समुद्रमा अधबैंसे मान्छे तैरिएको अबस्थामा भेटियो

समुद्रमा अधबैंसे मान्छे तैरिएको अबस्थामा भेटियो
२ डिसेम्बर २०२०- हङकङ आज बिहान करिब सात बजेतिर चिङ यीको च्यङ फाइ रोडको छेउको समुद्रमा एउटा मानिसको सब तैरिरहेको अवस्थामा एक बटुवाले देखे।प्रहरीलाई खबर गरेपछि फायर र मरिन प्रहरीले समुद्र वरिपरि छान मारी अधबैंसे मानिसलाई उद्वार गरि बाहिर निकालेर चेक गर्दा मृत्यु भैसकेको स्थिति थियोे ।अनुसन्धान गर्दा उनी ६१ वर्षका लाम थरका भएका मानिस थिए ।प्रहरीले कुनै सुसाइड नोट भेटेन।के कारणले मृत्यु भएको हो ...

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक
सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन । आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियोमा रहेको छ ।...

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

वेव सिरिज”प्याकुली” को छायांकन शुरु
काठमाडौ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो । काठमाडौ आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र...

हङकङमा नयाँ कोरोना केस ८२,लोहास पार्कको कन्स्ट्रक्सन साइट कोरोनाको नयाँ क्लस्टर भेटियो

हङकङमा नयाँ कोरोना केस ८२,लोहास पार्कको कन्स्ट्रक्सन साइट कोरोनाको नयाँ  क्लस्टर भेटियो
हङकङ न्युज क्याबिन हङकङको स्वास्थ सुरक्षा केन्द्रले आज अपरान्ह ४:३० बजे बसेको प्रेस मिटबाट जम्म ८२ जनालाई कोरोना संक्रमण भएको तथ्य खुलासा गरेकोछ।जस मध्येमा ३२ जना पुरुष र ५० जना महिला परेकाछ्न। आयातीत केस १०,पुरानो केससंग संबंधित १७,डान्स ग्रुप क्लस्टर संगसंबंधित ३२ र स्थानीय अपुष्ट स्रोतबाट २३ रहेकाछ्न। जम्मा केस संख्या ६,३९७ पुगेकोछ। डान्स ग्रुपसंग संबंधित केस जम्मा ५५२ पुगेकोछ। लोहास...

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने
हङकङमा सोमबार ७६ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। कोरोनाको चौथो लहरसँग जुधिरहेको हङकङले तीव्र गतिमा संक्रमितहरु बढ्न थालेपछि बुधबारदेखि सरकारी कर्मचारीहरुलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि रेस्टुरेन्टहरुमा एक टेबलमा दुई व्यक्रिमात्र बस्न पाउने पनि नियम पनि बनाइएको छ। कोरोना तीव्र गतिमा बढ्दै गएपनि कोरोनाको मुख्य खतरा भने हङकङमा टरे...

हङकङमा कोभिड-१९ चौथो लहर र यसको असर

हङकङमा कोभिड-१९ चौथो लहर र यसको असर
हङकङ न्युज डेस्क । .निजामती कर्मचारीहरु बुधबार डिसेम्बर २ तारीखबाट घरबाट नै काम गर्ने स्थिति .दुई हप्ताको लागि खेलकुद केन्द्र ,थिम पार्क,काराओके लन्ज तथा माजोङ पार्लरहरु बन्द हुने भएकोछ .सार्वजनिक स्थानमा दुइजना भन्दा बढी भेला हुन मनाही, रेस्टुरेन्टमा प्रती टेबल दुई जना मात्रै बस्न पाइने .सामाजिक दुरि भंग गर्नेलाई तोकिएको निश्चित जरिवानालाई कडाइका साथ कार्यान्वयन गर्ने .नियम उलंघ...

आज हङकङमा जम्मा ७६ जना कोरोना संक्रमित

आज हङकङमा जम्मा ७६ जना कोरोना संक्रमित
डाक्टर चुवाङ सुक क्वानले हङकङमा आज ७६ जना नयाँ कोरोना संक्रमित रोगी थपिएको कुरा जनाएकीछिन ।स्वास्थ सुरक्षा केन्द्रले दैनिक गर्ने पत्रकार सम्मेलनको घोषणा अनुसार ८ वटा आयातीत ,५९ वटा पुर्ववत केस संग संबंधित रहेकाछ्न जस अन्तर्गत ४० केस डान्स ग्रुपसंग संबंधित छ्न भने ९ वटा स्थानीय केसको स्रोत खुल्न सकेको छैन।कोरोना लाग्ने कुल संख्या ६,३१५ पुगेकोछ। १ देखि ८५ वर्षका संक्रमित हुनेहरुमा ३३जना पुरुष र ...

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित

गीतकार जानुका राईको”सम्झना भो गाउँ घरको” भिडियो सहित
काठमाण्डौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । ख...

आज हङकङमा ७३ देखि ७८ कोरोना केस थपिने संभावना

३० नोभेम्बर , हङकङ । ७३ जना नयाँ कोरोना संक्रमित केस फेला पर्ने संभावना रहेको छ। हिजो मात्र स्वास्थ बिभागले ११५जना  नयाँ केस पत्ता लागेको घोषणा गरेको थियो ।हङकङमा कोरोना संक्रमित संख्या ६,२३९ पुगेकोछ। आजबाट याउ तङ कम्युनिटी हल र हाङ हाउ कम्युनिटी हलमा कोरोना भाइरस परिक्षण सेन्टर शुरु हुने भएकोछ। हालमा हङकङका विभिन्न जिल्लामा नौ वटा कोरोनाभाइरस कम्युनिटी टेस्टिङ सेन्टर संचालित छ्न। म...

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा

११५ नयाँ संक्रमित भेटिनासाथ हङकङमा आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा
हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्। आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ। यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए। आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्ब...