क्रान्ति सुब्बा

संक्रमणको स्थिति बिग्रदो

हङकङले फेब्रुअरी ४ तारीख शुक्रबार करिब १९५ प्रारम्भिक पोजेटिभ केसहरू रिपोर्ट गरेको थियो ।   पुष्टि  केस संख्या भने १३१ थियो र ५९ वटा अज्ञात स्रोतका केसहरू थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि डाक्टर  चुआङ शुक-क्वानले एक मात्र केस आयातित शेष तमाम स्थानीय केस रहेकोे बताइन।

आज रेकर्ड केसका तीन बिरामीहरूले डेल्टा भेरिएन्ट बोकेका थिए र चार बिरामीको  आनुवंशिक अनुक्रम( जिनम सिक्कुएन्स) परिणाम पुष्टि हुन बाँकी थियो ।  अन्य सबै केसहरूमा ओमिक्रोन थियो ।

केन्द्रका नियन्त्रक एडविन चुई लोक-किनले विगत केही दिनमा पुष्टि केसको संख्या १०० नाघेको र अहिलेसम्म करिब २२० अज्ञात श्रोतका केसहरू पत्ता लागेको बताए। संक्रमणको स्रोत कम्तीमा पनि “अर्को पुस्ता” को  नागरिकसम्म पुगेको उनको ठम्याइ थियो ।
ताई हिङ एस्टेटमा रहेको हिङ पिङ हाउसको  १४ वटा युनिटबाट जम्मा २६ जना बासिन्दामा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।  यसअघि केही बासिन्दाहरू यस क्षेत्रमा भेला भएका थिए । त्यसैले  सो भवनका १९  र ४२ नम्बर युनिटमा बस्नेहरू र केहि निश्चित युनिटका ९ र १० तल्लाका मानिसहरुले  आफ्नो घर खाली गर्नुपर्छ चुइले भने।

क्वाइ फङ एस्टेट स्थित  क्वाइ फुन हाउसको माथिल्लो तलाहरूमा पनि भाइरस फैलिएको  थियो । युनिट ६ को २२ तल्ला भन्दा माथि बस्ने  नागरिकहरूलाई पनि विस्थापित गरिने भएको थियो ।

साम शोइ पो पार्क जनवरी २०२२ , परिक्षणमा जादै

५९ वटा अज्ञात स्रोत केसको सन्दर्भमा ती मध्ये १० जना  शाम शुई पोका विभिन्न ठेगानामा बस्छन।  ती लोकेसन हुन-  ताइ नान स्ट्रिट, पेई हो स्ट्रिट, अप्लिउ स्ट्रिट, फुक वा स्ट्रिट, फुक विङ स्ट्रिट, रिक्लेमेसन स्ट्रिट, की लुङ स्ट्रिट र नाम च्यङ इस्टेट।

फोतान, ताई वाइ, र अर्गाइल स्ट्रिटमा काम गर्ने साइटका निर्माण मजदुरहरु यी अज्ञात स्रोतवाला केसमा   संलग्न थिए।  क्वुन तङको हाउ मिङ स्ट्रिटमा रहेको कार्यस्थलका दुई जना कामदार पनि संक्रमित भएका थिए।

यसैबीच युन लङ प्लाजास्थित ग्यु-काकुका दुई कर्मचारीमा पनि पोजेटिभ देखिएको थियो । अन्य अज्ञात स्रोतका केसहरू डिस्कवरी बे, तुङ चुङको यात तुङ एस्टेट, साई वान हो, स्टेनली, पेंग चाउ, शेक किप मेई र च्यङ शा वानमा फेला परेका थिए।

