क्रान्ति सुब्बा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

युन लङ लकडाउन

युन लङका दुइ वटा ब्लकहरू – फङ पिङ हाउस र लङ पिङ एस्टेटमा रहेको च्यक पिङ हाउस – लाई फेब्रुअरी ९ तारीख बुधवार राति लकडाउनमा लगिएको थियो। ती भवनका ढल नमूना कोविड-१९ पोजेटिभ  भएपछि यो लकडाउन भएको थियो ।

बिहीबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो  ।


आइतवार राति चुन मुनको ल्यङ किङ इस्टेटको ल्यङ कित हाउसमा घोषणा गरिएको लकडाउन दोस्रो पटक थपिएको थियो ।
बिहीबार दिउँसो त्यहाँको लकडाउन खुकुलो हुने भनिएको थियो  ।

आइतबारदेखि मंगलबारसम्मको लकडाउनमा ७० वटा  प्रारम्भिक पोजिटिभ केस भेटिएपछि चुन मुनमा यस्तो गरिएको थियो  ।

सब्जी ओसार्ने ट्रक ड्राइभर संक्रमित भएपछि हङकङ सागसब्जीको खडेरी

१० फेब्रुअरी  बिहीबार

सिमानाका आवतजावत गर्ने चालक ( क्रस बोर्डर ड्राइभर) हरुलाई “क्लोज्ड-लूप” शैलीमा होटेल क्वारेन्टाइन राख्नुपर्ने सुझाव हङकङका  सांसद एडवर्ड लाउ क्वोक-फ्यानले दिएका थिए । संक्रमण जोखिमलाई कम गर्न विमान कर्मचारी (एयरक्रु) लाई क्लोज्ड लुप अर्थात बन्द चक्रीय पद्धति अन्तर्गत होटेल क्वारेन्टाइन राखिन्छ । हो त्यही विधि चालकको हकमा पनि  उनले भनेका हुन। र खाद्यान्नको भाउ पनि एकसमान राख्नुपर्ने माग उनले गरे।

हङकङ इम्पोर्टेड भेजिटेबल होलसेल मर्चेन्टस एसोसिएसनका निर्देशक चान ची-वाईले तरकारी ढुवानी गर्ने करिब ३०० जना सीमापार ट्रक चालकमध्ये ३० प्रतिशत अहिले क्वारेन्टाइनमा रहेको बताएपछि यो कुरा चर्चामा आएको हो।

सब्जी खलास

चानले अवस्थाको बारेमा जानकारी दिदै भने-अहिले खाद्यान्नको सप्लाइ चेनलाई  बाकी रहेका चालकले धान्नु परिरहेको अवस्था छ। सागसब्जी लगायतका अन्नको मागलाई पुरा गर्न ओभर टाइम दिएर काम लाउनु परेको छ। यो तरिका लामो समयसम्म टिक्दैन । करिब १५ प्रतिशत चालकले राजिनामा दिने योजना बनाएका छ्न। एक राउन्ड ट्रिपको हङकङ डलर ८०० देखि ३,००० सम्म तिरेर चालकहरूलाई थम्थमाउनु परेको छ ।

लाउले हङकङका ड्राइभरहरूले आफ्ना ट्रकहरू मान काम तो  बोर्डर क्रसिङमा मेनल्याण्डका ड्राइभरहरूलाई हस्तान्तरण गर्ने र त्यसपछि कोभिड-१९ परीक्षण गराउन जानुपर्ने  प्रस्तावलाई अघि सारेका थिए ।

हङकङका ड्राइभरहरू परीक्षण पश्चात तोकिएका होटलहरूमा कुरेर बस्छन। मेनल्याण्ड (चीन) का  चालकहरूले भने त्यसबेला ताजा उत्पादनहरू ट्रकमा हालेर क्रस बोर्डरमा ल्याइदिन्छ्न।

सांसद लाउको सुझाव अनुसार ट्रक चालकहरुलाई सब्जी मंडीमा सोझै  तरकारीहरू ढुवानी गर्न प्रतिबन्ध लगाउनु पर्छ । उनीहरूले आफ्नो लोड होलसेल मार्केटमा लगेर खसाल्न पर्छ । यसरी मात्र   समुदायसंग उनीहरुको  सम्पर्क टुटाउन सकिन्छ ।
हङकङ फुड काउन्सिलका अध्यक्ष थोमस ङ्ग विङ-यानले तरकारीको आपूर्ति हिजो निकै सहज रहेको र ९० प्रतिशत आपूर्ति सामान्य स्तरमा फर्किएको र स्थानीय माग पूरा गर्न पर्याप्त रहेको बताए ।

