क्रान्ति सुब्बा

चोइ हुङमा लकडाउन एक दिन थप

२७ जनवरी बिहीबार १५:३० बजे

अधिकारीहरूले आवासीय ब्लक भित्र थप कोविड केसहरू पहिचान गरेपछि चोई हुङ ब्लक माथि लागेको लकडाउन अरु  एक दिन थप गरिएको थियो । स्वास्थ्य विशेषज्ञहरूले भवनमा भाइरस ठाडो प्रसारण भएको ठहर गरेपछि केही बासिन्दाले आफ्नो निवास छोडनु परेको थियो ।

चोई हुङ स्थित  चोई वान (१) एस्टेटको च्यङ बोर हाउसका एक सुरक्षा गार्ड र  दुई जना बासिन्दालाई कोरोनाभाइरस लागेपछि जनवरी २६ तारीख बुधबार राती उक्त भवनमा लकडाउन गरिएको थियो।

उक्त आवासीय ब्लकमा हुनसक्ने संक्रमणको ठूलो जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले बिहीबार बिहान शुक्रबार (जनवरी २८) सम्मको लागि लकडाउन थपेका हुन।

“च्यङ बोर हाउस, चोई वान (१) एस्टेटमा  हिजो  ‘सिमा बन्धित-परीक्षण घोषणा’ अपरेसन परिचालन गर्दा केहि पोजिटिभ र प्रारम्भिक पोजेटिभ केसहरु  पहिचान गरिएको छ,” सरकारी प्रवक्ताले भने।

अहिलेसम्म त्यहाँ पोजेटिभ र प्रारम्भिक गरेर करिब २० केसहरू भेटिएका थिए जुन निकै चिन्ताजनक भएको प्रवक्ताले बताए ।

सरकारले काममा गइसकेका र आफ्नो घरमा नभएका च्यङ बोर हाउसबासीलाई यथाशीघ्र फर्किएर परिक्षणमा भाग लिन  आह्वान गरेको थियो ।

यसैबीच शीर्ष माइक्रोबायोलोजिस्ट र सरकारी सल्लाहकार युन क्वोक-युङले ब्लकको निरीक्षण गरेपछि कोरोनाभाइरस वेक इफेक्ट( वायु जागरण प्रभाव ) मार्फत प्रसारित भएको निष्कर्ष निकालेका थिए । जहाँ कोरोनाभाइरस बोक्ने हावा तल्लोबाट माथिल्लो तलाहरूमा गएको थियो । उनले छतमा रहेकोे भेन्ट पाइपको डिजाइनमा समस्या भएको पनि बताए ।

प्रारम्भिक केसहरू मुख्यतया युनिट ७ र ११ को विभिन्न फ्लोरहरूमा र  १६ औं तलाका अन्य चार युनिटहरूमा थिए ।

शंकास्पद भर्टिकल ट्रान्समिसन हुनसक्ने भएकोले पुर्व सतर्कता स्वरूप त्यो ब्लकको ७ र ११ नम्बर युनिटमा बस्ने सबै घरधुरीलाई क्वारेन्टाइन सेन्टरमा सार्नु पर्ने युनले बताए । १६ तलाको २ देखि ७  युनिटमा बसोबास गर्ने घरपरिवारलाई पनि  शङकास्पद तेर्सो प्रसारणको कारण विस्थापित   गरिनेछ भनिएको थियो ।

संक्रमणको ३० भन्दा बढी चेन हुन सक्ने

२७ जनवरी बिहीबार १८:०० बजे

हङकङले बिहीबार १६४ पुष्टि केस  रिपोर्ट गरेको थियो । एकै दिनमा रिपोर्ट भएको अहिले सम्म  उच्च  संख्या थियो  यो। क्वाई चुङ एस्टेटको कुल केस संख्या ३७२ पुगेको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले  स्वास्थ्य अधिकारीले ३० वटा केसहरूको  संक्रमणको स्रोत पहिचान गर्न नसकिरहेको बताए । यसको अर्थ हो समुदायमा ३० थान संक्रमण संजाल गुप्त रूपमा  लुकेर बसेका हुन सक्छन।