अस्पताल प्राधिकरणका गुणस्तर तथा मापदण्ड नियन्त्रण शाखाका प्रमुख प्रबन्धक लाउ का-हिनले महामारीको अवस्था झन बिग्रदो हुदै गएको यो घडीमा धेरै अस्पतालका कर्मचारीहरूमा पनि पोजेटिभ या प्रारम्भिक पोजेटिभ  देखिन थालेको बताए ।  युनाइटेड क्रिस्चियन अस्पताल, हेभन अफ होप अस्पताल, च्यङ क्वान ओ अस्पताल, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारिटास मेडिकल सेन्टरका स्वास्थ्यकर्मीहरू संक्रमित भएका हुन।
संक्रमित स्वास्थ्यकर्मी तथा क्लोज कन्ट्याक्टको सुचीमा परेका १६ जना सहकर्मीलाई क्वारेन्टाइन पठाइएको थियो ।
बाल अस्पतालका दुई जना स्वास्थ्यकर्मीले  सात महिनाको संक्रमित बच्चालाइ हेरचाह गर्दा उपयुक्त सुरक्षात्मक गियर नलगाएका कारण उनिहरुलाइ पनि क्लोज कन्ट्याक्टको सुचीमा राखिएको थियो । यो परिदृष्यलाइ मध्यनजर गरि  लाउले  फ्रन्टलाइन स्टाफलाई  महामारी विरोधी सम्पूर्ण सावधानी अपनाउन अनुरोध गरे।

एक करोड थान भन्दा बढी एन्टिजेन टेस्टिङ कीट हङकङ आउने

४ फेब्रुअरी  १९:०० बजे

लक्षणहिन कोभिड विरामीलाई क्वारेन्टाइनमा राख्न पेन्नी
बे क्वारेन्टाइन सेन्टरलाई अब कम्युनिटी आइसोलेसन फेसिलिटिमा रुपान्तरण गरिनेछ, कार्यकारी प्रमुख  क्यारी लामले शुक्रबार भनिन।

दिउँसो पत्रकार सम्मेलनमा बोल्दै लामले संक्रमित बिरामीको नजिकको सम्पर्कमा रहेका नागरिकलाई चरणबद्ध रुपमा होम आइसोलेसनमा जाने व्यवस्था मिलाइने बताइन।

सरकारले सहरभरका ढलको नमूनालाइ कडाइसाथ अनुगमन गर्न   तेस्रो कन्ट्याक्ट ट्रेसिङ अफिस स्थापना गर्नेछ र त्यसको लागि उपयुक्त स्थान खोज्न सरकारी प्रोपर्टी एजेन्सीलाई आग्रह गरिसकेको जानकारी  पनि लामले दिइन।

हालै ७५ मध्ये २८ वटा ढलको नमूना पोजेटिभ देखिएपछि यस्तो  निर्णय आएको उनले बताइन।

क्यारी लाम

उनले सरकारले मान अन शान स्थित स्पोर्टस सेन्टरमा फायर आई प्रयोगशाला पुन: खोल्ने र दैनिक कोभिड परीक्षणको अधिकतम क्षमता 100,000 बाट 300,000 सम्म बढाएर सहरको परीक्षण क्षमतालाई सुदृढ बनाइने बताइन।

सरकारले १० मिलियन(१ करोड ) भन्दा बढी रयापिड एन्टिजेन टेस्टिङ  किट खरीद गरिसकेको छ र यसको ढुवानी अर्को हप्ताभित्र नै आउने अपेक्षा गरिएको छ।  त्यसपछि शहरव्यापी स्वैच्छिक कोविड परीक्षण कार्यक्रम सुरु गरिनेछ जहाँ प्रत्येक नागरिकले उक्त किट  मार्फत आफ्नो टेस्ट आफै गर्न सक्नेछन लामले भनीन।

काइ ताक,साइ यिङ पुन लकडाउन


४ फेब्रुअरी १९:३० बजे

सरकारले काई ताक, साई यिङ पुन, वङ ताई सिन र शाम शुइ पोमा शुक्रबार राति लकडाउन घोषणा गरेको थियो  र त्यहाँका बासिन्दाहरूलाई घरमै बस्न र अनिवार्य परीक्षण गराउन आग्रह गरिएको थियो ।

