ब्रायन ट्रेसी

एउटा सफल मानिसको दैनिक बानी कस्तो हुन्छ ? एउटा सफल मानिसले कुन तेस्तो बानीलाई प्रत्येक दिन आफ्नो जिवनमा लागू गर्छ जसले उनलाइ पैसा मनग्ये कमाउने हाम्रो समाजको बीस प्रतिशत मानिस भित्र पार्दछ। एरिस्टोटल भन्छन् – “तिमिले जे गर्दछौ त्यसको पन्चानब्बे प्रतिशत तिम्रो बानीको नतिजा हो”। त्यसकारण नराम्रो बानी बनाउनको सट्टा यस्तो राम्रो बानी बसाउँ र जुन बानीलाई तिमिले आफ्नो गुरु अर्थात  मास्टर बनाउ ।
भनाइ छ नि राम्रो बानी बसाउन गाह्रो हुन्छ तर त्यो बानीसंग जिउन सजिलो हुन्छ । खराब बानी बसाउन सजिलो हुन्छ तर त्योसंग जिउन गाह्रो हुन्छ।

बास्तबमा अहिलेसम्म मनोविज्ञानमाथी गरेको मेरो अध्ययनले के भन्दछ भने सबै किसिमको बानी सिक्न र नसिक्न सकिन्छ । अर्थात कुनै पनि बानी छाड्न पनि सकिन्छ । तपाईंले खराब बानीलाई हटाएर राम्रो बानीलाई ठाउँ दिनु पर्दछ। किनकी राम्रो बानीको असर खराव बानीको तुलनामा धेरै शक्तिशाली र प्रभावकारी हुने गर्दछ।


अब असल बानी कसरी बिकास गर्ने त ? असल बानी बसाउने एउटा सुत्र भनेको कुनै पनि कुरालाई  दोहोराउनु हो,वा दोहरयाइ रहनु हो अर्थात  रिपिट गर्नु हो नेपालीमा त्यसलाई  पुनरावृत्ति , पुनरुक्ती पनि भनिन्छ । जस्तै बिहान उठेर तपाई के के गर्नु हुन्छ ? जे गर्नु हुन्छ त्यो तपाईंको बानी हो। अब कस्तो बानी बसाउदा उचित होला ? मेरो पुस्तक मिलियन डलर ह्याबिट्समा जम्मा १२ अध्याय छ जहाँ मैले जीवनको महत्त्वपूर्ण १२ क्षेत्रलाई समेटेकोछु। सबै अध्यायमा २० देखि ३० वटा बानीलाई मैले राखेको छु। तिनै मध्ये केहिलाइ यहाँ प्रस्तुत गर्दछु।

यो लेखबारेको भिडियो हेर्न माथि क्लिक गर्नुहोस्

१. प्रत्येक दिन त्यो दिनको लक्ष्य किटान गर्ने अथवा लक्ष्य तर्फ उन्मुख हुने बानी बसाउने।


सुत्ने बेलामा सधैं आफ्नो लक्ष्यलाई संझनोस , वर्तमानको लक्ष्यलाई । आफ्नो लक्ष्यको सुची बनाउनोस। स साना दैनिक गोलको लिस्ट बनाउनोस । आज हासिल गर्ने गोलबारेमा केही कुरा लेख्नोस , नोट  बनाउनुहोस। यो काम नियमित र निरन्तर गर्नोस् । सवारी साधन कुदाइरहेको बेला, कसैसँग बोलिरहेको बेला अथवा हरबखत आफ्नो लक्ष्यको बारेमा सोच्ने , सम्झिने गर्नोस। तपाई जे कुरा धेरैजसो समयमा सोच्नु हुन्छ, तपाई तेहि वा तेस्तै बन्नु हुन्छ। तपाईले आफ्नो सोचलाई जे कुरामा लागाउनु हुन्छ तपाईं तेहि बन्नु हुन्छ। तपाईंले यस्तो कुरा मात्रै हासिल गर्नु हुन्छ जुन कुराबारे तपाई बारम्बार सोच्नु हुँदछ। सबै सफल र धनी मानिस सधैंभरी आफ्नो लक्ष्यको बारेमा मात्र सोच्ने गर्दछ्न।

२. नतिजामुखी हुनु


   नतिजामुखी मानिस आफुले चाहेको जस्तो  महत्त्वपूर्ण परिणाम कसरी निकाल्ने भन्ने कुरामा तुरुन्तै अहिले नै लागी हाल्दछ। सफल मानिसले जहिले पनि आफुले संपन्न गर्नु पर्ने कामहरूको सुची बनाउने गर्दछ र उक्त सुचीमा भएको कामहरू कुन कति महत्त्वपूर्ण हो सोही अनुसार प्राथमिकता दिएर राख्ने गर्दछ।
अब  कसरी परिणाममुखी बन्ने ? यसबारे केहि महत्त्वपूर्ण कुरा म बताउँदछु। बास्तबमा यो कुरा कायापलट्कारी पनि बन्न सक्दछ। सर्वप्रथम तपाईंले आज फत्ते गर्नुपर्ने तपाईंको कार्यसुचीमा नजर लाउनोस र  आफुले आफैलाइ प्रश्न गर्नुहोस – यो सुचिमा भएको कुन तेस्तो महत्त्वपूर्ण काम छ जसलाई मैले केही महिनाको लागि शहर बाहिर जानू भन्दा अगाडि नै पूरा गर्नु पर्दछ। त्यो कामलाई सर्कल गर्नोस् वा हाइलाइट गर्नुहोस् र तेसलाइ पूरा गर्न  तुरुन्तै  जुटि हाल्नोस । त्यसपछि आफुलाइ अनुशाशित तुल्याएर त्यो एउटा  काम पूरा नभैन्जेल बिना बिराम लागि रहनुहोस। यो एउटा यस्तो तरिका हो जसले संसारभरिका मानिसहरुलाई खाकपतिबाट करोडपति कम्तीमा पनि सय वर्षको लागि बनाइदिएको उदाहरण हामी समक्ष छ। यसको मतलब हो तपाईंको सबैभन्दा  महत्त्वपूर्ण कामलाइ उठाउनु होस र त्यसलाई शुरु गरिहाल्नोस । त्यसपछि त्यो काम नसकुन्जेल आफुलाइ अनुशासनमा बाँधेर तेसैमा लगाइ राख्नुहोस ।