आज रिपोर्ट गरिएका पुष्टि केसमा ४८ वटा आयातित थिए । स्थानीय केसको संख्या ११६ थियो  जसमा १२ संक्रमण पहिल्याउन मुस्किल स्रोतबाट  थिए। १०० जना प्रारम्भिक पोजिटिभ केस अन्तर्गत रहेका थिए ।

धेरै जसो केसहरू ओमिक्रोन भेरिएन्टसँग सम्बन्धित थिए भने डेल्टा भेरिएन्ट अन्तर्गत केवल  तीन देखि चार केसहरू समावेश थिए ।

केन्द्रको सरुवा रोग शाखाका प्रमुख चुआंग सुक-क्वानले आज देखा परेका पहिल्याउन मुस्किल केसहरु छरपस्ट ठेगानाबाट आएको बताइन। तिनका वतन हुन – क्वाई चुङको ताई वो हाउ एस्टेट, चि वान शानको चि चिङ्ग एस्टेट, तो क्वा वान, हो मान तिन र ङाउ थाउ कोकको चोई यिङ एस्टेट ।

यात क्वाई हाउसमा अधिकतम केस संख्या ७६ पुगेको थियो  तर आज केहि केस मात्र फेला परेका थिए ।  यिंग क्वाई हाउसबाट पनि ३३  संख्याबाट घटेर तीन केसहमात्र आएका थिए ।

पत्ता लगाउन नसकिने स्रोतवाला केसहरूमा काउलुन सिटिको नोट्रे डेम कलेजका १८ वर्षीय विद्यार्थी सहित पाँच विद्यार्थीहरू थिए। यी सबै   डेल्टा केसहरु थिए ।

ती विद्यार्थी मध्ये एक चोई यिङ एस्टेटको यिङ हङ हाउसमा बस्छन र स्वास्थ्य अधिकारीहरूले उनको केस ह्यामस्टर क्लस्टरसँग जोडिएको छ कि छैन भनेर अझै अनुसन्धान गरिरहेका छन।

अन्य दुई विद्यार्थी HKTA शुन यङ प्राइमरी स्कूल र मान क्वान पाक काउ कलेजका हुन।

अज्ञात स्रोतका अन्य केसमा दुई जना सेवानिवृत्त व्यक्ति , हाइवे डिपार्टमेन्टका साइट सुपरभाइजर  जो च्यङ शा वान मा काम गर्दछन, एक जना भ्यालेट बोइ, एक जना KMB मर्मत गर्ने मिस्त्री , एक जना  घरेलु कामदार  र एकजना चुन वानको बेभ्यु  गार्डनमा  काम गर्ने  सुरक्षा गार्ड रहेका छ्न।

आज ङा क्वाइ हाउसबाट  तीनवटा, हुइ क्वाइ हाउस ,चुन क्वाइ हाउस र चुइ क्वाइ हाउसबाट एकेक वटा केस आएका थिए ।

क्वाई चुङ एस्टेटका विभिन्न संक्रमित भवनबाट  आज सम्म आएका केसको आँकडा यस प्रकार छ्न – यात क्वाई  हाउसबाट २५१  केस,यिंग क्वाई हाउसबाट ८१ केस,  हा क्वाई हाउसबाट  १३ केस,  ङा क्वाइ हाउसबाट ९  केस,  चुन क्वाई हाउस र हुई क्वाई हाउसबाट चार-चार  प्रत्येक केस,  युक क्वाई हाउसबाट  तीन केस, चुई क्वाई हाउसबाट  दुई केस।

चिन क्वाई हाउस, पिक क्वाई हाउस, लुक क्वाई हाउस, पाक क्वाई हाउस र चाउ क्वाई हाउसबाट एकेक गरेर जम्मा  पाँच केस रिपोर्ट गरिएको थियो।

सामाजिक दुरि सम्बन्धि नियम फेब्रुअरी १७ सम्म

२७ जनवरी १९:०० बजे

हाल लागु अबस्थामा भएको सामाजिक  दूरी संबंधी नियम र रेस्टुरेन्टको डाइन इन माथी लागेको प्रतिबन्ध  दुई हप्ता अर्थात  फेब्रुअरी १७ सम्म थप गरियो।

फेस टु फेस अर्थात स्कुलको प्रत्यक्ष कक्षाको निलम्बन  फेब्रुअरी २१ सम्म कायम रहनेछ  कार्यकारी प्रमुख क्यारी लामले बिहीबार एक पत्रकार सम्मेलनमा घोषणा गरिन।

अहिले  ओमिक्रोन र डेल्टा भेरिएन्टको  प्रकोपले  कोविडको अवस्थालाई थप  खतराजनक बनाइदिएको छ। यस्तो अवस्थामा अधिकारीहरू थप सतर्कता साथ अरु दुई हप्ता सामाजिक दुरिका नियमहरुमा अडिग रहन आवश्यक छ लामले  भनिन।

“३० भन्दा बढी अज्ञात स्रोतवाला केस हुनु भनेको  ३० वटा अदृश्य ट्रान्समिसन चेनहरूलाई सक्रिय रहेको हुन सक्दछ साथै ढलको नमूनाहरू पनि पोजेटिभ आइरहेछ ” उनले भनिन।

सहरको खोप दरलाई ९० प्रतिशत पुरयाउन  विभिन्न उपायहरू अपनाइने उनले बताइन ।

फेब्रुअरी २४ देखि सरकारले “भ्याक्सिन बबल” लाई धेरैजसो इनडोर स्थानहरूमा विस्तार गर्नेछ। खोप लगाएकालाइ मात्र “भ्याक्सिन पास” देखाएपछि  ती स्थानहरूमा प्रवेश गर्न दिइनेछ ।

ठाडो प्रसारणको आशंकामा भवन खाली गरियो

२७ जनवरी बिहीबार २२:०० बजे

बिहीबार राति क्वाई चुङका दुईवटा ब्लकहरूका  आंशिक वासिन्दालाई घर खाली गर्नुपर्ने आदेश जारी   गरिएको थियो भने अधिकारीहरूले क्वाई फङ र क्वुन  तङका अन्य दुई भवनमा लकडाउनको घोषणा गरेको थियो ।

क्वाइ चुङ एस्टेटको ङा क्वाइ हाउस र क्वाइ फुक कोर्टको ओन क्वाइ हाउसमा बसोबास गर्ने केही बासिन्दाहरूलाई क्वारेन्टाइन केन्द्रहरूमा पठाउनु पर्ने आदेश  स्वास्थ्य सुरक्षा केन्द्रले दिएको थियो ।

खाली गरिनुपर्ने वतन हुन ङा क्वाइ  हाउसको युनिट ९ मा बस्ने सबै फ्लोरमा बस्ने बासिन्दाहरु र ओन क्वाइ हाउस युनिट ८ को १२ औं देखि १४ औं तलाका बासिन्दाहरु।

स्वास्थ्य विभागको इपिडिमियोलोजी महाशाखाका प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकारी अल्बर्ट आउ का-विङले निरीक्षणपछि दुवै स्थानमा कोभिड–१९ को ठाडो प्रसारण भएको बताएपछि यो निर्णय गरिएको हो।

आउ र वातावरण संरक्षण विभागका प्रमुख वातावरण संरक्षण अधिकारी ग्यारी ताम च्यक-वाईले ङा क्वाइ हाउसको १९ औं  र २७ औं  फ्लोरमा वाशिंग मेसिनको ड्रेनेज पाइप मर्मत गरेपछि   यू-ट्रयापहरू गायब भएको  भेट्टाए।  विज्ञहरुले १६ औं तलामा बस्ने बिरामीले ढलबाट दुई वटा तलाका बासिन्दामा यो रोग सारेको   आशंका गरेका थिए  ।