शनिबार बिहान ७ बजेदेखि ७.३० बजेसम्म लकडाउन खुकुलो हुने अपेक्षा गरिएको थियो ।

उक्त  राती बन्द गरिएका भवनहरू निम्न बमोजिम थिए ।

– काई ताकको मुक निङ स्ट्रिटमा रहेको K. सिटीको १ देखि ३ र ५ देखि ९ सम्मका ब्लकहरू;

– साई यिङ पुन, थर्ड स्ट्रीट,  युक मिङ टावर, टावर १;

– वङ ताई सिन,चुइ चुक गार्डन, ब्लक 14;

– नम्बर 107-131 एप्लिउ स्ट्रीट (विजोर संख्या);

– नम्बर 11-17 शेक किप मेई स्ट्रीट (विजोर संख्या);

– नम्बर 140-164 यू चाउ स्ट्रिट (सम संख्याहरू);

– नम्बर 112-126 नाम चेओङ स्ट्रिट (सम संख्याहरू);

– नम्बर 195-223A ताई नान स्ट्रीट (विजोर संख्या);

– नम्बर १ एफ शेक किप मेई स्ट्रीट,

– नम्बर 238-272 लाइ ची कोक रोड (सम संख्याहरू);  र

– नम्बर ६६-७२ नाम च्यङ स्ट्रिट।

यी चार जिल्लाका बासिन्दाहरूले आज राती परीक्षण गर्नुपर्छ।

काई ताकका ब्लकबाट  निकालिएका ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएका कारण लकडाउन गरिएको थियो । त्यहाँ लक्षणविहीन बिरामीहरू हुन सक्ने शंका गरिएको थियो ।

के सिटि काइ ताक

साई यिङ पुनको भवनका  केही बासिन्दामा कोभिड-१९ भेरिएन्ट भेटिएका कारण लकडाउन गरिएको थियो।

खोप लगाएका ज्येष्ठ नागरिकले मात्र भर्ना पाउने

४ फेब्रुअरी २०:०० बजे

मार्च १४ तारीख उप्रान्त भ्याक्सिन पासको दायरालाई विस्तार गरेर ज्येष्ठ नागरिक सम्म पुरयाइने भएकोछ। ज्येष्ठ नागरिक आश्रममा भर्ना हुन चाहने जोकोही वृद्ध बृद्वाले खोपको कम्तीमा एउटा खुराक ग्रहण गरेको हुनु पर्दछ।
समाज कल्याण विभागले शुक्रबार  अपडेट गरेको जानकारी अनुसार डाक्टरद्वारा प्राप्त कोभिड-१९ खोप लाउन नमिल्ने प्रमाणपत्र भएको व्यक्तिलाई  मात्र भर्ना गर्न छुट  दिइने छ।

वृद्ध व्यक्तिहरूले केयर होममा बस्ने योग्यता प्राप्त गर्नको लागि   पहिलो खुराक प्राप्त गरेको  आठ हप्ता भित्र कोभिडको पुर्ण  खोप पूरा गरिसक्नु पर्नेछ ।

सरकारले केयर होमका बासिन्दाहरूलाई जतिसक्दो चाँडो खोप लिन आग्रह गरेको छ र यदि उनीहरू कोभिड-१९ बाट संक्रमित भएमा उनीहरूको जीवन गम्भीर खतरामा पर्नेछ पनि  सरकारले भनेको छ।

लकडाउनमा पोजेटिभ केसहरु भेटिए

५ फेब्रुअरी शनिबार १३:०० बजे

बिहीबारको लकडाउन  गरिएउसो  चुन मुनको ताई हिंग एस्टेटको हिंग पिंग हाउसमा तेह्र वटा प्रारम्भिक पोजेटिभ केसहरू पत्ता लागेको  थियो । साथै काई ताक, वङ ताई सिन र शाम शुई पोमा शुक्रबार राती भएको लकडाउनमा पनि केहि  केसहरू  फेला परेका थिए।

