा भएको संक्रमणको प्रकृति  “अनौठो” भएको  बताइन । किनभने विद्यार्थीहरूले परीक्षाको समयमा एकअर्कासँग धेरै सम्पर्क गर्न पाउदैनन। तथापि विद्यालयमा घटेको यो प्रकोप एउटा  सुपर फैलावट  हो कि भनेर अनुसन्धान गरिरहेको चुआङले बताइन।

हङकङ म्यानेजमेन्ट एसोसिएसन डेभिड ली क्वोक पो कलेज, बुद्विष्ट फात  हो मेमोरियल कलेज र लान्ताउ इन्टरनेशनल स्कूलका अन्य चार किशोर पुरुष विद्यार्थीहरूको पनि हिजो प्रारम्भिक परीक्षण पोजेटिभ  आएको थियो र  ती १६ वर्षीय किशोरबाट भाइरस संक्रमण भएको आशंका गरिएको थियो।

शाम शुई पोमा, एक ४२ वर्षीया महिला र उनको तीन वर्षीया छोरीलाई पनि कोरोनाभाइरस पुष्टि भएको थियो। उनीहरु संक्रमित पाकिस्तानी महिलाको परिवार बस्ने कोठाको  ठीक माथि शाम शुई पोको ताई हाङ तुङ इस्टेटमा रहेको तुङ मुन हाउसको छैठौं तल्लामा बस्छन।

पाइप वा ढलबाट विभिन्न तलामा भाइरस फैलिएपछि  त्यहाँ ठाडो प्रसारण माध्यमबाट संक्रमण भएको ठहर भयो फलस्वरूप  आठ वटा युनिटबाट   जम्मा २३ जना बासिन्दाहरुलाई विस्थापित गरिएको थियो ।

अन्य केसको सम्बन्धमा  अधिकारीहरूले क्वाई चुंग एस्टेटको यात क्वाई हाउसमा बस्ने 79 वर्षीय व्यक्तिको संक्रमणको स्रोत पहिचान गर्ने प्रयास गरिरहेका थिए ।  मंगलबार कोलोनोस्कोपी गर्नुअघि यान चाइ अस्पतालमा उनको परीक्षण पोजेटिभ आएको थियो।

क्वुन तङको सेन्ट जोसेफ एङलो चाइनिज स्कुल( St. Joseph’s Anglo-Chinese School) मा अध्ययनरत र क्वुन तङको हिप वो स्ट्रीटमा रहेको ग्रान्ड सेन्ट्रलको टावर ३ मा बस्ने १७ वर्षीय विद्यार्थीको परीक्षण पोजिटिभ देखिएको थियो ।  उनलाई गत शनिबार (जनवरी  १५) ज्वरो आएको थियो र सोमबार डाक्टरलाई भेटन गएका बेला कोभिडको परीक्षण पोजेटिभ देखिएको थियो ।

उनले पेश गरेको नमुनामा डेल्टा म्युटेन्ट स्ट्रेन L452R देखिएको थियो । यद्यपि उनी कजवे बेको पेट सपमा गएका थिएनन।  तर चुआङले यो केस ह्यामस्टर पसल क्लस्टरसँग सम्बन्धित भएको शंका गरेकी थिइन।

उनले गत बुधबार एपीएमको फुड फिएस्टामा थाई खाना खाएका थिए । गत शुक्रबार लोक फु प्लाजा र गत शनिबार मोङ कोकको अर्गाइल सेन्टर र न्यू टाउन मलमा गएका थिए।  उनले आइतवार क्वुन तङ रोडमा रहेको जम्बो जापानीज रेस्टुरेन्टमा खाना खाएका थिए ।

साथै   लिटिल बोस पेट सपमा गएकी ६७ वर्षीया महिलाका श्रीमान ७३ वर्षीय पुरुषलाई कोभिड–१९ पुष्टि भएको थियो ।  उनी एबरडीनको का लुङ कोर्टको का सिंग हाउसमा बस्छन र एबरडीनको ड्र्यागन प्लेस रेस्टुरेन्टमा गएका थिए ।

जनवरी १९ सम्म, हङकङमा ४७९ ओमिक्रोन केसहरू रिपोर्ट गरिएको थियो ।

तपाईको प्रतिक्रिया