क्रान्ति सुब्बा

स्कुलमा कोभिड संक्रमण

२८ जनवरी शुक्रबार १३:०० बजे

च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा ​​कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो ।

HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार  बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ  वा प्रारम्भिक पोजिटिभ भएका थिए ।

पाँच जना विद्यार्थी कक्षा ३ बीका थिए । अन्य  बाँकी विद्यार्थीहरू कक्षा ५ सी, १ ए, १ बी र १ सीका थिए ।

सबै विद्यार्थीहरु अन्तिम पटक जनवरी २१ मा विद्यालयमा उपस्थित भएका थिए भने संक्रमित शिक्षक अन्तिमपटक जनवरी  २४ तारीख  विद्यालय गएका  थिए ।

हङकङ तावोइस्ट एसोसिएसन युन युन ईन्स्टिच्युट , च्यङ क्वान ओ

स्वास्थ्य अधिकारीहरूको तथ्याङक अनुसार क्वाई चुङ एस्टेटको हा क्वाई हाउसमा बस्ने १६ वर्षीया किशोरी  जसलाई पहिले कोभिड भएको  थियो उनी च्यङ क्वान ओ स्कूलकी विद्यार्थी हुन। उनले खोप लगाएकि थिइन  र कोविडको कुनै लक्षण देखा परेको थिएन।

हङकङमा ११५ वटा कोभिड-१९ केस थपिए

२८ जनवरी शुक्रबार  १९:०० बजे

स्वास्थ्य अधिकारीहरूले शुक्रबार ११५ पुष्टि भएका कोभिड-१९ केसहरू रिपोर्ट गरेका थिए । हङकङका दुई वटा  विद्यालयमा ओमिक्रोन प्रकोप देखा परेको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआंग सुक-क्वानले करिब ८० प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरिन। पुष्टि भएका केस मध्ये १११ स्थानीय थिए र ६ वटा  अज्ञात स्रोतवाला केस थिए।

यात क्वाई हाउसबाट  शुक्रबार थप एक संक्रमित थपिएका थिए । आजको दिनको यो भवनको संक्रमण संख्या हो २६३ जसमा १३३ वटा युनिटका व्यक्ति समाबेश थिए । यस भवनका बासिन्दाहरू सात दिनको तालाबन्दीपछि आज बिहान रिहा भएका थिए  ।

नजिकैको यिंग क्वाई हाउस र हा क्वाई हाउसबाट  कुनै नयाँ केसहरू आज आएनन।  हालसम्म क्वाई चुङ एस्टेटमा २०६ वटा  आवासीय युनिटहरूबाट जम्मा ३९६ थान  केसहरू रिपोर्ट गरिएको थियो ।

डा. चुआङले ओमिक्रोन प्रकोपको विस्तार विद्यालयहरुमा पनि भइसकेको जनाइन । हङकङको प्रकोपग्रस्त एउटा स्कुल हो -हङकङ ताओइस्ट एसोसिएसन ( HKTA ) द युन युन इन्स्टिच्युट नं.३ सेकेन्डरी स्कुल, च्यङ क्वान ओ। यसै स्कुलमा अध्ययनरत एक जना कक्षा ५ सीका विद्यार्थीलाई पोजिटिभ भएको थियो जो क्वाई चुङ एस्टेटको हा क्वाइ हाउस निवासी हुन।

कक्षा  ३ बीका चार विद्यार्थीहरूमा पनि पोजिटिभ देखियो भने थप एक जनामा  प्रारम्भिक पोजेटिभ देखिएको थियो। सेकन्डरी  एक कक्षामा पनि एउटा  केस पत्ता लागेको थियो ।

अर्कोतर्फ डा. चुआङले क्वाई चुङको CNEC ली प्रथम  याओ मेमोरियल सेकेन्डरी स्कूलको कक्षा 5C र 6C बाट  पाँचवटा केसहरू आएको बताइन । र यी मध्ये  केही विद्यार्थी यात क्वाई हाउसमा बस्ने विश्वास गरिएको छ।

यसैबीच, हो मान तिनको भिक्ट्री रोडमा रहेको निर्माण साइटबाट १४ वटा केस आएका थिए जसमा त्यहाँका  कामदार र उनीहरूका नजिकका सम्पर्कहरू समावेश थिए ।