हिङ पिङ हाउस चुन मुन

शनिबार बिहान १ बजेसम्म, सेन्टर फर हेल्थ प्रोटेक्शनले हिङ पिङ हाउसमा ५ हजार ३८८ कोभिड परीक्षण गरेको थियो । र तीमध्ये १३ जनाको प्रारम्भिक परीक्षण पोजिटिभ देखिएको हो।  अर्कोतर्फ दुई जनाको नतिजा मध्यवर्ती रह्यो ।  बिहान ९ बजेदेखि क्रमशः लकडाउन खुकुलो बनाइएको थियो ।

काई ताकमा केसी सिटीको ब्लक १ देखि ३ र ५ देखि ९ सम्मका १ हजार ७८० बासिन्दाको परीक्षण गरिएको थियो जहाँ चार जनाको प्रारम्भिक परीक्षण पोजेटिभ देखियो । त्यहाँको लकडाउन बिहान १० बजे हटाइएको थियो ।

वङ ताइ सिनको चुइ चुक गार्डेनको ब्लक १४ बाट  झन्डै ४७५ जनाले कोविड परीक्षण गरेका थिए । र शनिबार बिहान 12.30 बजे सम्म दुई जनाको प्रारम्भिक परीक्षण पोजिटिभ भेटिएको थियो । एक जना  बासिन्दाको परीक्षणको नतिजा पुष्टि हुन बाँकी नै थियो  र बिहान ८ बजे लकडाउन हटाइएको थियो।

संक्रमण उत्कर्षमा पुग्न बाँकी

५ फेब्रुअरी १५:०० बजे

लोक सेवा मन्त्री प्याट्रिक निप ताक-कुनले शनिबार कोविड १९ बिरूद्ध सरकारको अपनाएको नियन्त्रण अर्थात “कन्टेनमेन्ट” रणनीतिको बचाउ गरे र आगामी हप्ताहरू महामारी फैलावटको “महत्वपूर्ण समय” भएको कुरा औल्याए।

हङकङमा फेब्रुअरी  ४ तारीख शुक्रबार १३० पुष्टि केस देखिएका थिए। जसमा ५९ अज्ञात स्रोतका केसहरू थिए ।

शनिबार एक रेडियो कार्यक्रममा बोल्दै निपले संक्रमण उत्कर्षमा पुग्न बाकी नै छ र स्थिति झन बिग्रदो छ भनेका थिए । तर उनी  संक्रमित संख्या अकासिएको देख्न चाहदैनन र  “कन्टेनमेन्ट” रणनीतिबाट एक सुता पनि पछि हटन चाहदैनन।

पेट्रीक निप

“भ्याक्सिन पास” को मापदण्ड  विस्तारले सार्वजनिक यातायातलाई समेटछ कि समेटदैन  भनेर सोध्दा निपले  वास्तविक आवश्यकतामा निर्भर पर्दछ र यसको  कार्यान्वयन पक्षमा भएको  कठिनाईलाई पनि विचार गर्नुपर्ने हुन्छ भने ।
यदि भ्याक्सिन लगाएकोले मात्र सार्वजनिक यातायात चढन पाउने व्यवस्था भैहाले पनि संबंधित निकायले यात्रुहरुको खोप कार्ड सबैको एकैचोटि चेक गर्न कठिन हुन्छ बरु छ्डके चेक गर्न सक्छ।

निपले भने – सबैभन्दा प्रभावकारी उपाय भनेको नै भीडभाड र आपसी सम्पर्कलाई कम गर्नु हो। त्यसैले सरकारले निजामती कर्मचारीहरूका लागि घरबाटै काम गर्ने  व्यवस्था मिलाएको छ। उनले सरकारको निर्देशनलाई निजी कम्पनीहरूले पनि पछ्याउने आशा व्यक्त गरे।