ङ्गले अबको तीन चार दिनमा आपूर्ति र बजार भाउ पहिलाको जस्तै  सामान्य अवस्थामा फर्किने आशा लिएको बताए । किनकि कोभिड केस फेला परेका स्थानहरूलाई किटाणु नाशक लाएर सरसफाइ गर्ने काम समाप्त भैसकेको छ उनले भने।

चुन मुनमा चार दिन लकडाउन

१० फेब्रुअरी बिहीबार  १५:०० बजे

चुन मुनको एउटा भवनमा चार दिनसम्म लकडाउन लम्बिएको थियो । र उक्त  लकडाउन अन्तत फेब्रुअरी १० बिहीबार दिउँसो सकिएको थियो । उक्त भवनमा न्युनतम ७३  प्रारम्भिक पोजिटिभ केस भेटिएका थिए ।

चुन मुनको ल्यङ किङ एस्टेट स्थित ल्यङ कित हाउसमा चार दिने लकडाउन भएको हो जहाँ जम्मा ४ हजार ६५० जनाको परीक्षण गरिएका थियो  । ती मध्ये ७३ जना प्रारम्भिक पोजेटिभ ठहरिएका थिए  र तीनजनाको नतिजा  “अनिश्चित” थियो।

ल्यङ कित हाउस ,चुन मुन

युन लङ स्थित लङ पिङ एस्टेटको च्यक पिङ हाउसमा रहेको लकडाउन पनि बिहीबार दिउँसो २ बजे हटाइयो।

त्यहाँ बसोबास गर्ने करिब ९८० जना माथि परिक्षण भएको थियो । ती मध्येबाट  सातवटा प्रारम्भिक पोजिटिभ केस आएका थिए ।

अधिकारीहरूले तिन शुई वाइ लकडाउनबाट १० वटा  प्रारम्भिक पोजिटिभ केस हात पारेका थिए ।

९८६ जना संक्रमित जसमा २६ जना डेल्टा

१० फेब्रुअरी बिहीबार १८:०० बजे

हङकङमा फेब्रुअरी १० तारीख  बिहीबार जम्मा  ९८६ पुष्टि केस देखिए। ओमिक्रोन भेरिएन्टबाट संक्रमित एक वृद्ध महिलाको मृत्यु भएको पनि रिपोर्ट गरिएको थियो ।

आजको केसमा एउटा मात्र आयातित थियो भने बाकी ९८५ वटा केस स्थानीय थिए ।  धेरै जसो केसहरूमा ओमिक्रोन भेरिएन्ट समावेश थिए । केवल २६ वटा केसमा डेल्टा भेरिएन्टको स्ट्रेन  L452R पाइएको थियो ।
प्रारम्भिक पोजेटिभ केसको संख्या ८०० थियो ।

यसैबीच अस्पताल प्राधिकरणले खोप नलगाएकी एकजना  ९४ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएको थियो। हृदयघात र सास फेर्न गाह्रो भएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।  उनको अवस्था बिग्रँदै गयो र आज दिउँसो १.३३ बजे उनको निधन भयो ।

इन्टरगेटेड  क्लिनिकल सर्भिस तथा  प्राधिकरणका प्रमुख प्रबन्धक ल्यारी ली ल्याप-यिपले मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।  सार्वजनिक अस्पतालमा कोविडको मृत्यु संख्या २०८ पुग्यो आजको दिन सम्ममा।
कोभिड-१९ बाट संक्रमित तीन वृद्ध बिरामीहरू अहिले गम्भीर अवस्थामा भएको उनले बताए । जसमा च्यङ क्वान ओ अस्पतालमा बस्दै आएका एक जना खोप नहानेका ८४ वर्षीय पुरुष, खोप लगाएका ८० वर्षीय पुरुष र खोप नलगाएका ९७ वर्षीय पुरुष थिए ।

