शिक्षण पेसामा ३६ वर्ष ६ महिना बिताएका मुनार यादवको कथा
कृष्ण ढुङ्गेल
नेपाली राजनीतिमा थोरैमात्र पनि चासो राख्नुहुन्छ भने तपाईँका लागि सिपी मैनाली नौलो नाम होइन । तर यो मैनालीको कथा होइन, न त राजनीति कै हो । यो मैनालीका साथी यादवको कथा हो । मुनार यादव । यो शिक्षकको कथा हो । जीवनका ३६ उर्जावान बसन्तहरु शिक्षण पेसामा बिताएका शिक्षकको कथा ।
सर्लाहीका मुनारले आफ्नो आईएस्सीको पढाइ काठमाडौँको अमृत क्याम्पसबाट पूरा गरेका हुन । क्याम्पसमा मात्र होइन, होस्टलम...