निपले हालसम्म ९८ प्रतिशत सरकारी कर्मचारीले कोभिड–१९  खोपको पहिलो डोज लगाइसकेको पनि  बताए ।  निजामती सेवा प्रमुखका अनुसार करिब १ हजार ३ सय सरकारी कर्मचारीले खोप लगाउन बाँकी रहेका छ्न । र त्यसमध्ये १ हजार जति चाहिँ  निजामती कर्मचारी रहेका छन।

भ्याक्सिन लाउन नमिल्ने मेडिकल कागज नभएका  वा खोप रेकर्ड नभएका कर्मचारीलाई फेब्रुअरी १६ तारीखबाट कार्यलयमा प्रवेश निशेध गरिएको छ। खोप रेकर्ड वा अन्य मेडिकल प्रुफ छैन भनेर काममा नगएमा गयल भएको ठहरिनेछ र अनुशासनको कार्वाही पनि हुनेछ निपले भने।

एकैदिनमा ३५१ केस भेटिए

५ फेब्रुअरी १८:०० बजे


हङकङमा शनिबार एकै दिनमा ३५१ कोभिड पुष्टि केस देखिएका थिए । महामारीको प्रकोप प्रारम्भ भए यताको सबैभन्दा उच्च दैनिक संख्या थियो यो।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआङ शुक-क्वानका अनुसार आठ वटा केसहरू मात्र आयातित थिए । अन्य ३४३ जना सबै स्थानीय केसहरू थिए। स्थानीय केसहरू मध्ये १६१ वटा केसहरु अज्ञात श्रोतबाट आएका थिए।  अधिकांश बिरामीहरूमा अत्यधिक संक्रामक ओमिक्रोन भेरिएन्ट भेटिएका थिए। २४ वटा केसमा डेल्टा भेरिएन्ट समावेश थियो।

करिब २०० वटा प्रारम्भिक पोजेटिभ  केस  रिपोर्ट गरिएको थियो।

चुन मुनको ताई हिङ इस्टेटस्थित हिङ पिङ हाउसको युनिट २९ मा बस्ने अर्को एकजना बासिन्दामा हिजो राति लकडाउनबेला  सङ्क्रमण भएको पुष्ठि भएपछि  त्यस युनिट  २९ मा बस्ने सबै बासिन्दालाई विस्थापित गरिएको थियो ।

१०४ फुक विंग स्ट्रिटमा रहेको भवनको युनिट सीका दुई जना बासिन्दाहरूमा पनि पोजिटिभ देखिएको थियो ।   युनिट ए र सीले एउटै एयर शाफ्ट प्रयोग गरेको देखिएको थियो । अब यो ए र सि युनिटका सबै  बासिन्दाहरूलाई पनि क्वारेन्टाइनमा पठाइनेछ भनिएको थियो ।

चुन मुनको फु ताई इस्टेटमा रहेको साउ ताई हाउसमा पनि संक्रमण भेटिएको थियो । त्यस हाउसको युनिट ८ को पहिलो तल्लादेखि १० तल्लाका बासिन्दाहरू र युनिट ८ र ९ को ३९ र ४० तल्लाका बासिन्दाहरूलाई विस्थापित गरिने भएको थियो ।

चुआङका अनुसार चुन मुनको ल्यङ किंग एस्टेटको ल्यङ ची हाउस र च्यङ क्वान ओको पो लाम एस्टेटको पो निङ हाउसमा शंकास्पद  ठाडो प्रसारण   भएको थियो।

यसैबीच चुआङले धेरै सफाई कर्मचारी, सुरक्षा गार्ड र कामदारहरू कोभिड-१९ बाट संक्रमित भएपछि कीटाणुशोधनका लागि युन लङ प्लाजा बन्द गरिने जानकारी दिएकी थिइन।

  ६ जना बिरामीहरू यसअघि शाम शुई पो स्थित इस्लामिक मस्जिद, हजरत सिद्दिक अकबर सोसाइटीमा गएका थिए र त्यहाँ पूजा गरेका थिए भन्ने कुरा पनि पत्ता लागेको थियो ।

तपाईको प्रतिक्रिया