अज्ञात स्रोतबाट आएका  केसको हकमा  एक जना ३८ वर्षीय तीन शुन वाइवासी  पुरुष परेका थिए । उनी अन्तिम पटक मुररे फुड एण्ड बेभरेज लिमिटेडमा मंगलबार (जनवरी २५)  काम गर्न गएका थिए।  अर्का अज्ञात स्रोतवाला केसका  बिरामी ताइ पो स्थित ताई वो एस्टेटको चुई वो हाउस (ब्लक ५) मा बस्ने ३९ वर्षीय पुरुष हुन। उनी HK Jebn Ltd कम्पनी  ताइ पो आउटलेटमा  डेलिभरी गर्ने काम गर्छन  र अन्तिम पटक मंगलबार काममा गएका थिए।

डाक्टर चुआङ सुक-क्वान

चि वान शान स्थित  चि चिङ एस्टेटको चिङ ताइ हाउसमा बस्ने ७० वर्षीया सेवानिवृत्त महिलाले डेल्टा भेरिएन्ट बोकेर चोई वान कमर्शियल कम्प्लेक्सको भ्रमण गरेकी थिइन।   अज्ञात स्रोतवाला केसहरू मध्ये अर्का एक जना ६५  वर्षीया महिला थिइन।  उनी क्वाइ फङ एस्टेटमा बस्छिन र क्वाइ चुङ पार्कमा साथीहरूसँग ब्याडमिन्टन खेल्ने गर्छिन।

अन्य  दुई जना अज्ञात स्रोतका  केसहरूमा एकजना  ४२ वर्षीय पुरुष र एकजना १० वर्षीया बालिका समावेश थिए ।  ती पुरुष  ताई वो हाउ एस्टेटको फु पिङ हाउसमा बस्छन र लजिस्टिक वर्कर हुन। उनी  एस्टेट परिसर भित्र मात्र घुमफिर गरेका थिए । ती बालिका भने चुन वानको होली क्रस लुथरन स्कूलकी विद्यार्थी हुन र उनी अन्तिम पटक जनवरी ११ मा स्कूल गएकी थिइन।

केन्द्रले वङ ताई सिनको लायन्स राइज मलमा रहेकोे हाक्का कुजिनमा गएका दुई अन्य पुष्टि केसहरू पनि फेला पारेका थिए ।  संक्रमित वृद्ध दम्पती गत बुधबार (जनवरी १९) बिहान दुवै जना त्यहाँ गएका थिए। एकजनाले  शुक्रबार (जनवरी २१) त्यहाँ फेरि खाना खाएका थिए ।


२८ जनवरी शुक्रबार २१:०० बजे

हुङ होमको लुङ किंग मेन्सनको ब्लक डी र चुन वानको ताई पा स्ट्रीटमा रहेको ताई युन हाउसलाई शुक्रबार राति  पोजेटिभ केसहरू भेटिएपछि लकडाउन गरिएको थियो।

शनिबार बिहान ७ बजेतिर दुईवटा लकडाउन खुकुलो हुने अपेक्षा गरिएको थियो  ।

क्वाइ चुङ एस्टेटमा ७ दिने लकडाउन हटाइयो

२९ जनवरी शनिबार १३:०० बजे

क्वाई चुङ एस्टेटमा रहेको यिङ क्वाई हाउस र हा क्वाई हाउसका बासिन्दाहरू लक डाउनका कारण आफ्नै घरमा कैद बसेको केहि दिन पछी २९ जनवरी  शनिबार रिहा भएका थिए ।

परीक्षणको नतिजा नेगेटिभ आएकाहरूले आज बिहान ७ बजेदेखि उल्लिखित दुईवटा भवनबाट बाहिर निस्कने अनुमति पाएका थिए ।

एस्टेटका निवासीमा गरिएको परिक्षणको नतिजामा आज बिहान १० बजेसम्ममा थप १७ जना पुष्टि थपिएका थिए । आज थपिएका समेत गरेर कुल  संक्रमण संख्या ४१३ पुगेको थियो ।