छ जना बिरामीको अवस्था पनि गम्भीर रहेको लीले बताए।  जसमा ५० वर्षीय पुरुष र ८४ वर्षीय पुरुष युनाइटेड क्रिश्चियन अस्पतालमा, क्वीन मेरी अस्पतालमा ७७ वर्षीया महिला, क्वङ वाह अस्पतालमा ५७ वर्षीय पुरुष, ५६ वर्षीय पुरुष चुन मुन अस्पतालमा र क्वीन मेरी अस्पतालमा ९१ वर्षीया महिला रहेका थिए ।

लीले उनीहरूमध्ये धेरैजसोले खोप लगाइसकेको वा बूस्टर खोप प्राप्त गर्न बाँकी रहेको बताए । र  उनले वृद्ध मानिसहरूलाई सकेसम्म चाँडो खोप ग्रहण गर्न पनि आग्रह गरे।

लीले अस्पताल  प्राधिकरणका २३ जना कर्मचारीहरू पनि  संक्रमित भएको बताए । जसमा एक जना डाक्टर, १० जना नर्स, दुई जना हेरचाह विशेषज्ञ र १० जना क्लर्क र सपोर्ट वर्कर  थिए। संक्रमित भित्र कोहि अस्पतालका विरामी परेका थिएनन तर २० जना  सहकर्मीहरू घनिष्ठ  सम्पर्क  सूचीमा परेका थिए।

ओमिक्रोन पाँचौ लहर काबु बाहिर गएमा करिब ७,००० जनाको मृत्यु हुने

१० बिहीबार  फेब्रुअरी

हङकङले पूर्ण लकडाउन गर्ने तिर ध्यान दियोस नत्र भने आगामी जुन महिनाभित्र करिब १,००० जनासम्मको मृत्यु हुन सक्छ  युनिभर्सिटी अफ हङकङका शोधकर्ताहरूले भनेका छ्न।

उनीहरुद्वारा प्रस्तुत मोडेलले गरेको भविष्यवाणी अनुसार यही मार्च महिनाको मध्यन्ततिर यो महामारी उत्कर्षमा पुग्दछ। त्यसबेला दैनिक संक्रमण हुनेको संख्या  २८,००० जना पुग्नेछ भने  दैनिक अस्पताल भर्ना हुनेको संख्या ४६८ जना पुग्नेछ ।  यो प्रकोपले चरम उत्कर्ष छुएको बेलामा एक हप्ताको आइसोलेसन अवधिमा करिब एक लाख संक्रमित जन र करिब अढाई लाख क्लोज कन्ट्याक्टहरु देख्न पाइनेछ।

“शहर-व्यापी लकडाउनको अनुपस्थितिमा सबैभन्दा कडा मानिएको र हाल कार्यान्वयनमा रहेको सार्वजनिक जनस्वास्थ्य र सामाजिक मापदण्डहरूले पनि यो पाँचौ लहरलाई नियन्त्रणमा ल्याउने सम्भावना ज्यादै क्षीण रहेकोछ ” उनीहरूले आफ्नो निष्कर्षको लेखमा भनेका छ्न। त्यसकारण सरकारले  पूर्ण लकडाउनको  सम्भाव्यतालाई “तुरुन्तै विचार” गर्नुपर्नेमा जोड दिएकाछ्न।

यो प्रकोपको प्रशारणलाई ८५ प्रतिशत कटौती गर्न सक्ने  क्यालिबर भएको न्यूनीकरण उपाय लागु गर्न आवश्यक छ । जस्तै सांघाइले २०२० सालको शुरूवाततिर शहर-व्यापी लकाडाउन गरेर अपेक्षित परिणाम हासिल गरेको थियो । मृत्यु संख्यालाई घटाउन सकेको थियो।  मेडिसिन संकायका  डीन गेब्रियल लेउङ र रोगको गणितीय तथा तथ्यांकगत मोडेल निकाल्ने अर्का विज्ञ जोसेफ वूले बताए । मृत्यु हुनेको अन्तिम  संख्या कति पुग्ला भन्ने कुरा हाल लागु गरिएको नियन्त्रण संयन्त्र कहिले सम्म टिक्छ या ती संयन्त्रमा आउने कुनै परिवर्तनमा निर्भर पर्दछ  अनुसन्धानकर्ताहरूले भने।

