क्रान्ति सुब्बा

कम भाइरल लोड हुनेले अस्पतालबाट डिस्चार्ज भइ १४ दिन घरमै आइसोलेसनमा बस्नुपर्ने नयाँ नियम

अस्पताल प्राधिकरणले फेब्रुअरी २ तारीख बुधबार कोभिड-१९ बिरामीहरूको डिस्चार्ज सर्तबारे जानकारी  अद्यावधिक गरेको थियो । जस अन्तर्गत अब उप्रान्त ३३ वा सो भन्दा माथि सिटि  मापन (साइकल थ्रेसहोल्ड भ्याल्लु) भएका विरामीले अस्पतालबाट डिस्चार्ज हुनु पर्नेछ  र १४ दिन  होम-आइसोलेसनमा बस्नु पर्नेछ ।

गुणस्तर तथा मापदण्ड निरीक्षक एवं  प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का-हिनले बुधबार मिडिया सत्रमा नयाँ सर्तहरू तुरुन्तै लागू हुने बताए।  उनले आज र भोलि करिब ५० देखि ६० जना बिरामी नयाँ सर्त पूरा गरेर घर फर्किने अपेक्षा गरेका थिए  ।

उनले पछिल्लो हप्तामा दैनिक औसतमा १२० जना अस्पतालमा भर्ना हुने गरेको बताए ।  अस्पताल बस्ने समयावधि  १७ दिन रहेको र वृद्धवृद्धा र बालबालिका त  २० दिनसम्म बस्ने गरेको  तथ्यांक पेश गरे।

लाउ का -हिन

हङकङ विश्वविद्यालयले गरेको अध्ययनलाई उल्लेख गर्दै  यदि बिरामीको सिटि मापन ३० भन्दा माथि  छ र कम भाइरल लोड देखिएमा निज भित्र  भाइरस पुन: उत्पन्न हुन सक्दैन। र यदि सिटि मापन ३३ वा सो भन्दा उच्च छ भने उक्त रोगीले भाइरस अरुमा सार्न सक्दैन लाउले भने।

यी नयाँ सर्तहरूप्रति  स्वास्थ्य विज्ञहरूको पुर्ण सहमति रहेको साथै  खाद्य तथा  स्वास्थ्य ब्यूरोले अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो लाउले बताए।

१४ दिनसम्म होम आइसोलेसनमा बस्दा विरामीले इलेक्ट्रोनिक रिस्टब्यान्ड अनिवार्य लाउनु  पर्नेछ।  उनीहरूले नियमित कोभिड परीक्षण पनि गर्नु पर्दछ।

२ फेब्रुअरी बुधबार २०:०० बजे

ताइ पोको ताई वो एस्टेटमा रहेको चुइ वो हाउसलाई फेब्रुअरी २ तारीख  बुधबार राति त्यहाँ केही प्रारम्भिक पोजेटिभ केसहरू पत्ता लागेपछि लकडाउन  गरिएको थियो। बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  ।

क्वाई चुङ र ताई पोमा सम्पन्न लकडाउनमा तीन प्रारम्भिक सकारात्मक केस  भेटिए

३ फेब्रुअरी बिहीबार १२:०० बजे

क्वाइ चोङको शेक याम इस्ट एस्टेट स्थित याम यु हाउसमा लकडाउन गरिएको थियो। बिहान १ बजेसम्ममा १ हजार ८ सय ३५ जनाको परीक्षण गरिएको थियो भने दुईजना प्रारम्भिक रुपमा कोभिड–१९ पोजिटिभ भेटिएका थिए ।

सरकारले ७३६ घरपरिवारलाई भेटन कर्मचारी पठाएको थियो, जसमध्ये ६१ घरधुरीले ढोका खोलेनन।

ताइ पोको ताइ वो एस्टेट स्थित चुइ वो हाउसमा जारी लकडाउन  हिजो राति 11.30 बजे सम्ममा करिब 2,095 जनाको परीक्षण गरिएको थियो, जसमध्ये एक जना प्रारम्भिक रूपमा सकारात्मक पाइयो।