३ . जनमुखी हुनु


तपाईंले जिवनमा हासिल गर्ने सबै कुरा अरु मानिसको साथ सहयोग र सहकार्य बिना संभब हुन्न भन्ने कुरा नभुल्नुहोस । त्यसैले हरपल सोच्नुहोस अरु मानिसले मबाट के चाहन्छ, म अरुको लागि कसरी काम लाग्न सक्छु। मैले अरुलाइ कसरी मद्दत गर्न सक्छु जसले गर्दा अरुले पनि मलाई मद्दत गर्न सकुन। यदि तपाई विक्रेता अर्थात सेल्स क्षेत्रमा  हुनु हुन्छ भने एउटा टप बिक्रेताले हरघडी आफ्नो ग्राहकको बारेमा सोच्ने गर्दछ। उनीहरु जहिल्यै आफ्नो कस्टमरका बारेमा सोच्ने गर्दछ्न। मेरो कस्टमर  को हो ? उनिहरु के चाहन्छ्न ? मेरो ग्राहकलाई म कसरी पुर्ण रूपमा सहयोग गर्न सक्दछु ।आजको दिन झन बढी कसरी सहयोग गर्न सक्दछु भनेर हरबखत सोच्दछ्न। रिलेसनसिप अर्थात आपसी सम्बन्धको कुरा गर्ने हो भने अत्यन्तै सफल व्यक्तिहरु आफ्नो संसार अथवा जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरुमाथि पुरै ध्यान दिएर केन्द्रित हुने गर्दछ्न चाहे ती व्यक्तिहरु निजि जीवनसंग संबंधित हुन वा व्यवसायिक जिवनसंग संबंधित ।

४. स्वास्थमुखी हुनु


  आफ्नो सु स्वास्थको बारेमा प्राय सबै जसो समय सोच्ने गर्नुहोस, असल पौष्टिक खाना खानेबारे सोच्नुहोस, दैनिक गरिने ब्यायामको बारेमा सोच्नुहोस, दैनिक यथेष्ट गरिने रेस्टको बारेमा सोच्नुहोस। याद गर्नोस् अहिलेको प्रतिस्पर्धाको दुनियाँमा सफल हुनको निम्ति  तपाईलाई धेरै भन्दा धेरै उर्जाको खाचो पर्दछ। इनफ उर्जा संचय गर्नको निम्ति तपाइले राम्रो खाना खानु पर्दछ , भरपुर रेस्ट र सधैं व्यायाम गर्नु पर्दछ।

५. इमानदार रहनु


  चरीत्र सम्बन्धि हुनु पर्ने एउटा महत्त्वपूर्ण बानी भनेको इमानदारिता हो। सधैं सत्य बोल्ने गर्नुहोस जतिसुकै मुल्य तिर्नु परे पनि ।

६. आत्म-अनुशासन कायम राख्नु

यस अध्यायको एउटा अन्तिम र महत्त्वपूर्ण बानी हो आत्माअनुशासन।आत्माअनुशासन भनेको सबै बानीहरुको आधार बानी हो जसले सबै कुरालाई संभब तुल्याइदिदछ। तपाईंले गर्नु पर्ने कुनै बिशेष काम निश्चित समयभित्र तपाईलाई मन परे पनि नपरे पनि जसरी भएपनि गर्न लगाउने काम आत्मा-अनुशासनले गराउँदछ । यसर्थमा  आत्मा-अनुशासनले तपाईभित्र एउटा अदभूत  कार्यक्षमताको बिकास गराइदिन्छ।  जस्तोसुकै परिस्थितिमा पनि तपाईले ताकेको काम तोकिएको निश्चित समयभित्र गरिसक्ने खुबी तपाईमा आउँदछ चाहे तपाईलाई त्यो काम गर्न मन परेको होस या नहोस।


जस्तै आफुलाइ मुड चलेको बेला जोकोहीले मन परेको काम गर्न सक्दछ। तर तपाईंको मुड नचलेको बेला अर्थात तपाइलाई गर्न  मन नपरेको काम जसोतसो गर्नुभयो भने अन्ततः त्यो कुराले तपाईमा आत्मा-अनुशासनको बिकास गराउँदछ जसले तपाईंको जीवनमा सबै कुरा हुन संभव गराउँदछ।


याद गर्नुहोस तपाईंको जीवनमा एउटा यस्तो कुन बानी होला अन्य थुप्रै बानीको तुलनामा जसलाइ तपाईंले आफुभित्र  निर्माण गर्नु भयो भने तपाईले आफ्नो जीवनको सर्वाधिक महत्त्वपूर्ण लक्ष्य हासिल गर्न सक्नु हुन्छ।  बानी जुनसुकै पनि हुन सक्छ , अनेकौं बानी मध्ये एउटालाइआजैबाट चुन्नुहोस र त्यो बानीलाई तपाईंको आफ्नै बानीमा रुपान्तरण नभैन्जेल अभ्यासमा जुट्नुहोस। अटोमेटिक र इजि भएपछि तेसले तपाईलाई अर्कै उचाइमा पुर्याउँदछ।

तपाईको प्रतिक्रिया