बिहीबार पत्रकार समक्ष प्रस्तुत गरिएको अप्रकाशित शोधपत्रमा विश्लेषण गरिए अनुसार हाल लागु नियन्त्रण उपायहरू नै कायम रहेमा ओमिक्रोन लहरबाट मर्नेको संख्या ९५४ पुग्नेछ हङकङमा ।
कम्प्युटरद्वारा उत्पादित ब्याड केस सिनारियोको दुइटा मोडेल त्यहाँ अंकित छ। ठुलो स्केलको प्रकोपको विस्फोटन भएमा मृत्यु हुनेको संख्या ३,००० पुग्न सक्छ । महामारी नियन्त्रणका नियम पालना नगरिएको स्थिति रहेमा मृत्यु संख्या ५,००० सम्म पुग्नेछ । यी दुवै परिदृष्यमा अस्पतालहरूको संलग्नता रहेको हुन्छ । यदि बिद्यमान मेडिकल प्रणालीले प्रकोपको बोझलाई सम्हाल्न नसकेमा मृत्यु हुनेको संख्यामा अरु ५० प्रतिशत वृद्धि भएर मृत्यु संख्या ७,००० सम्म पुग्ने अनुमान उनीहरुको रहेको थियो ।

विज्ञहरूले पूर्ण लकडाउन भनेको  के हो खुलाएनन ।  तर सरकारले स्थानीय वासिन्दाले अनुसरण गर्नु सक्ने उपयुक्त निति लागु गर्नुपर्ने सुझाव दिए। उनीहरूले भने – अबको खोप अभियान पुर्णतः वृद्ध बासिन्दा माथि केन्द्रित गरिनु पर्छ । परीक्षणलाई अझ व्यापक तुल्याइनु पर्छ । सबै नागरिकलाई घरभित्र नै बस्ने आदेश आउन सक्छ भनेर पुर्व सूचना दिने जसले गर्दा उनीहरुमा मानसिक , शारीरिक तत्परता कायम रहोस ।

“यस प्रकारका सचेतनायुक्त क्रियाकलाप तथा  व्यवहारहरू व्याप्त संक्रमण चेनहरूको संख्या निखरिएर  न्यून स्तरमा नपुगेसम्म जारी राख्न आवश्यक छ परिणामस्वरूप ती चेनलाइ उन्मुलन गर्न सकियोस” ल्यङले भने।  अन्यथा  संक्रमणको लहरलाई  बढाइरहेको र अवश्यम्भावी मृत्युलाई कुरिरहेको जस्तो प्रतीत मात्र हुनेछ।

पाँच महिना पछि हङकङमा ओमिक्रोन प्रकोपका कारण तीन जनाको  मृत्यु भएपछि विज्ञहरुले आफ्नो अनुसन्धानलाई अगाडि ल्याएका हुन। एसिम्प्टोमेटिक सहित सबै संक्रमितलाई  आइसोलेसनमा राख्ने  नीतिका कारण अस्पतालको क्षमता धराशायी भैसकेको छ। तर केसको वृद्धि द्रुत गतिमा भयो भने अहिलेको अभ्यासलाई जारी राख्न असंभव हुन्छ विज्ञ जनले भने।

शोध भन्छ- जतिसुकै कडा नियम लागू गरेता पनि जुन महिनाको मध्य सम्ममा सरदर ११५ जनाले ज्यान गुमाउने आकलन गरिएको छ। नागरिकसंग दुईवटा विकल्प छ एउटा सम्पूर्ण संक्रमण साङलो समुदायबाट सखाप नभइन्जेल हलचल नगरी बस्ने दोस्रो खेलाची गर्दै बस्ने अनि संक्रमणको अभुतपुर्व वृद्धिलाई सामना गर्ने ।
जति नै सशक्त नियन्त्रण नीति लागू गरेता पनि यो प्रकोप मे महिना सम्म रहने दावी विज्ञले गरेका छ्न।

चर्को स्वरमा बोल्दा मास्क छिचोलेर भागेको भाइरस अर्कोमा सरयो

१० फेब्रुअरी बिहीबार  २१:००

क्यारिटास मेडिकल सेन्टरमा फैलिएको कोभिड संक्रमण  एक जना संक्रमित नर्सले आफ्ना विद्यार्थीहरूलाई बिरामीको वार्डमा बसेर  चर्को स्वर गरेर काम सिकाउने क्रममा सुरु भएको  हुन सक्छ भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ।