करिब ९५० घरपरिवारलाई भेटन कर्मचारी खटाइएको थियो, जसमध्ये १७५ घरपरिवारले  ढोका खोलेनन।

स्रोतले जनाए अनुसार  यिङ क्वाई हाउस, क्वाई चुङ एस्टेटमा चार नयाँ केसहरू फेला परेका थिए । उनीहरु क्वारेन्टाइनको समयमा संक्रमित भएको पाइएको थियो।  पहिले प्रभावित नरहेको फ्ल्याटहरूमा कुनै नयाँ केसहरू पहिचान गरिएको थिएन।

हालसम्म क्वाइ चुङ एस्टेटमा जम्मा ४ सय ४७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मार्चभित्र कोभिडको मौखिक औषधि आउने

३ फेब्रुअरी बिहीबार  १६:०० बजे

हङकङमा यही मार्च महिना सम्मका कोभिड-१९ को ओरल अर्थात  मौखिक एन्टिभाइरल औषधि आइपुग्ने भएको छ। तर यो भन्दा पछि आउने भनिएको अर्को ब्रान्डको  तुलनामा यो  औषधि गम्भीर लक्षण र मृत्यु दर कम गर्ने सन्दर्भमा  कम प्रभावकारी छ भनेका छ्न एक प्रमुख फार्मासिस्टले।
बिहीबार आरटिएचके रेडियोको एक  कार्यक्रममा बोल्दै, अस्पताल फार्मासिस्ट समाजका अध्यक्ष विलियम चुई चुन-मिङले त्यो मुखबाट सेवन गरिने दवाइ  मर्क भन्ने कम्पनीको रहेको खुलासा गरे। जुन औषधि  फाइजरको भन्दा  कम प्रभावकारी मानिएको छ।

ती दुवै कम्पनीका यी औषधि ओमिक्रोन र डेल्टा संस्करण  विरुद्ध प्रभावकारी साबित भएका छन । हल्का देखि मध्यम स्तरका लक्षण बोकेका विरामीको लागि यो उपयुक्त छ साथै बिग्रदो अवस्था र अस्पताल  भर्ना हुनुपर्ने  जोखिममा रहेका विरामीका लागि पनि उचित मानिएको छ।

विलियम चुइ चुन मिङ

पाँच दिने कोर्सको यो मौखिक औषधिको मुल्य लगभग HK$3,000 रहेको छ।  बिरामीहरूले अस्पतालमा बस्नुको सट्टा घरमै औषधि लिन सक्छन । निश्चितरूपमा  यसले बिरामीलाई थप सहज स्थिति प्रदान गर्दछ। जसले गर्दा  सार्वजनिक अस्पतालको शैयाको माग स्वतः घटदछ ।

चुइको भनाइ अनुसार  अस्पताल भर्ना र मृत्युको जोखिम कम गर्न मर्क कम्पनीको  प्रभावकारिता ३० प्रतिशत मात्र छ भने  फाइजरको ८८ प्रतिशत रहेको छ।

मर्कको मौखिक औषधि लिनेहरूले वाकवाकी, थकान र टाउको दुखाइ जस्ता साइड इफेक्टहरू सामना गर्न सक्छन।  फाइजरको औषधिले भने  पखाला, उच्च रक्तचाप र मांसपेशी दुखाइ ल्याउन सक्छ ।

मिर्गौला र कलेजो रोगका बिरामीले औषधि प्रयोग गर्दा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

अर्कोतर्फ, फाइजर र बायोएनटेक दुवैले छ महिनादेखि पाँच वर्षसम्मका मानिसहरूले पनि  कोभिड-१९ विरुद्धको खोप लाउन मिल्ने गरि  उमेर सीमा घटाउन अमेरिकी अधिकारीहरूलाई आवेदन दिइरहेका छन।

