चाँगुनारायण नगरपालिका -३, भक्तपुर निवसी कवि दधिराम गेलाल भक्तपुरको परिचित कवि हुनुहुन्छ । मानवीय बिषयबस्तुलाई आफ्नो कविताको मुख्य बिषयबस्तु बनाएर लेख्दै आएका यी कविका कविहरुले मान्छेको संवेदनशीललाई उठान गरेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
मनको क्यानभासभित्र
अनगिन्ती सपनाहरूमा
सीमित सपनाहरू अमिट छन्
सगरमाथाकै उचाइ बोकेका
कति सपनाहरू सपनामा नै सकिन्छन्
ब्युुँझदा केबल रित्तो मस्तिष्क
सुुनसान संसार
तर्कवितर्कको ज्वारभाटा
मनको क्यानभासमा
उर्लिरहेको रङहरू जस्तै ।
जीवनभित्र जीवन खोज्दै
उडिरहेको बादलका डल्लाहरूमा
निराकारभित्र आकार
बिम्बहरूमा प्रतिबिम्ब
बलेसीमा जमेको पानीमा
देखिएको मलिन अनुहारमा
घृणा, द्वेष, अहङ्कार
शार्दूल झैँ अजङ्ग देखियो
मन्दिरको क्यानभासमा ।
हरदिन पढ्छुु बाको मुुहार
आमाको ममतामयी आँखाबाट
कुुनै आशा र विश्वास छैन घटेको
कुुनै जोश जाँगर छैन मरेको
सन्तानको लागि त्यो सङ्घर्ष
मानौँ युुद्धका लडाकुु झैँ
निरन्तर युुद्ध मैदानमा
जङको लागि सधैँ तत्पर देख्छु
संरक्षण र प्रबर्द्धनमा
जन्मतक आजसम्मको
कोरिएको छ मनभित्र क्यानभास ।
मृगनयनमा देखिने झल्को
अँगालोभरिको माया
जुुगजुुगको छाँया
एउटा सुुन्दर तस्बिर
हिजोआज मनमा
उच्छवास गर्दै छ हरपल
तर
न समय न योग्यता
न आर्जन न प्रेम
निराधार अनुुसन्धानमा
फुुलिरहेको छ विना हिलो कमल
मनको क्यानभासमा
जीवन दौडिरहेको छ गन्तव्यतिर
किनकि
मन बाँचिरहेको छ
एक मुुठी सासमा
एक थुँगो फुल चढ्ने छ पक्कै मृत लासमा ।
बामे सर्दै गरेको बालक
बल्लतल्ल भित्तो समाउँदै
आमाको पटासीको भरमा
उठ्न त खोज्दै छ
तर पछारिन्छ उभिन नपाउँदै
पछारिनुुको कुुनै परबाह नगरी
पटक पटक उठ्छ
र उठेरै छोड्छ
उसको प्रयत्न र हिम्मत
भएको छ विजयी
युुद्धको मैदानमा ।
बोल्न खोज्दै छ खेल्न खोज्दै छ
हर समय जित्नका लागि
सङ्घर्षमा उत्रेको छ
सारा शक्ति लगाएर
तर
हार र जितको फरकमा अनविज्ञ
मुुसुुक्क हाँसेर
गन्तव्य ताकेर हिँड्ने
दुधे बालकको साहस
जनक्रान्ति र जनआन्दोलनको
सिपाहीको भन्दा छैन कमी ।
चिसा परेलाहरू
शब्दको मर्म नबुुझी
अर्थ लगाउन खोज्ने
कुुरौटेका नामधारीको सङ्गत
हिजो आज मिल्ने भए
इच्छा छ गाईसहित दान गर्न ।
ठुुला सपनाका चाङ बनाएर
हाम्रै विचारलाई कुुण्ठित गर्ने
समाजवादका मसिहाहरू