युनले बिहीबार दिउँसो अस्पतालको निरीक्षण गरेपछि  उक्त  प्रशिक्षक नर्सले सर्वप्रथम  समुदाय भित्रबाट  कोरोनाभाइरस समातेको  हुन सक्छ भनेका थिए । त्यसपछि उनले त्यो वार्डमा रहेका अन्य पाँच बिरामीमा भाइरस सारेकी हुन।

युनले वार्ड भित्र दुईवटा आइसोलेसन बेडसहित ५१ बेड रहेको बताए। उनले त्यो वार्डमा हावाको आवतजावत पनि पर्याप्त  भएको फेला पारे र नर्सहरूले पनि महामारी विरोधी सम्पूर्ण मापदण्ड पालना गरेका थिए ।

ति संक्रमित प्रशिक्षकले नयाँ नर्सहरुलाई काम सिकाउदा  ठूलो स्वरमा कुरा गरेको युनले शंका गरे। त्यसरी कराउँदा पर्याप्त भाइरस भएको वायु कण बाहिरियो र अरुभित्र पनि पस्यो। वार्डभित्र ताजा वायु विनिमय द्रुत स्तरमा हुदाहुदै पनि छोटो दूरीको वायुजनित संक्रमण (सर्ट रेन्ज एयरबोर्न ट्रान्स्मिसन) गरायो ।

त्यो वार्डमा खोप नलगाएका धेरैजसो बिरामीहरुमा  कोरोनाभाइरस फैलिएको थियो। र तिनीहरूमध्ये धेरैजसो ७० वर्षभन्दा माथिका वृद्ध र दीर्घ रोगीहरु थिए युनले भने ।

उनले भने – अर्की संक्रमित नर्स चाहिँ  प्रशिक्षकको सम्पर्कमा नआए पनि केवल सर्जिकल मास्क मात्र लगाएकी कारण  संक्रमित भएकी थिइन।

यद्यपि उनले चिकित्सा अनुसन्धान अझै जारी नै रहेको र संक्रमणको स्रोत अरु पनि हुनसक्ने बताएका थिए ।
ओमिक्रोन भेरिएन्ट अत्यधिक ट्रान्समिसिबल भएकाले  चिकित्सकहरूलाई  दुईवटा मास्क लगाउन सुझाव दिएका थिए ।  उनले अस्पतालको वार्डमा प्रशिक्षकहरूले पढाउँदा N95 मास्क लगाउन पनि सिफारिस  गरेका थिए ।

१० फेब्रुअरी बिहीबार २२:०० बजे

युन लङको हुङ फुक एस्टेटमा रहेको हुङ लोक हाउसलाई बिहीबार राति त्यहाँको ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएपछि लकडाउन गरिएको थियो।
शुक्रबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो ।

सरकारले मार्केटसँग सम्बन्धित पुष्टि केसहरू पत्ता लगाएपछि गहन सफाई र कीटाणुशोधनका लागि शुक्रबार र शनिबार पुरै  दिन ताइ वाइ मार्केट बन्द गर्ने भनिएको थियो ।

खाद्य तथा वातावरणीय सरसफाई विभागले सबै ठीक भएमा आइतबार बजार खुल्ने अपेक्षा गरेको थियो ।

बजारका दोकानदारलाई काममा फर्कनु अघि नेगेटिभ परीक्षण गर्न अनुरोध गरिएको थियो ।

११ फेब्रुअरी शुक्रबार  १४:०० बजे

स्वास्थ्य अधिकारीहरूले शुक्रबार युन लङको हुङ फुक एस्टेटको हुङ लोक हाउसमा घोषणा गरिएको लकडाउनमा  नौ वटा प्रारम्भिक पोजिटिभ केस  पत्ता लगाएका थिए ।

मध्यरातसम्म “प्रतिबन्धित क्षेत्र” भित्रका १,४५० बासिन्दाहरूले परीक्षण गरेका थिए र नौ जनामा कोरोनाभाइरस प्रारम्भिक पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य अधिकारीहरूले ५५० वटा फ्लाटको ढोका खटखटाएका थिए । ४६ घरले ढोका खोलेन ।

त्यस भवनबाट लिइएको ढलको नमूना कोरोना पोजेटिभ भएपछि  हिजो लकडाउन सुरु गरिएको हो ।
शुक्रबार बिहान करिब ११ बजे लकडाउन खुकुलो बनाइएको थियो ।

तपाईको प्रतिक्रिया