यिङ क्वाईमा बसोबास गर्ने एक व्यक्तिलाई काममा जानको लागि बिहान ६ बजे पहिले नै छोडन अनुमति दिइएको थियो ।

“अवश्य म काममा जानु पर्छ। झन्डै एक हप्ता बितिसक्यो नगाको!”  स्वास्थ्य अधिकारी समक्ष उनी चिच्याए।

” जेल बसेको भन्दा  खराब थियो यो । मैले कुनै पनि कानून तोडेको  छैन। मलाई थाहा थिएन  जेलमा बस्नु यस्तो गाह्रो हुन्छ भनेर ” यिंग क्वाई हाउसवासी   मा थरका एक व्यक्तिले भने।

  लि थरकि  एक महिलाले भने सरकारले गरेको प्रबन्धको प्रशंसा गरिन।
“म त अब  चिया खान जान्छु । सरकारले दिनको तीन छाक खाना दिएकै थियो । र थप उपहारहरू पनि  पाएकोछु।” लीले भनिन।
लकडाउनको कैदी जीवन समाप्त गर्नेहरुको यस्तै मिश्रित अनुभवहरु थिए ।

लकडाउनको समाप्ति पस्चात नेगेटिभ आएका नागरिक प्रशंसा पत्र र उपहार लिदै

सरकारले गत साता (जनवरी २२) शनिबार बिहान ४ बजे यिङ क्वाई हाउसमा ५ दिनको लागि लकडाउन  घोषणा गरेको थियो र अरु दुई दिन थप भएपछि  सात दिन भएको  थियो।

शुक्रबारसम्ममा स्वास्थ्य अधिकारीले १३,५२६ बासिन्दाहरूमा  कोविड परीक्षण सम्पन्न गरेका थिए जसबाट  कुल ५९ केस  पोजिटिभ ठहरिए ।

यसैबीच सोमबार (जनवरी  २४) राति हा क्वाइ हाउसमा पाँच दिने लकडाउन घोषणा गरिएको थियो  ।  शुक्रबारसम्ममा स्वास्थ्य अधिकारीले ९,६६० बासिन्दाहरू माथि   परीक्षण  सम्पन्न गरे। र १६ पोजिटिभ  केसहरू पत्ता लगाए।

ब्लक डी, हुङ हमको लुङ किंग मेन्सन र ताई युन हाउस, ताई पा स्ट्रीट, चुन वानमा सम्पन्न दुईवटा लकडाउनमा  करिब ३०० बासिन्दा माथि परिक्षण हुँदा एउटै पनि पोजिटिभ  केस फेला परेन।

हङकङमा १२० नयाँ कोविड केसहरू देखिए २० क्वाई चुङ एस्टेटबाट

२९ जनवरी शनिबार १८:०० बजे

हङकङमा शनिबार १२० जना पुष्टि  कोभिड-१९ केस  थपिए।  क्वाई चुङ एस्टेटबाट  २० केस आएका थिए ।

आयातितमा ३४  थिए भने ८६ स्थानीय केस थिए।  स्थानीय केसहरू मध्ये ११ अज्ञात स्रोतबाट  आएका केस थिए । बाँकी स्थानीय केसहरु अघिल्लो केससँग संबंधित थिए । प्रारम्भिक पोजेटिभ केस  करिब ७० थिए ।

क्वाई चुङ एस्टेटमा कुल संक्रमणको संख्या ४१६ पुगेको थियो । यात क्वाई हाउसमा थप ११ जनामा संक्रमण देखिएको थियो  भने यिङ क्वाई हाउसबाट  पाँच जना थपिएका थिए । ङा क्वाइ हाउसबाट दुई थप केस र हा क्वाइ हाउसबाट एउटा थप केस आएका थिए ।

चाइ वानको केप कोलिन्सन श्मशान गृहका थप एक कर्मचारीमा पोजिटिभ देखिएको थियो । यो भन्दा अघि  चोई वान (१) एस्टेटको च्यङ बोर हाउसमा बस्ने तेहिँ काम गर्ने एक कर्मचारीलाई पोजिटिभ भएको थियो । ।  HKTA द युन युन इन्स्टिच्युट नम्बर 3 माध्यमिक विद्यालयको कक्षा १ बी, ३ बी, ५ सी र ५ ​​डीका थप चार विद्यार्थीहरू पोजेटिभ भएका थिए ।