आफ्नै काममा लिप्त छन्
दश प्रतिशत पेको
नयाँ सिद्धान्तले हिजो आज
बजार व्याप्त छ ।
दरबार छ महल छ
मस्तिष्क छ, छैन सोच
स्वर्ग बनाउने हावादारी कचहरी
भत्ता र सत्ताको र्यालले
गणतन्त्र जनताको
टुँडिखेलको हरियो चउरमा
विलीन भएको छ
मृत छ आर्यघाटमा ।
लोकतन्त्रका विजेताहरू
सुुकुुम्बासी बस्तीमा
असारे भेलमा निदाएर
सपना बुुन्दै गरेको दृश्यले
काटेको छ मन कटक्क
भिजेका छन् परेलीहरू
दुुखेका छन् मनहरू
दुुःख बिसाउने चौतारीहरू
फिरङ्गीको देशमा
बरालिएका छन् जीवन खोजेर
रेलका डिब्बाहरूमा ।
सपनामा नदेखेका सपनाहरू
नाबालिग उमेर
लहलहैको जिन्दगी
सुख र दुुखको अर्थ
न घटाउ न जोडको अवस्था
बुुबाको छहारीमा लुुटुुपुुटुु गर्दै
आमाको वात्सल्यमा पौडी खेल्दै
अनेक कल्पना
प्रत्येक मोडहरू छिचोल्न
कैयौँ रातमा सपनाहरू आउनै सकेनन्
अनिदो मस्तिष्कमा ठक्कर खाएर
भुुइँमा पछारिएका थिए सपनाहरू ।
सपनामा आउने सपनाहरू असामान्य हुुन्छन्
हजुुरबुुबा कराउनुुहुुन्थ्यो
कि गाईको गोठमा गएर
कि नदी किनारमा बसेर
गाईलाई र नदीलाई सुुनाउने
आदेश हुुन्थ्यो हजुुरबुुबाको
तर मेरो अबोध मस्तिष्कले
राम्रो या नराम्रो सपना जान्दैनथ्यो
चुुलोमा पुुगेर सुुटुुक्क सुुनाउँँथेँ हजुुरआमालाई
ठुुला ठुुला नदीहरू पार गरेका उडेर
खोल्साहरू पार गरेको चरा झैँ बनेर
हात्ती चढेर बगैँचा घुुमेको
अहो ! कति रमाइलो छ है हजुुरआमा ?
मुुसुुक्क हाँस्दै हजुरआमा लोरी उचालेर थर्काउनुुहुुन्थ्यो
अँगेनाको डिलमा सुुनेर बसेका हजुुरबुुबा
स्याबासी दिँदै धाप मार्नुुहुुन्थ्यो
सपना त यस्तो पो हो त
विपनामा सोचेका विषयहरू
सपनामा देखेका दृश्यहरू हुुन्थे
समाचारमा देखेका वासिङ्गटन डि.सी,
कोपेनहेगन, पेरिस र सिड्नी
माघ माहात्म्यमा वर्णित लावण्यदेश वा मृगस्थली
कष्टसाध्य घुुमेका रारा र खप्तड
हनुुमानजीले बोक्नुुभएको सञ्जीवनी पहाड
पाशुुपत क्षेत्र र कैलाश मानसरोवर
हनिमुुनको पोखरा, यौवनाको स्पर्श
धेरैपटक पाठ्यक्रम बने सपनाका ।
न बाल्यकाल न जवानी
न विचार न कल्पना
चक डष्टरको जिन्दगी
थोरै बदलिएर सेतो पाटी र मार्कर भए पनि
न जिन्दगी बदलिएको न कर्म बदलिएको
न कहिल्यै यस्तो सपना देखियो
हिजो आज आफूले नदेखेको सपना
भावी पिँढीलाई सम्झाउन
लागिरहेको छुु निरन्तर
नसुुतीकनै ननिदाईकनै
देखेका सपनाहरू वर्णन गर्न
विद्युुतीय रङ्गमञ्चमा ।