आउले  त्यो भवनको युनिट ९ मा बस्ने सबै फ्लोरका  सबै बासिन्दाहरूले घर  छोडनुपर्छ भने । १६ औं तलाको मानिसलाई नै सबैभन्दा पहिले कोरोना लागेको हो होइन आउलाइ छुट्याउन गाह्रो भएको थियो । त्यहाँ कुनै लुकेर बसेको केस पनि  हुन सक्छ आउले स्पष्ट पारे।

विज्ञहरूले ओन क्वाई हाउसको १० औं तल्ला युनिट- ८ मा रहेको बालकनीको झ्याललाई प्लास्टिकको बोर्डले सिल गरेको पनि फेला पारे।  भेन्टिलेटर खोल्दा भाइरस भएको तातो हावा ११ औं तल्लामा पुगेर  त्यहाँ बस्ने बासिन्दालाई संक्रमित गरेको हुनसक्ने  विश्वास उनीहरूले गरेका थिए ।

त्यसैले अन क्वाई हाउसको १२ औं देखि १४औं तलामा बसोबास गर्नेहरू अति जोखिममा भएकाले उनीहरुलाई बाहिर निकाल्नु आवश्यक छ आउले भने।
न्यु क्वाइ फङ गार्डेन्सको ब्लक सीमा प्रारम्भिक पोजेटिभ  केस फेला परेपछि अधिकारीहरूले क्वाइ फङको  त्यो भवनलाई पनि बेलुका 8.30 बजेदेखि लकडाउनमा लगेका थिए । शुक्रबार बिहान ७ बजेसम्म लकडाउन सकिने बताइएको थियो  ।

क्वुन तङको शुङ यान स्ट्रिटमा रहेको अन शान बिल्डिङमा पनि राति ९ः३० बजे लकडाउन गरिएको थियो। भुइँ तल्लामा रहेका पसलहरूलाई  लकडाउन  लागू थिएन ।

२८ जनवरी शुक्रबार  ११:०० बजे


वङ ताई सिनको चोई वान (१) एस्टेटको च्यङ बोर हाउस र क्वुन तङको अन शुन बिल्डिङमा बिहीबार राति गरिएको   लकडाउनबाट एकजना पनि पोजिटिभ भेटिएन।

शुक्रबार बिहान ८ बजे र बिहान ७ बजे लकडाउन हटाइएको हो । जम्मा १,०५६ जनको कोरोना टेस्ट भएको थियो ।

सात दिनको लकडाउन सकियो क्वाइ चुङको यात क्वाइ हाउसमा

२८ जनवरी शुक्रबार  १२:०० बजे

क्वाई चुङ एस्टेटको यात क्वाई हाउसका बासिन्दाहरू शुक्रबार बिहान सात दिनको लकडाउन  हटाइएपछि अन्ततः आफ्नो घर बाहिर जान सक्ने भएका थिए ।

बासिन्दाहरूले नेगेटिभ परीक्षण नतिजा भएको एसएमएस सूचना  वा कोभिड परीक्षण पुरा गरेको निशाना   रिस्टब्यान्ड देखाएपछि  आज बिहान ७ बजे भवन छोडन सक्षम भएका थिए ।

जनवरी २१ देखि २७ सम्मको सात दिने लकडाउनमा कुल १४ हजार ५१८ जनाको कोभिड परीक्षण गरिएको सरकारले जनाएको थियो  ।  कुल १३९ पुष्टि  केसहरू फेला परेका थिए ।

अधिकारीहरूले आज बिहान बासिन्दाहरूलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । उनीहरूले यस पत्रलाई लुनार नयाँ वर्ष गुडीज झोलासंग  साटन  सक्छन।  चाइनिज ससेज, सुक्खा च्याउ र क्यान एबलोनहरू गुडीज झोलामा समावेश थिए।

केही बासिन्दाहरूले सात दिने लकडाउन उनीहरूलाई कष्टकर भएको बताए।

“यस्तो लाग्थ्यो हामी आफै संक्रमित हुने पर्खाइमा  फसेका छौं” एक निवासीले भने।

कतिपयले लकडाउनका कारण जागिर गुमाएका थिए ।

तपाईको प्रतिक्रिया