जनवरी १६ तारीख  मङ कोकको  लिटिल बोस पेट पसल गएका एक नागरिकको   परीक्षण पोजेटिभ आएको थियो  र उनले L452R म्युटेन्ट स्ट्रेन बोकेका थिए । पसलबाट  संकलित ३४ वटा वातावरणीय नमूना मध्ये ६ वटामा पोजिटिभ आएको थियो ।

एडमिरल्टी स्थित  हङकङ डे इन फार इस्ट फाइनान्स सेन्टरका दुई कामदारलाई  स्थानीय केसको रूपमा  सूचीबद्ध गरियो ।  ती मध्ये एकजना चोई वान (१) एस्टेटको च्यङ बोर हाउसमा बस्छन।

  विमानस्थलका दुई कामदारको संक्रमण आयातितसँग सम्बन्धित भएको आशंका गरिएको थियो । ती मध्ये  एकजना २४ वर्षीय पुरुष थिए  जसको काम हङकङ आउने मानिसहरूका लागि सिट मिलाउने थियो ।  उनी ताइ वाइको गोल्डेन लायन गार्डनको ब्लक ईमा बस्छन र बिहीबार उनमा भाइरस पोजेटिभ देखिएको थियो ।

अर्का थिए एक ५४ वर्षीय पुरुष  जसको काम  फर्केका यात्रुले प्रयोग गर्ने शौचालय सफा गर्नु थियोे ।  उनी तुङ चुङको यात तुङ (१) एस्टेटमा रहेको चिङ यात हाउसमा बस्छन।

अज्ञात मामिलाका सम्बन्धमा चुआंगका अनुसार  दुई वटा केसले डेल्टा भेरिएन्ट बोकेको र आठ वटा केसले ओमिक्रोन संस्करण बोकेको थिए।  बाँकी केसको परीक्षणको नतिजा आउन बाँकी नै  थियो ।

डेल्टा भेरिएन्ट बोकेका दुई बिरामीहरू क्रमशः  वङ ताई सिनको सिन कुआङ सेन्टरको ब्लक २ र साउ माउ पिङ स्थित अन तात एस्टेटको लाइ तात हाउसमा बस्छन।  दोस्रो केस बाहक चाहिँ चोइ हुङको चोई वान कमर्शियल कम्प्लेक्समा क्लिनरको रूपमा काम गर्दछन।

चुआङले बताए अनुसार अन्य अज्ञात स्रोतका केसहरू तो क्वा वानको फंग यी स्ट्रीट, क्वाई चुङको न्यू क्वाई फोङ गार्डेन, लाम तिनको लगुना सिटि  र मा अन सानको भिस्टा पाराडिसोमा फेला परेका थिए।

वङ ताई सिन स्थित  लायन्स राइज मलमा रहेको हाक्का कुजिन रेस्टुरेन्टमा खाना खान गएका दुई संक्रमित ग्राहकहरू एकअर्काबाट धेरै टाढा बसेका थिए, तर उनीहरूले एकै समयमा बिलहरू तिर्दा क्रस-संक्रमण भएको शंका गरिएको थियो चुआङले भनिन।

हङकङको खोजले ह्याम्स्टरबाट मानिसमा भाइरस सर्ने कुरा पत्ता लायो

जनवरी २९ शनिबार १९:०० बजे

हङकङका अन्वेषकहरूले पाल्तु जनावर ह्याम्स्टरले मानिसमा कोभिड-१९ फैलाउन सक्छ भन्ने कुराको प्रमाण फेला पारेका छ्न। यस खोजले मानिसमा हुने   संक्रमणको नाता  जनावरसंग  पनि  जोडिन सक्ने कुरालाई  स्थापित गरेको छ। अर्थात डेल्टा भेरिएन्ट मानवबाट ह्याम्स्टरमा र ह्याम्स्टरबाट फेरि मानवमा सर्न सक्छ । यो भन्दा अगाडि मिङक भन्ने पसुबाट मानिसमा कोभिड-१९ सरेको थियो ।