तर हङकङमा कोभिड प्रकोप अमेरिकामा जत्ति गम्भीर नभएकोले यहाँका स्थानीय अधिकारीहरूले आफ्नो समयमा सुरक्षित साथ भ्याक्सिनको तारतम्य मिलाउन सक्छन चुइले भने।

त्यो उमेर समूहलाई खोप दिन कतिको सुरक्षित छ त्यस सम्बन्धि यथेष्ट  प्रामाणिक  तथ्याङकहरू आइसकेका छैनन त्यसैले  हङकङले पहिला अमेरिकाको अवस्थालाई हेरेर मात्र कदम चाल्नु पर्छ  चुइले भने।

३ फेब्रुअरी बिहीबार २०:०० बजे

कोभिड-१९ का बिरामी र ढलको नमूना परीक्षणमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि बिहीबार राति ताइ पो र चुन मुनका धेरै ब्लकहरुमा लकडाउन गरिएको थियो ।

चुइ वो हाउस ,ताइ वो एस्टेट, ताइ पो लकडाउन

ताइ पोका ती भवनहरु हुन  फु च्यङ कोर्ट, क्वाई च्यङ कोर्ट र  फर्च्युन प्लाजाको विङ च्यङ कोर्ट। यी भवनबाट संकलित  ढलको नमूनाहरू पोजिटिभ आएका थिए ।

चुन मुन स्थित हिङ पिङ हाउस, ताई हिङ एस्टेटका धेरै बासिन्दामा हालै  प्रारम्भिक पोजेटिभ  र पोजेटिभ केस देखा परेपछि लकडाउन गरिएको हो।

लकडाउन शुक्रबार बिहान ७ बजेसम्म सञ्चालन हुने बताइएको थियो  ।

नयाँ वर्षको जमघटले संक्रमणको नयाँ क्लस्टर जन्मायो

३ फेब्रुअरी बिहीबार २१:०० बजे

हङकङमा बिहीबार १४२ नयाँ कोभिड-१९ संक्रमण भेटिएको थियो । चीनिया अर्थात लुनार नयाँ वर्षको तेस्रो दिनबाट नै आपसी  जमघटको परिणामस्वरूप  पारिवारिक प्रकोप हङकङमा सुरु भएको थियो ।

नयाँ केसहरू मध्ये १२१ जना स्थानीय थिए । ३१  केसहरू संक्रमण स्रोत पत्ता लाउन नसकिएको क्षेत्रबाट आएको थियो ।  थप १६० जनामा प्रारम्भिक पोजिटिभ देखिएको थियो ।

  लुनार नयाँ वर्षको तीन दिन बिदामा आफन्त बीच भेटघाट बाक्लो हुने गर्दछ। यो जमघटले आखिर संक्रमणको नयाँ क्लस्टर जन्माएर छाड्यो । यदि जमघट र गतिविधिहरू कम नगरिएमा सयौं संख्यामा  संक्रमण बढेर आउने कुरा उल्लेख गर्दै च्वाङ शुक क्वान त्यसो नगन आग्रह गरिन।

पहिल्याउन नसकिने केसहरू हङकङ भरि फैलिएका छन। यस रोगको एक त लक्षण देखिन्न , देखिहाले पनि हल्का किसिमको हुन्छ। यदि यस्ता केसहरु अधिक भन्दा अधिक बढदै गएमा केस संख्यामा अकस्मात तीव्र वृद्धि आएर चिकित्सा सुविधा माथि नै ठुलो बोझ डाल्न सक्छ  उनले भनिन।

एउटै दिशातर्फ फर्केका दुईवटा फ्ल्याटका बासिन्दाहरू संक्रमित भएपछि युन लङको बिक शुई एस्टेट, शुई पिन वाई एस्टेटमा भाइरसको ठाडो प्रसारण भएको शंका गरिएको थियो । बासिन्दाहरूलाई विस्थापित पनि गर्नुपर्ने हुन सक्छ भनिएको थियो ।

