दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी
अर्जुन माङ्गफाङ्ग राई/ दक्षिण कोरिया
देश विदेशमा अपार सफलताका साथ प्रदर्शनरत चलचित्र ‘जारी’ ले दक्षिण कोरियामा पनि दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। पहिलो सातामा नै रु सात करोड भन्दा उकालो व्यापार गरेको यो चलचित्रको दुई वटा शो यही अप्रिल ३० तारीख दक्षिण कोरियाको ओन्याङ्ग ओन्छ्न भन्न...