ह्याम्स्टर

यो अन्वेषण पत्र  प्रकाशन पुर्व तयार पारिएको  मस्यौदाको रूपमा   दि ल्यान्सेटमा जनवरी २९ शनिबार प्रकाशित भएको थियो र शोधपत्र माथि विशेषज्ञले समिक्षा गर्न बाकी नै छ। कोरोना भाइरसको  डेल्टा संस्करण ह्यामस्टर-देखि-मानवमा सर्ने कुरा लाई पुष्टि गर्ने यो नै  पहिलो प्रामाणिक दस्तावेज हो। हङकङ विश्वविद्यालयका अन्वेषक र हङकङ  सरकारको टिमले  यस किसिमको संक्रमण घटनाको  दुई वटा छुट्टाछुट्टै केस फेला पारेका थिए । हङकङको लोकल पेट सपहरुबाट संकलित जीवहरुको भाइरल स्वाब र रगतको नमूनाहरू परीक्षण गरेपछि यस्तो परिणाम आएको थियो ।

वास्तवमा शंकाको कठघरामा परेका ह्याम्स्टरहरु हङकङमा आयात हुन पुर्व  नै नोभेम्बर २१ को वरिपरि संक्रमित भएका थिए।  घरपालुवा जनावरको व्यापार मार्फत  कोभिड रोग  सीमाना वारिपारी  फैलिन सक्ने तथ्यलाई यस अध्ययनले देखाएको छ।

मिङक भन्ने पशु जसबाट पहिलो चोटि पशुबाट मानवमा कोरोना सरेको थियो

“यस अध्ययनले दर्शाए अनुसार  पेट ह्याम्स्टरको वास्तविक जीवनले कोभिड भाइरसको संक्रमणलाई ग्रहण गर्न सक्दछ र उक्त  भाइरसलाई मानिसमा सार्न सक्दछ। ” भन्छन शोधकर्ता यस अध्ययनमा।  “ह्यामस्टरहरूमा फैलिएको भाइरस ( SARS-CoV-2 ) ले मानिसभित्र भाइरसको दिगो संक्रमणलाई टिक्ने अनुमति दिन सक्छ।”

त्यसो त यो भन्दा अगाडि पनि मानिसबाट अरु थुप्रै जनावर जस्तै कुकुर , बिरालो ,मुसा, हरिण, सुंगुर, गोरिल्लामा कोभिड सरेको उदाहरणहरु छ्न।

हङकङ सरकारले घरपालुवा जनावर पसलहरूमा संक्रमण देखिएपछि हजारौं ह्याम्स्टरहरूलाई मार्ने आदेश दिएको थियो । सरकारले डिसेम्बर २२ वा सो भन्दा पछि खरिद गरिएका ह्याम्स्टरहरू सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । केही पेट सपका स्टाफ र ग्राहकहरूमा पोजिटिभ देखिएको थियो र नेदरल्यान्डसबाट आयात गरिएका केही ह्याम्स्टर प्रारम्भिक पोजिटिभ भएका थिए ।

कोभिड भाइरस कसरी उत्पत्ति भयो भन्ने कुरा बहस कै विषय छ। यद्यपि चमेरोबाट यो भाइरस मानिसमा सरेको कुरा मानिन्दै आइएको छ।

३० जनवरी आइतबार

क्वाई चुङ र तुङ चुङमा लकडाउन आइतबार बिहान समाप्त भयो र  परीक्षण गरिएका करिब २,८०० व्यक्तिहरूमध्ये  कसैमा पनि पोजेटिभ भेटिएन।

यी भवनमा प्रारम्भिक पोजेटिभ केस  फेला परेपछि सरकारले तुङ चुङको क्रिस्टल कोभको टावर १६, साथै क्वाई चुङको ताइ वो हाउ इस्टेटमा रहेको फु विङ हाउस र फु वाह हाउसलाई शनिबार राति ८ बजे लकडाउन गरेको थियो।

स्वास्थ्य अधिकारीहरूले भने अनुसार   परीक्षणको क्रममा लगभग 1,183 घरहरू गइएको थियो ।  र 121 घरपरिवारले  ढोका खोलेका थिएनन।

तपाईको प्रतिक्रिया