ओन याम एस्टेट, क्वाई चुङमा रहेको लाम वू होम फर द एल्डर्लीका ६० भन्दा बढी बासिन्दाहरूलाई पनि थप एक कर्मचारी संक्रमित भएपछि खाली गर्नु परेको थियो ।

चुङ अन सपिङ सेन्टरको टाइम्स क्याफे दुई जना  र जोर्डनको लण्डन प्लाजामा रहेको सन सन रेष्टुरेन्टका चार जना स्टाफमा पनि   संक्रमण देखिएको थियो ।

हुङ होम मार्केटमा रहेको माछा पसलका दुई जनालाई पोजेटिभ भएको थियो ।​​ त्यहाँको वेट  मार्केट किटाणु नाश गर्ने गरि सरसफाइ गर्न आज साँझ ६ बजे बन्द गरिएको थियो ।

६ जना सफाइकर्मी ( क्लिनर) पनि संक्रमित भएका थिए  ।  तिनीहरूले काम गर्ने स्थानहरू हुन- साइन्स पार्क, ल्यान्डमार्क, हङकङ एडभेन्टिस्ट अस्पताल , चुन वान, चि वान शानको चि अन कोर्ट र ताइ वाइको सन चुइ एस्टेट ।

४ फेब्रुअरी शुक्रबार १३:०० बजे

स्वास्थ्य अधिकारीहरूले शुक्रबार फु च्यङ कोर्ट, क्वाई च्यङ कोर्ट र ताइ पोको फर्च्युन प्लाजाको विंग च्यङ कोर्टमा घोषणा गरिएको लकडाउनमा पाँचवटा प्रारम्भिक सकारात्मक केस पत्ता लगाएका थिए ।

फर्च्युन प्लाजा लकडाउन

मध्यरातसम्म, “प्रतिबन्धित क्षेत्र” भित्रका १,२०० बासिन्दाहरूले परीक्षण गरेका थिए र पाँच जनाले कोरोनाभाइरसको लागि प्रारम्भिक सकारात्मक परीक्षण गरेका थिए।अर्को एक जनाको  परीक्षण नतिजा अनिश्चित कोटिमा राखिएको थियो ।

स्वास्थ्य अधिकारीहरूल अपरेसनको क्रममा 600 घर-घरको ढोकामा गएका थिए ।  ती मध्ये 100 घरका ढोका खोलिएनन।

ढोका नखोल्ने  जवाफ नदिने घरपरिवारहरूलाई जतिसक्दो चाँडो स्वास्थ्य अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

भवनको ढलको नमूनामा कोरोना पोजेटिभ देखिएपछि हिजो तालाबन्दी गरिएको हो ।

यसैबीच, टुएन मुनको ताइ हिङ इस्टेटको हिङ पिङ हाउसका बासिन्दाहरूलाई भवनबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ, ब्लकको रातभरको तालाबन्दी बिहान ७ बजे हट्ने भनिएको छ।

४ फेब्रुअरी शुक्रबार १६: बजे

चुन मुनको ताई हिङ एस्टेटको हिंग पिङ हाउसमा रातभर भएको लकडाउनलाई अरु एक दिन लम्ब्याइएको थियो ।  १५ थान भन्दा बढी प्रारम्भिक पोजिटिभ केस स्वास्थ्य अधिकारीहरूले भेटेपछि यस्तो गर्नु परेको थियो ।

उक्त आवासीय ब्लकमा धेरै संक्रमित भेटिएपछि बिहीबार राति लकडाउन  गरिएको थियो ।

स्रोतका अनुसार, स्वास्थ्य अधिकारीहरूले रातभरिमा करिब २,७०० बासिन्दाहरूको परीक्षण गरेपछि आज १५ भन्दा बढी नयाँ प्रारम्भिक सकारात्मक केसहरू पत्ता लगाएका हुन।

तपाईको प्रतिक्रिया