काठमाडौं / अहिले निक्कै चर्चामा आएको ब्याण्ड च्याम्पियन नेपालको निर्देशक फुर्बा शेर्पा पहिले गायकको रुपमा संघर्षरत थिए भन्ने कुरा सायद धेरै लै थाहा नहोला।
बिराटनगरका फुर्बाले कुनै बेला एक अक्षरको गीत “मिर्मीमा ” गाएर गिनिज बुकमा नाम समेत लेखाएका थिए।

आजकल टिभी कार्यक्रम बनाउनमा ब्यस्त फुर्बाले गायिका मिलन नेवार संग गएको प्रेमिल गीत “मेरी उनीलाई ” भ्यालेन्टाइन डे ” को अवसर पारि सार्वजनिक गरिएको छ।

नरेश भट्टराईको शब्द तथा राहुल प्रधानको संगीत रहेको गीतको भिडियो निर्देशन बिशाल भण्डारीले गरेका हुन भने भिडियोमा बिबेक सिंह ठकुरी र सोना अमात्यको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया